तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सिरियामाथि संरा अमेरिका नेतृत्वको साम्राज्यवादी गठबन्धनले गएको शनिबार भीषण हमला ग¥यो । सिरियाको बसार अल अस्साद सरकारले रसायनिक अस्त्र प्रयोग गरको झुठो बहानामा संरा अमेरिका, बेलायत र फ्रान्सले दमास्कस छेउछाउका क्षेत्रहरुमा हमला गरेको छ । संरा अमेरिकी साम्राज्यवादनेतृत्वको सो हमलाको नेपाल मजदुर किसान पार्टीले वक्तव्य जारी गरी विरोध जनाएको छ । पार्टी केन्द्रीय सचिव प्रेम सुवालले हस्ताक्षर गर्नुभएको सो वक्तव्यको पूर्ण विवरण प्रस्तुत छ ः
संरा अमेरिकी साम्राज्यवाद नेतृत्वको गठबन्धन (संरा अमेरिका, बेलायत र फ्रान्स) ले अप्रिल १४ देखि तथाकथित रसायनिक हतियार प्रयोगको झुट्टा आरोपमा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मध्यपूर्वी देश सिरियामाथि गरेको हमलाको नेपाल मजदुर किसान पार्टी विरोध एवं भत्र्सना गर्दछ ।
संसारमा अशान्ति र युद्धको जड संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी गठबन्धन हो । साम्राज्यवादी गठबन्धनले सार्वभौमसत्तासम्पन्न देशहरु प्रजग कोरिया, भियतनाम, इराक, अफगानिस्तान, लिविया आदि देशमा निर्मम र अमानवीय हमला ग¥यो ।
सन् २००३ मा आणविक र रासायनिक हतियार राखेको झुट्टा आरोपमा संरा अमेरिकी साम्राज्यवादले मध्यपूर्वी देश इराकमाथि आक्रमण ग¥यो र ध्वस्त बनायो । कोरिया युद्ध र भियतनाम युद्धमा संरा अमेरिका स्वय्मले सबभन्दा पहिले रसायनिक तथा जैविक हमला गरेको थियो । संरा अमेरिकी साम्राज्यवादले क्युवा र प्रजग कोरियामाथि दशकौंदेखि कडा आर्थिक र वित्तीय नाकाबन्दी गर्दै युद्धको धम्की दिंदै आएको हो । राष्ट्रपति बसर अल अस्साद नेतृत्वको सिरियाली सत्ता ध्वस्त बनाई त्यो क्षेत्रको प्राकृतिक स्रोत कब्जा गर्न संरा अमेरिकी साम्राज्यवादले सिरियामा हमला गरेको हो ।
मध्यपूर्वमा संरा अमेरिकी नेतृत्वको पश्चिमा साम्राज्यवादी देशहरुको तेल कब्जा गर्ने उद्धेश्य प्राप्तिको युद्ध नयाँ होइन । त्यो क्षेत्रमा रहेको प्राकृतिक स्रोत आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादी लक्ष्यको सिलसिला नै सिरियामाथिको हमला हो ।
मध्यपूर्वमा फैलिंदो आतंकवादको निम्ति संरा अमेरिकी साम्राज्यवाद नै दोषी छ । अमेरिकी डलर र प्राविधिक आडभरोसामा मध्यपूर्व र अफ्रिकामा संरा अमेरिकाले आतंकवाद बिस्तार गरिरहेको छ ।
सिरिया समस्या समाधानको लागि संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी हमला तत्काल बन्द गरिनुपर्दछ साथै अस्साद सरकारका राजनीतिक विपक्षी र आतंकवादी समूहहरुलाई आर्थिक तथा प्राविधिक सहायता बन्द गरिनुपर्दछ ।
संरा अमेरिकी प्रमुख शहरहरुलगायत संसारका विभिन्न देशहरुमा सिरियामाथि साम्राज्यवादी आक्रमणको विरोधमा जनप्रदर्शनहरु भइरहेका छन् । यसकारण सिरियामाथिको साम्राज्यवादी आक्रमण निभ्न लागेको बत्तीजस्तै हो । नेपाल मजदुर किसान पार्टी सिरियाली जनताको पक्षमा र साम्राज्यवादीहरुको विरोधमा भइरहेका जनप्रदर्शनप्रति ऐक्यबद्धता व्यक्त गर्दछ र संसारभरका साम्राज्यवादविरोधी, शान्तिप्रेमी, क्रान्तिकारीहरुलाई साम्राज्यवादी युद्धको विरोधमा उत्रन आह्वान गर्दछ ।
Leave a Reply