फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
सुर्खेत, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर वडा नं.२ मा वडा भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले पार्टीको सिद्धान्तअनुसार काम गर्ने कार्यकर्ताको कर्तव्य भएकोले जनताको पक्षमा निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले पार्टी भनेको सिद्धान्त र विचार भएकोले विचारलाई जनतामाझ पु¥याउन हरेक पार्टी सदस्य लाग्नुपर्ने बताउँदै पार्टी नयाँ बनाउँदैमा परिवर्तन हुने भए विगतमा धेरै पार्टी नयाँ बनेको तर भागबन्डा र कमिसनमा लागेकोले नयाँ बनेको दलले पनि सत्तामा जाने भ¥याङ बनाएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा वीरेन्द्रनगर नगर समिति अध्यक्ष शेरबहादुर शाही र प्रेम सिजापतीले पनि बोल्नुभएको थियो ।
भेलाले नरबहादुर वुढाको अध्यक्षतामा ९ सदस्यीय नेपाल मजदुर किसान पार्टी २ न वडा समिति गठन ग¥यो ।
Leave a Reply