भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा हेटौँडा सामुदायिक आँखा अस्पताल अवलोकन

नगर प्रमुख प्रजापतिद्वारा हेटौँडा सामुदायिक आँखा अस्पताल अवलोकन

हेटौँडा, २६ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको पहिलो शाखाको रूपमा स्थापना भएको हेटौँडा सामुदायिक आँखा अस्पतालको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभयो ।
नगर प्रमुख प्रजापतिलाई हेटौँडा आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले अस्पतालले प्रदान गर्दै आएका सेवाहरू, आगामी योजना तथा गतिविधिबारेमा जानकारी गराउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्य गरी ख्वप तिलगङ्गा आँखा अस्पताल सञ्चालन गरी आँखा उपचारको सेवा दिँदै आएको बताउनुभयो ।
अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले उक्त अस्पतालमा आँखाजाँच, चस्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गर्दै आएको बताउँदै अस्पतालले स्वास्थ्यसम्बन्धी जनचेतना प्रदान गर्न विभिन्न तालिम र गोष्ठी आयोजना गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *