भर्खरै :

मानव जीवनको सार

मानव जीवनको सार

खाएको कुरा
खा’ को छैन भन्नु
लोभी हुनु हो
लाएको कुरा
लाको छैन भन्नु
पाखण्डी स्वभाव हो ।

आफै मात्र खाउँ
आफै मात्र लाउँ
शोषक पारा हो
माया ममता बिर्सि जाने
पापी हुनु हो ।

ढिलो चाँडो यो समाजमा
छर्लङ्गै हुनेछ
लुटको धन जति जोडे पनि
एकदिन भतभत छाती पोल्नेछ ।

सत्य त आखिर सत्य नै हुन्छ
जति ढाँटे पनि
जनताको आँखा दूरविन सरह हुन्छ
बुझ पचाए पनि ।

लुटको धन फुपुको सराद्ध
पाप पखाल्ने पापी मनको
जति शान्त राख्छु भन्दा पनि
अशान्त रहन्छ मन ।

लोभले लाभ क्षणभरमै हुन्छ
घमण्डी पाराले
उर्लिएको बल शिथिल हुन्छ
इमानदारीसामु नुहिन्छ ।

गुलियो चिनी तीतो भएपछि
शरिर गल्दछ
त्यही बेला लोभी–पापी मन
आत्मग्लानीले ढल्दछ ।

दुःखी जनको पीडाको सराप
लाग्दछ लोभीपापीलाई
थला पर्दा पानी पियाउने
कोही हुँदैन उनलाई ।

मानव जीवनको सार के हो ?
उही बेला मन फिरिन्छ
लोभी पापी स्वार्थीभन्दा
त्याग तपस्या चोखो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *