भर्खरै :

प्रदेश १ः विशेष कानून र नीति बनाइने

सुरुङ्गा, झापा, ३ वैशाख (रासस) ःप्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ ।
कचनकवल गाउँपालिकास्थित बनियानीमा आज आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदेश सरकार तत्पर रहेको बताउँदै सिरुवा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *