सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
वासिङटन, २८ कार्तिक (एएफपी) । ल्याटिन अमेरिकी जल क्षेत्रमा अमेरिकी नौसेना तैनाथीले भूमि आक्रमण र क्षेत्रीय द्वन्द्व चर्किन सक्ने चासो बढिरहेका बेला अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार ‘नार्को–आतङ्ककारीहरूलाई हटाउने’ भन्दै नयाँ सैन्य कारबाही ‘साउथ स्पियर’ को घोषणा गरेका छन् । यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकाको भेनेजुयलामाथि सैनिक कारबाहीको रूपमा हेरिएको छ ।
हेग्सेथले सामाजिक सञ्जाल एक्समा ‘आज म अपरेसन साउथ स्पियरको घोषणा गर्दै छु’ भन्दै लेखेका छन् । उनले यो कारबाहीले ‘हाम्रो मातृभूमिको सुरक्षा सुनिश्चित गर्ने, गोलाद्र्धबाट नार्को–आतङ्ककारीहरूलाई हटाउने र लागुऔषधजन्य अपराधबाट अमेरिकी जनतालाई बचाउने’ दाबी गरेका छन् । तर सो पोस्टमा अपरेसनका वास्तविक कार्यविधि, उद्देश्य वा यसले चलिरहेको सैन्य कारबाहीभन्दा कसरी अलग प्रभाव पार्नेछ भन्ने विस्तृत विवरण भने दिएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन हाल क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी नौसेना तथा वायु सेना परिचालन गर्दै लागुऔषधविरोधी अभियानको नाउँमा भेनेजुयलालगायत दक्षिण अमेरिकी देशहरूको सम्प्रभुताविरूद्ध हस्तक्षेप गरिरहेको छ । अमेरिकी तथ्याङ्कअनुसार सेप्टेम्बरको सुरूदेखि अमेरिकी सेनाले उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जलमार्गमा करिब २० वटा जहाजलाई निशाना बनाएको र अमेरिकी सेनाबाट कम्तीमा ७६ जनाको हत्या भएको छ । साउथ स्पियर अपरेसनको स्वरूपबारे थप स्पष्टीकरण माग्दा पेन्टागनका प्रवक्ताले हेग्सेथको एक्स पोस्टमै सोधपुछ गर्न सुझाव दिएका छन् ।
यसैबिच सीबीएस न्युजले उद्धृत गरेका स्रोतहरूका अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई भेनेजुयलामा सम्भावित अपरेसनका अद्यावधिक विकल्पहरू पेस गरेको उल्लेख गरिएको छ । विकल्पहरूमा भूमिगत आक्रमणसमेत समावेश छ ।
भेनेजुयलाले आफ्नो तटीय क्षेत्रमा बढिरहेको अमेरिकी नौसेना गतिविधिको सामना गर्न राष्ट्रव्यापी सैन्य तैनाथी घोषणा गरेको छ । हालै उक्त क्षेत्रमा अमेरिकी विमानवाहक स्ट्राइक समूह पुगेको छ । साथै पोर्टो रिकोमा तैनाथ एफ–३५ स्टील्थ लडाकु विमान र क्यारिबियनमा कार्यरत छवटा अमेरिकी नौसेना जहाजहरूले भेनेजुयलामा ‘शासन परिवर्तनका लागि रचेको षड्यन्त्र’ गरेको आरोप भेनेजुयाली सरकारले लगाएको छ ।
Leave a Reply