म भैल खः हुँ
- बैशाख ४, २०८३
त्यो चरा आफ्नो इच्छाले नै सुनको पिँजडामा बस्न राजी भयो । किनकि, स्वतन्त्र छँदा भोक, प्यास लागेको समयमा खाना र पानी पाइँदैनथ्यो । दिनभरि भौतारिएपछि कहिले आधा पेट त कहिले भोकै सुत्नुपथ्र्यो । कहिले पानी परेको रातमा रुखको टुप्पामा रुझ्दै रात बिताउनुपथ्र्यो । फेरि भोलिपल्ट सञ्चो नभए तापनि चहारा खोज्दै भौतारिनुपथ्र्यो । यो सारा दुःख मनमा साँचेका उनले सुनको पिँजडामा बास रोजे । त्यसबेलादेखि न खाना र पानीको चिन्ता न ओट लाग्नेको खोजी नै गर्नुप¥यो । दिनभरि आरामले बस्थ्यो । कहिलेकाहीँ बस्दाबस्दा दिक्क लाग्यो भने ऊ स्वतन्त्रताको गीत गाउँदै समय कटाउँथ्यो ।
Leave a Reply