विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
संसदीय अध्यक्षको निर्वाचनको विषयमा हाम्रो समूहको धारणा प्रस्ट थियो । हामीले क्याडेटहरूको प्रस्तावलाई ठाडै अस्वीकार ग¥यौँ । संसद्को अध्यक्ष को हुन्छ भन्ने विषय हाम्रो लागि फाल्तु थियो । अध्यक्षको निर्वाचनमा भाग लिनुको अर्थ संसद्मा बहुमत ओगट्नेहरूको कामकाजमा निश्चित जिम्मेवारी लिनु थियो । फेरि त्यो बहुमत मजदुरवर्गप्रति आक्रामक थियो भन्ने कुरा सबैलाई थाहा थियो । संसद्को कारबाहीप्रति हाम्रो समूहको धारणा एक सिद्धान्तले निर्देशित थियो । संसद्को आरम्भमै हामी त्यसमा जोड दिन चाहन्थ्यौँ । तर, विदेशमन्त्री गोलुबेभले हामीलाई त्यो घोषणापत्र वाचन गर्न दिएनन् । घोषणापत्र यस्तो थियो :
“अध्यक्षले सदैव सदनको आदेश र आकाङ्क्षाको पालन गर्नुपर्छ । तसर्थ, जसले अध्यक्षको निर्वाचनमा भाग लिन्छ, उसले संसद्का क्रियाकलापको जिम्मेवारी पनि वहन गर्नुपर्छ । यसकारण, सामाजिक जनवादी समूहले अघिल्लो संसद्मा अध्यक्षको निर्वाचनका लागि चलेको संसदीय प्रक्रियामा भाग लिएका थिएनौँ । हामी तेस्रो संसद्सँग टाँसिन चाहेनौँ किनभने त्यो सत्ताविद्रोहबाट जन्मेको संसद् थियो† मालिक वर्गको संसद् थियो, जनताका सम्पूर्ण आधारभूत हितविरुद्ध सङ्घर्ष गर्ने आह्वानसाथ स्थापित संसद् थियो । हामीलाई थाहा छ, ऊबेला सामाजिक जनवादी समूहका सदस्यहरूले सदनको दबुबाट जनताको हितमा आवाज उठाउँदा यस्तो सदनको अध्यक्षले व्यवस्थित रूपमै सामाजिक जनवादी समूहका सदस्यहरूमाथि प्रहार गथ्र्यो । हामी दृढतासाथ भन्न सक्छौँ, सामाजिक जनवादी समूह त्यो सङ्घर्षमा विजयी भयो । उनीहरूको आवाजलाई दबाउन हरसम्भव प्रयास भयो । तर, त्यो आवाजलाई मजदुरहरूले सुने । हामीलाई विश्वास छ, चौथो संसद्मा पनि हामी उत्तिकै सफल हुनेछौँ । नरम ख्वस्तोभवादी वा गरम मार्कोभवादी, अहिले कम नरम गोलोलोबोभवादी दक्षिणपन्थी वा पहिलेका गुत्चकोभका समर्थक, अध्यक्षमा जोसुकै चुनिए पनि हामी सफल हुनेछौँ । (टिपोट : ख्वस्तोभ, मार्को र गोलोलोभ दक्षिणपन्थी र राष्ट्रवादीहरू थिए । गुत्चकोभ अक्टोबरवादी नेता थिए ।) जस्तोसुकै गठजोड वा तालमेल भए पनि हामी बसिरहेको यो स्थान जनताको बलिदानीबाट हासिल भएको कुरा हामीले कहिल्यै भुल्नेछैनौँ । हामी यहाँ वाक् स्वतन्त्रता प्रयोग गर्नेछौँ । भर्खरै सिनेटले सदनमा मन्तव्य राखे दण्डित हुन सकिने कानुनी निर्णयबारे अवगत गराएको भए पनि हामीले वाक् स्वतन्त्रता कायम गर्नेछौँ । यो सदनमा साब्लेर, माकारोभजस्ता व्यक्तिहरूको बहुमत भए पनि हाम्रो अभिव्यक्तिको हकलाई काँटछाँट गर्न दिनेछैनौँ । (टिपोट : भिके साब्लेर सिनोद (धर्मपरिषद्) का प्रवक्ता थिए र राजकीय धर्मविभागका अध्यक्ष थिए । त्यस्तै एए माकारोभ गृहमन्त्री थिए ।)
हामी बहुमत जनतालाई स्वीकार हुने अध्यक्षलाई स्वागत गर्न तयार छौँ । हामीले जनताको हितमा सदनको यो दबुलाई प्रयोग गर्नेछौँ ।”
अध्यक्षको निर्वाचनमा सहभागी हुन अस्वीकार गरेर चौथो संसद्को पहिलो दिनमै हामीले हाम्रो लागि ‘संसदीय’ काम नाउँको कुनै चीज छैन भनी देखाइदियौँ । मजदुरवर्गले यो देशमा क्रान्तिकारी सङ्घर्षलाई थप सबल र सुदृढ पार्नका लागि संसद्लाई उपयोग मात्र गरेको हो भन्ने साबित गरिदियौँ । संसद्को बहुमतसँगको हाम्रो सम्बन्ध पनि सोहीबमोजिम रह्यो । संयुक्त केही पनि गरिन्न बरु दक्षिणपन्थी, अक्टोबरवादी र क्याडेटहरूविरुद्ध सङ्घर्ष जारी राखिन्छ – जमिनदार र खानदानीहरूको सदनमा मजदुर सांसदहरूको अभिभारा यही थियो ।
अध्यक्षको सवालमा विफल भएपछि केही दिनभित्रै क्याडेटहरूले सामाजिक जनवादी समूहलाई यसैखाले अर्को सम्झौतामा तान्न खोजे । तिनीहरूले हाम्रो समूहलाई ‘एकीकृत विपक्ष’ को संयुक्त बैठकको लागि निमन्त्रणा पठाए । हामीलाई क्याडेट समूहले मस्यौदा गर्ने विधेयकबारे छलफलमा भाग लिन भनियो । यसको जवाफमा सामाजिक जनवादी समूहले एउटा प्रस्ताव नै पारित ग¥यो । प्रस्तावको सार यस्तो थियो – हाम्रो समूहले क्याडेटसँग कुनै संयुक्त कार्य गर्नेछैन† क्याडेटहरू प्रतिक्रान्तिकारी हुनाले उनीहरूसँग मजदुर वर्गको पार्टीको कुनै मैत्रीपूर्ण सम्बन्ध हुन सक्दैन । निर्वाचनको बेला हाम्रो समूहले घोषणा गरेको थियो – सामाजिक जनवादीहरूले उदार पुँजीपतिहरूको पार्टीसँग लड्यो र संसद्मा पनि यही नीति लागु गरिनेछ । सदनको हाम्रो प्रस्तावबारे ‘प्राभ्दा’ पत्रिकाले लेख्यो, “हामी सामाजिक जनवादी समूहको यो निर्णयलाई स्वागत गर्छौँ । यो एकदम सही निर्णय हो । यसमा संसद्बाहिरका सामाजिक जनवादीहरूको आकाङ्क्षा प्रतिबिम्बित भएको छ ।”
सामाजिक जनवादीहरूसँग धेरथोर निकट सम्बन्ध राख्ने एउटै समूह त्रुदोभिक थियो । ‘वामपन्थी’ प्रवृत्ति भए पनि यो समूह धेरै अस्थिर थियो । यो समूह सामाजिक जनवादीको वल्लो किनारदेखि क्याडेट र प्रगतिशीलहरूको पल्लो किनारसम्म यता र उति गरिरहन्थ्यो । यसैकारण, क्याडेटहरूबाट तानेर हाम्रो प्रभावमा ल्याउनका लागि हामीले त्रुदोभिकहरूसँग नजिकको सम्बन्ध राख्नुपर्ने ठान्यौँ । हामीले उनीहरूसँग संयुक्त बैठक बस्ने र सदनका कामकारबाहीका विविध पक्षमा छलफल गर्ने तारतम्य मिलायौँ । कहिलेकाही हामी उनीहरूको समूहका बैठकहरूमा जान्थ्यौँ भने कहिले उनीहरूलाई हामीकहाँ बोलाउँथ्यौँ ।
सदनको पहिलो बैठक बसेको केही दिनपछि सरकारले सदनमा आफ्नो नीति वाचन गर्ने घोषणा ग¥यो । यसले गर्दा सबै संसदीय समूहलाई आफ्ना नीतिहरू प्रस्टसँग राख्ने मौका जु¥यो । सरकारी नीतिको घोषणापछि हुने छलफललाई सबै संसद्हरूमा निकै महत्वपूर्ण मानिन्छ । यसैलाई संसदीय जीवनका ‘उल्लासमय दिन’ मानिन्छ । किनभने, यी छलफलमा पार्टीले विधेयक विशेषबारे बोल्नुपर्दैन । बरु, समग्र रूपमा सरकारी नीतिको अनुमोदन वा आलोचना गर्न पाउँछ । सरकारको आम नीतिको विषयमा हुने यस्तो बहसमा मन्त्रीहरूका अभिव्यक्तिका आधारमा मतदाताले संसद्का विभिन्न समूहहरूको समग्र क्रियाकलापलाई तौलिन सक्छन् । यसकारण, यस्ता बहसमा भाग लिने विभिन्न समूहले पहिल्यै नै सावधानीपूर्वक तयारी गरेका हुन्छन् ।
सन् १९१२ को डिसेम्बर ५ गते मन्त्रीपरिषद्का अध्यक्ष कोभोभ्त्सेवले चौथो संसद्मा सरकारको नीति वाचन गरे । मन्त्रीहरूको कक्ष भरिभराउ थियो । संसद् पूर्ण सचिवालयको उपस्थिति थियो । विदेशी राजदूतहरू निर्धारित स्थानमा विराजमान थिए । त्यस्तै, सर्वसाधारणको दीर्घा पनि खचाखच थियो । यसरी सभास्थल पूर्ण देखियो ।
कोकोभ्त्सेभले तेस्रो संसद्को प्रशंसा गर्दै कुरा थाले । पाँच वर्षमा विविध किसिमका २५०० ऐन–कानुन बनाएको बखान गरे । अघिल्लो संसद्को यो उदाहरणबाट चौथो संसद्ले पनि सिक्नुपर्ने उनको आशय थियो । सरकारले निःसन्देह यो सदनबाट पनि उस्तै कानुनी ढोङ दोहोरिएको देख्न चाहन्थ्यो । यसपछि मन्त्रीपरिषद् अध्यक्षले सरकारले अघि बढाएका सुधारका कामहरूको फेहरिस्त बताउन थाले । ती सुधारले देशलाई सुखी र समृद्ध पार्ने उनले दाबी गरे । प्रशासनमा सर्वत्र सरकारले ‘महत्वपूर्ण पुनःगठन’ गर्ने वचनबाजी भयो । स्थानीय सरकारमा सुधार ल्याउने गरी प्रहरी प्रशासन सुधार्ने र थप सुदृढ पार्ने वाचा गरियो । पासपोर्टको झमेला कम गर्ने र ‘व्यक्तिको अक्षुण्णता’ सुनिश्चित गर्नको लागि प्रेसमा थप कडा कानुन ल्याउने बताइयो । जहाँसम्म जनतालाई शिक्षा दिने कुरा छ, गिर्जाघरले चलाउने गुरुकुलहरूमा आर्थिक र भौतिक सहायता बढाउने र तिनको निरीक्षणमा होसियारी अपनाउने वचन आयो । कोकोभ्त्सेभले संसद्मा प्रस्तुत विधेयकको विषयमा छलफल गर्न आग्रह गर्दै आफ्नो मन्तव्य टुङ्ग्याए । उनले भने, “पार्टीगत पूर्वाग्रह नराखी हामी सबैको प्यारो यो मातृभूमिको कल्याणको लागि सबै एकजुट भएर छलफल गरौँ ।” यसको सोझो अर्थ थियो – सदनले जारशाही सरकारले ल्याउने सम्पूर्ण प्रस्ताव पारित गर्नुपर्छ; कुनै पनि प्रस्तावमा हलो अड्काउन पाइँदैन ।
सरकारको नीतिमा नोभेम्बर ७ गते बहस सुरु भयो र धेरै बसाइँमा त्यसबारे विभिन्न समूहले आआफ्नो राय राखे । हाम्रो धारणा पहिलो दिनमा पढेर सुनाइयो ।
सामाजिक जनवादी समूहले लामो समय मिहिनेत गरेर आफ्नो वक्तव्यको तर्क बलियो बनाएको थियो । खासमा संसद् सुरु हुनुभन्दा धेरै अघि नै हाम्रो समूहले यो काम थालेको थियो । यो निकै महत्वपूर्ण र जिम्मेदारीको काम थियो । किनभने, हाम्रो वक्तव्यले मजदुरवर्गका आधारभूत मागको व्याख्या गर्नुपथ्र्यो । साथै, मजदुरहरूको अग्रदस्ता सामाजिक जनवादी पार्टीको कार्यक्रम खुलस्त राख्नुपथ्र्यो । हाम्रो प्रत्युत्तरको खेस्रा गर्न छलफल भयो । छलफलमा बोल्शेभिक र मेन्शेभिकहरूबिच चर्काचर्की हुनु स्वाभाविकै थियो । संसद्को समूहले समग्र पार्टीको नाउँमा काम गथ्र्यो तर कार्यक्रमको विषयमा दुई खेमाबिच अन्तर्विरोध भने चर्को थियो । यस्तो स्थितिमा समूहको संयुक्त घोषणापत्र तय गर्नु निकै गाह्रो काम थियो । बोल्शेभिक र मेन्शेभिक समूहबिच सघन सङ्घर्ष भयो ।
छलफलको क्रममा बोल्शेभिकहरू प्राग सम्मेलनले तय गरेको मजदुरवर्गका तीन ‘सक्कली’ मागमा अडिग रहे । (प्रागमा सन् १९१२ मा बसेको सम्मेलनले आठ घण्टे कार्यदिन तोक्नुपर्ने, जमिनदारहरूको जग्गाजमिन खोस्नुपर्ने र लोकतान्त्रिक गणतन्त्र घोषणा गर्नुपर्ने मूल मागको रूपमा अघि सारेको थियो ।) अर्कोतिर मेन्शेभिकहरूले ‘अगस्ट गुट’ को पक्ष लिए । तिनीहरूको कार्यक्रममा निरङ्कुश शासनमा मजदुरवर्गले सङ्गठनको अधिकार पाउनुपर्ने, अल्पसङ्ख्यकहरूले सांस्कृतिक स्वायत्तता पाउनुपर्ने जस्ता अलग्गै माग थिए ।
हामीले दृढतापूर्वक विरोध जनायौँ र हाम्रो वक्तव्यमा बोल्शेभिक मागहरू राख्नुपर्नेमा जोड दियौँ । विवाद मूल मागलाई लिएर मात्र थिएन । प्रत्येक शब्द र अभिव्यक्तिको शैलीमा पनि बहस भयो । खासमा दुई फरक खेस्रा कोरिएको थियो र पछि दुवैलाई एउटै दस्ताबेजमा गाभिएको थियो । बैठक सांसदहरूमा मात्र थिएनन् । दस्ताबेज मस्यौदा गर्ने बेला दुवै खेमाका पार्टी नेताहरूले भाग लिएका थिए । बोल्शेभिक केन्द्रीय समितिको प्रतिनिधित्व कामरेड स्तालिनले गर्नुभएको थियो । उहाँले सक्रियतापूर्वक हाम्रा तीन मागमाथि जोड दिनुभयो । उता मेन्शेभिकहरूले लेभित्स्की, लेजनोभ, मायेभ्स्कीलगायत ‘लुच’ पत्रिकाका धेरै प्रचारकलाई परिचालित गरे । लामो र कडा सङ्घर्षपछि हामीले वक्तव्यमा बोल्शेभिकहरूका मूल माग समेट्न सफल भयौँ ।
हाम्रो वक्तव्य सदनमा समूहका उपाध्यक्ष मालिनोभ्स्कीले वाचन गर्नुभयो । मेन्शेभिकहरूले यो प्रस्ताव ल्याएका थिए । खासमा यो उनीहरूको चाल थियो । बोल्शेभिकहरूलाई वक्तव्य पढ्ने मौका दिएर पछि आफूले पनि केही पाउने बाटो राख्न चाहेका थिए उनीहरूले । यसरी, सदनमा प्रस्तुत हुने हाम्रो धारणाबारे अघि नै विस्तृत रूपमा टुङ्गो लगाइयो ।
हाम्रो वक्तव्य मालिनोभ्स्कीले तय भएअनुसार पढेनन् । उनले लिखित वक्तव्य नै पढेका थिए । तर, उनले एउटा अनुच्छेद पढ्न छुटाए । त्यो अनुच्छेद अलि लामै थियो । त्यसमा संसद्को आलोचना गरिएको थियो र जनताको सार्वभौमिकता स्थापित हुनुपर्ने माग थियो ।
–क्रमशः
Leave a Reply