भर्खरै :

हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण

हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण

भक्तपुर, २५ कार्तिक । भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग हेल्भेटास संस्थाका प्रतिनिधिहरूले भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा कार्यवाहक प्रमुख जोशीले भक्तपुर नगरपालिकाको असल अभ्यासहरूबारे जानकारी गराउँदै नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायतका विषयमा भइरहेको गतिविधिहरूबारे जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले जन्मदेखि मृत्युसम्मको जिम्मेवारी सरकारले लिने व्यवस्थाअनुसार शिशु स्याहारदेखि कलेजसम्म सञ्चालन, जनस्वास्थ्य केन्द्रदेखि ख्वप अस्पताल र घरदैलो नर्र्सिङमार्पmत स्वास्थ्य सेवा, सरसफाइ, सीपमूलक तालिम, युवा उद्यमशील ऋण आदिको व्यवस्था गर्दै जनताको सेवा गर्दै आएको जानकारी दिनुभयो । नगरपालिकाले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण र दीगो विकासको लागि नयाँ पुस्तालाई स्थानीय पाठ्यक्रममार्पmत स्थानीय कला, संस्कृति, सम्पदा सीप, खाद्यान्न, भाषा र संस्कारको जानकारी गराउँदै आएको र सांस्कृतिक समूहहरूलाई अभिप्रेरित गर्दै आर्थिक र भौतिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरभित्रका उपभोक्ता समितिका समूहहरूलाई परिचालन गरी नगरभित्रको मूर्त र अमूर्त सम्पदा संरक्षणको कार्य गरिरहेको बताउँदै उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू नगरपालिकाले आप्mनै स्रोत र साधन प्रयोग गरी संरक्षण गर्दै आएको जानकारी गराउनुभयो ।
भेटमा हेल्भेटास नेपालका बद्री मानन्धरले आजको यो अन्तरक्रिया कार्यक्रम अविस्मरणीय हुने विश्वास व्यक्त गर्दै भविष्यमा समेत आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
हेल्भेटास बङ्गलादेशका मजरुल इश्लाम र शाहिन अफ्रन विपाशा, हेल्भेटास भुटानका लेकी वाङडी र छिरिड्ड फुन्त्शो, हेल्भेटास लाओसका मोनी स्यासाभाठ र हेल्भेटास स्विजरल्यान्डका ख्याफान सोलिभोड्ड तथा हेल्भेटास नेपालका बद्री मानन्धरको उपस्थिति रहेको उक्त भेटमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ५ का वडाध्यक्ष योेगेन्द्रमान विजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजू र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *