विद्यालयस्तरीय गायन प्रतियोगिता सम्पन्न
- कार्तिक २७, २०८२

भक्तपुर, २६ कार्तिक । नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा मङ्गलबार देशको समसामयिक विषयमा नगरस्तरीय महिला भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले अक्टोबर समाजवादी क्रान्तिपछि सोभियत सङ्घमा जमिनमा सामन्तहरूको स्वामित्व खारेज गरिएको र उत्पादनका मुख्य मुख्य साधन र सेवाहरू राष्ट्रियकरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सोभियत सरकारले जार सरकारले लिएको ऋण नतिर्ने घोषणा ग¥यो र मजदुर एवम् किसानको नयाँ सेना गठन गर्नुका साथै सम्पूर्ण जनताको समानताको अधिकार बहाली गरियो ।”
उहाँले थप्नुभयो, “सोभियत सरकार स्थापना भएको १८–२० वर्षमा रूस संसारको दोस्रो अर्थतन्त्रमा उक्लियो; त्यसअघि रूस संसारमा एउटा पिछडिएको देश थियो ।”
नेपालमा प्रजातन्त्र स्थापनाको ३५ वर्षयता एमाले, माओवादी, एस, राजमोलगायत कम्युनिस्ट दाबी गरेका पार्टीहरू पुँजीवादी सरकारमा गएर नेपालको कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पारेको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका पार्टीहरूको आर्थिक र विदेश मामिला फरक भएन† सार्वजनिक संस्थान निजीकरण गरेर जनताको सम्पत्तिबाट शोषकवर्गलाई पोस्ने र विदेशी ऋण ल्याएर देशलाई नवउपनिवेश बनाउने काम सबै सरकारले गरे ।”
अहिलेको अन्तरिम सरकारले पनि सार्वजनिक संस्थान निजीकरण गर्ने निर्णय गरेको सार्वजनिक भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले परिवर्तनको नेतृत्व सिद्धान्त र विचारबाट हुने यथार्थलाई जोड दिइरहेको छ ।
उहाँले थप्नुभयो, “सार्वजनिक र निजी सम्पत्तिमा आगजनीभन्दा पनि भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठुलठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायसमेत हुने कानुनी बन्दोबस्त जरुरी छ ।”
नेमकिपा नगर समितिका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले महिलाहरू कानुनी शिक्षाबारे सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
समितिका उपाध्यक्ष रत्ना चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुशीला कर्माचार्य, सुनिता गाइसी र मञ्जु लाखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply