युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
लण्डन, १६ अप्रिल । बेलायतकी प्रधानमन्त्री थेरेसा मेको बेलायती हाउस अफ कमनमा व्यापक आलोचना भएको छ । सिरियामाथि गएको शनिबार भएको मिसाइल हमलामा बेलायती शाही हवाई सेना परिचालन गर्न अघि संसद बैठक नबोलाइएको भन्दै बेलायती सांसदहरुले उनको चर्को आलोचना गरेका हुन् ।
सिरियामा हमला गर्न संरा अमेरिका र फ्रान्ससँगको गठबन्धनमा बेलायतलाई पनि सामेल गरेको भन्दै मेमाथि विपक्षी दलका सांसदहरुसँगै आफ्नै दलका एकजना सांसदले विरोध गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीमा आगामी दिनमा पनि सिरियामाथि हमला गर्ने अवस्थामा संसदको अनुमति लिन अस्वीकार गरिन् ।
आफ्नो मन्तव्यमा उनले संसदीय अनुमोदनअघि सिरिया हमला गर्ने आफ्नो कदम सही भएको भन्दै तर्क गरेकी थिइन् ।
सिरियाली शहर डोयमामा रसायनिक हमला गरेको खबर आएपछि त्यस्ता हमला रोक्न आफूले हमला गर्ने निधो गरेको बताइन् । सिरिया सरकारले डोउमामा रसायनिक हमला गरेको कुनै पुष्टि भने भएको छैन ।
विपक्षी दलका नेता जेरेमी कोर्बिनले कुनै पनि सैनिक कार्यबाही गर्नुपूर्व संसदीय अनुमति आवश्यक हुने युद्ध शक्ति कानुनको पालनाको माग गरे ।
जेरेमीले शनिबारको हमलाको कानुनी आधारमाथि प्रश्न गर्दै बेलायतकी प्रधानमन्त्री संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्विपप्रति नभई बेलायती संसदप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे ।
लेबर पार्टीका पाका सांसद हिलारी बेनले अर्को पटक सिरिया हमलाको लागि प्रधानमन्त्रीले शुरुमा संसदमा अनुमति लिनुपर्ने माग गरे ।
Leave a Reply