भर्खरै :

आगजनीभन्दा भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुनु जरूरी

आगजनीभन्दा भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुनु जरूरी

भक्तपुर २८, कार्तिक । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) द्वारा आयोजित बाल नृत्य मेला भक्तपुरमा सम्पन्न भयो ।
समापन समारोहका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “विद्यार्थीहरूको प्रतिभा अभिभावकहरूलाई पनि देखाउनु उपयुक्त हुन्छ । गीत र नाचका साथै भाषा र संस्कृतिको सन्देशबारे जनतालाई जानकारी दिने व्यवस्था गर्नु आवश्यक छ ।”
“आजका विद्यार्थीहरूलाई भविष्यमा राम्रो शिक्षक शिक्षिका बनाउन शिक्षक शिक्षिकाहरूले उत्साहित गर्नु जरूरी छ” उहाँले उल्लेख गर्नुभयो ।
“विद्यार्थीहरूले बढीभन्दा बढी भाषाको जानकारी राखे ज्ञान बढ्नेछ । रूसमा २०० वर्ष अगाडि नै १५ वर्ष हाराहारीका बालबालिकाहरूलाई ५–७ थरीका भाषा सिकाइएको प्रकाशित भएको छ । यसबाट हामीले पनि प्रेरणा लिनु आवश्यक छ ।” सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भदौ २३ गते काठमाडौँ र सुनसरीमा गोलीबाट १९ जना नेपालीको मृत्यु भएपछि भदौ २४ गते सार्वजनिक सम्पत्तिमा आगजनी गरियो । आगजनीभन्दा भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुल्ठुला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था जरूरी छ ।”
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लिशा प्रजापति र कृष्णराम त्वायनावासुले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र र विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *