भर्खरै :

समाजको बन्धन

समाजको बन्धन

मान्छेको धर्म नै रहेछ कुरा काट्ने,
आफ्नो आँगनको भैँसी छोपी, अर्काको जुम्रा कोट्याउने ।
आफ्नो घरको मैलो छोप्ने प्रयत्नमा,
छिमेकीको आँगनमा हरेक दाग खोज्ने ।
जहाँ जे गरे पनि, यो दुनियाँको चित्त बुझाउनु असम्भव छ,
श्रम गर्छौं भने नाम दिन्छन्, ‘पैसाको लोभी जोगी !’
चुपचाप बस्दा दोष लाग्छ भन्छन्, ‘निकम्मा, भाग्यहीन, अभागी !’
खर्च गर्दा ‘फाल्तु उडाउने,’ बचत गर्दा ‘कन्जुस मक्खीचुस !’
धेरै धन भए ‘दुई नम्बरी धन्दा,’ थोरै भए ‘बुद्दि नभएको बक्रम्फुस ।’
दुःख गरेर जोड्दा पनि भन्छन्, “के ग¥यो र ? अब सब माटोमा बिलाउँछन् ।”
हाँसो उठ्दो छ यो दुनियाँ, एउटा नाटकशाला समान,
जहाँ दर्शक र न्यायाधीश सबै आफैँ हुन्छन्, पालै–पालो छान ।
हे साथी ¤ तिमी जे गर्न चाहन्छौ, गर यहाँ,
आलोचनाको वर्षा भइरहन्छ सधैँ, रोकिन्न ।
तिम्रो कर्ममा मात्र ध्यान देऊ, अरूको बोलीले तिमीलाई केही फरक पर्दैन ।
याद राख† तिम्रो सङ्घर्ष र तिम्रो श्रमको अमूल्य मूल्य,
कुनै बजार वा भीडले तोक्दैन, त्यो तिमीलाई मात्रै थाहा छ ।
अरूको क्षणिक भ्रम र हल्लामा नपरी, तिमी विवेकमा अडिनुपर्छ,
केवल व्यक्तिगत सन्तुष्टि होइन, राष्ट्रहितका लागि जीवन चढाउनुपर्छ ।
दुनियाँले जे भन्नु छ, भनून्, अब वास्ता नगरौँ,
सिद्दान्तको बाटो समाऔँ, हाँस्दै निर्धक्क अगाडि बढौँ ।
किनकि, जिन्दगीको हिसाब हामीले नै इमानदारिताले चुक्ता गर्नुपर्छ,
जनबोली त केवल क्षणिक पुँजीवादी हल्ला हो,
त्यसको पछि लाग्नु मूर्खता हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *