भर्खरै :

शून्य कठघरामा

शून्य कठघरामा

ऊ कमजोर त थिएन
भलै नियतिले
कमजोर पनि,
यति कमजोर बनाइयो कि
मुखैमा थुक्दा पनि
देउताको प्रसाद (जुठो) सम्झेर सहनुपरेको छ ।

सहनु बाध्यता ?
सहनु धैर्यता ?
सहनु बलिदानी ?
सहनु कमजोरी ?
वा
सहनु सहनशीलता ?
हरेकको हद हुन्छ !
सहनुको पनि सीमा हुन्छ !!

सहनुको परिभाषाभित्र
अभिव्यक्त जवाफदेहीतामा
आफ्नै परिचय धुमलिरहँदा
प्राप्तव्य शून्य कठघरामा
ऊ अनुत्तरित प्रश्न बोकेर
आफ्नै छातीमा भाला रोपिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *