भर्खरै :

‘फटाहा’ र ‘लुटाहा’ कै शरणमा !

‘फटाहा’ र ‘लुटाहा’ कै शरणमा !

काठमाडौँ, २६ कार्तिक । शासक दल र ठुला दलका नेताहरूमा बोली वचनको ठेगान नभएको या छिनछिनमा विचार फेर्ने गरेको जनगुनासो नयाँ होइन । आवेशमा आँखा नदेख्ने या जे पनि बोल्ने गरेको कारण उनीहरूले धेरै पटक माफी पनि मागे । बोली वचन फेर्नुलाई उनीहरू क्रमभङ्ग ठान्छन्† दलहरू मिल्दा या जुट्दा उनीहरू संसारै जितेको ठानी उफ्रन्छन्, भुइँमा पाइला टेक्दैनन् । जब उनीहरू फुट्छन्, पार्टी अलग हुन्छन् अनि पानी बाराबारसरहको व्यवहार गर्छन् । उनीहरू कुनै नेताको नाउँ लिँदा आफ्नो मुख जुठो भएको या कुल्ला गर्नुपर्ने बताउँछन् । उनीहरू एकले अर्कोलाई कम्युनिस्टको ‘क’ को गुण पनि नभएको भनी सराप्छन्† गालीगलौज गर्छन् । उनीहरूको टिप्पणी सुन्दा, हेर्दा उनीहरू एक अर्कासँग कहिल्यै मिल्ला भन्ने कसैले सोच्दैनन् ।
कुनै दल या दलको नेताबारे टिप्पणी गर्नुको अर्थ हिलोछ्याप्नु होइन† जथानाम गाली गर्नु होइन । हो, उनीहरूको गल्ती या कमजोरीको आलोचना गर्नुपर्छ† खबरदारी गर्नुपर्छ । खबरदारी या आलोचनाले गल्ती या कमजोरी सुधार्न सकिन्छ । कमजोरी सुधारेर अघि बढ्दा दलको लागि मात्र होइन देश र जनताको निम्ति फाइदा हुन्छ । आफूलाई समाजवादी र कम्युनिस्ट भनिनेहरूको हालै पार्टी एकीकरण भयो । पार्टी एकीकरणसँगै कति जुटे, कति फुटे । कति अर्कै पार्टीमा लागे त कति अर्कै मोर्चा बनाउने भनी तयारीमा लागे । पहिले एमालेबाट एकीकृत समाजवादी अलग हुँदा, माओवादी केन्द्र अलग हुँदा एमालेका नेताहरूले एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरूलाई के मात्र भनेनन् । त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेका नेताहरूलाई भन्नसम्म भने । यसरी मनपरी हिलोछ्याप्ने, तुच्छ भएर मनपरी गाली गर्नेहरूमध्ये केही नेताहरू अहिले एमालेमा सामेल भए । अलिकति पनि सङ्कोच नमानी एमालेभित्र पसे र ढोका खुला छ भनी अरूलाई पनि आमन्त्रण गरे ।
सन्दर्भ रामकुमारी झाँक्रीको हो । उनले एमालेका अध्यक्ष केपी ओलीलाई खानसम्म खाएको, लुट्नसम्म लुटेको भनी खोकिन्† भ्रष्टाचारीहरूको नाइके भन्न भ्याइन् । आजभोलि विभिन्न सामाजिक सञ्जालमा उनको भनाइ दोहो¥याइरहेको छ । ‘लुटाहा’, ‘फटाहा’, ‘भ्रष्टाचारी’ भन्न भ्याएका उनी लाज छोपेर मुसुमुसु हाँसेर अध्यक्ष ओलीको शरणमा गइन् । ओलीमाथि हिलोछ्यापेको बयान लेखेर यहाँ साध्य हुँदैन । हिजो सरापेका, गाली गरेका या खुला सभामा व्यक्त अभिव्यक्तिहरू आज एमालेका अध्यक्षमा शरणमा गएपछि के त्यो अभिव्यक्ति चैत÷वैशाखको हुरीले जस्तै बगाउँछ ? अरूले के भन्लान्, के सोच्लान् ? उनीहरू खासै सोच्दैनन् । हिजो हुनसम्म गाली गरेको व्यक्तिको पाउ शरणमा लागेपछि के उनलाई राति निन्द्रा लाग्ला ? के मन स्थिर होला ?
पार्टीका शीर्ष नेता र अन्य जिम्मेवार नेताहरूले बोल्दा बडो ध्यान दिनुपर्छ । शासक र ठुला दलका कति नेताहरू सभामा धेरै मान्छे देखेपछि लामो बोल्छन्† मनपरी बोल्छन् । खुसीमा भुइँमा पाइला नटेकी उफ्रने र पीडामा जथानाम गाली गर्ने नेताहरूप्रति जनताले आलोचना गर्नुपर्छ । वामपन्थी समूहको एकतामा वामदेव गौतमले ‘एक करोड’ सदस्य पु¥याउने वाचा गरे भने पुष्पकमल दाहालले अबको निर्वाचनमा एक नम्बरको पार्टी बनाउने उद्घोष गरे । देशमा पुग नपुग तीन करोड जनता छन् । ७०/८० लाख युवा बिदेसिएका छन् । १६ वर्षमुनिका बालबालिकाहरू ६०/६५ लाख रहेको तथ्याङ्क छ । अहिले एकसय तीसभन्दा बढी दलले निर्वाचन आयोगमा दर्ता गरेका छन् । देशको दुई ठुला दल नेका र एमाले छन् । शीर्ष नेताहरूले तात्तात्तो बोलेर के जनता विश्वास गर्छन् ? भोलि खोकेअनुसार भएन उनीहरूले नेता, कार्यकर्ता र जनतामाझ कसरी मुख देखाउने होलान् ? आफ्नो दल र दलका नेताहरूप्रतिको इज्जत र आस्थामा चोट पुग्ने खालको अभिव्यक्ति दिएर के दलको सङ्गठन विस्तार हुन्छ ? नेताप्रति जनताको विश्वास बढ्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *