विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
वैदिक सनातन हिन्दू धार्मिक ग्रन्थहरूमा महाकाव्य रामायणको ठुलो महत्व हुन्छ । विभिन्न विद्वान्हरूले रामायण लेखेका थिए । तिनीहरूमा महर्षि वाल्मीकीद्वारा रचित रामायण महाकाव्य प्रचलित छ । रामायणमा चर्चित कथा भनौँ वा घटनाहरू सबै त्रेता युगको मानिन्छ । रामायणमा वर्णन गरिएअनुसार सृष्टिकर्ता ब्रह्माका पुत्र पुलस्त्य ऋषिका पुत्र ऋषि विश्रवाकी दुईवटी पत्नीहरू थिए । ऋषि भारद्वाजकी पुत्री देवाङ्गना जेठी पत्नी थिइन् भने दैत्यराज सुभालीकी पुत्री कैकसी कान्छी पत्नी थिइन् । जेठी पत्नी देवाङ्गनाबाट वैश्रवण नामका एक पुत्र जन्मे । यिनले ब्रह्मदेवको तपस्या गरी धनको देवता ‘कुवेर’ भन्ने उपाधि र पुष्पक विमान प्राप्त गरी लङ्काकी पति भई बसेका थिए । विश्रवा ऋषिकी कान्छी पत्नी कैकसीबाट दसवटा शिर भएको एक पुत्र जन्मे । दसवटा शिर भएको भन्ने अर्थमा उक्त बालकको नाम दसग्रीव भन्ने राखियो । सोही अर्थमा उक्त बालकलाई दशानन पनि भनियो । कैकसीबाट अरु दुई भाइ छोराहरू कुम्भकर्ण र विभीषणका साथै एउटी बहिनी सुर्पनखा पनि जन्मेका थिए । यसरी वैश्रवण अर्थात् कुवेर र दशग्रीव ऋषि विश्रवाका पुत्रहरू थिए । दशग्रीव खुबै शिवभक्त थिए । भोलेनाथ महादेवको तपस्या गरी उनलाई खुसी पारी दशग्रीवले अनेकौँ वरदानहरू पाई निकै शक्तिशाली भए । त्यसपछि उनले आफ्नो सौतेनी दाजु कुवेरलाई पराजित गरी उनको राज्य लङ्का र पुष्पक विमान दुवै आफ्नो अधीनमा पारे । उनले लङ्कालाई अत्यन्त सम्पन्न शक्तिशाली मात्र होइन सुवर्णमय पनि पारे । त्यसैले, सुनको लङ्का भन्ने गरियो । भोलेनाथ महादेवकै कृपाले दशग्रीव वीर शक्तिशाली योद्धा मात्र होइन वेद, आयुर्वेद, ज्योतिष, वास्तुकला, गीत, सङ्गीत आदि विषयका महाज्ञाता नै भए । वीणा वादनमा उनी अति दक्ष थिए । शक्ति धन सत्ता वैभव आदि बढेपछि धेरैमा प्रायः अहङ्कार, अभिमानको भावना पनि बढ्ने रहेछ । यस्तै, स्वभाव, विचार र क्रियाकलाप दशग्रीवमा पनि देखाप¥यो । आफ्नो बल, क्षमतामा घमण्ड गरी एकपटक उनले शिवको निवासस्थल कैलाश पर्वत नै उचाल्ने प्रयास गरे । उनको शेखी झार्न शिवले आफ्नो खुट्टाको एउटा औँलाले कैलाश पर्वतलाई थिच्दा दशग्रीवको हात कैलाश पर्वतमा बेस्सरी च्यापिन र थिचिन पुग्यो । यतिखेर उनलाई अति पीडा भयो र उनी चर्काे स्वर हुने गरी बेस्सरी चिच्याएकोले भोलेनाथले आफ्नो औँलाले थिच्न छाडे । दशग्रीवले चर्काे स्वर निकाली चिच्याएकोले सोही अर्थ लाग्ने शब्द ‘रावण’ नाम नै उनलाई प्रदान गरे । त्यसैले, उनलाई दशग्रीव, दशानन र रावण भनियो । तर, ‘रावण’ नाम नै बढी प्रचलनमा रह्यो । नेपालको इतिहासमा पनि काजी बाल नरसिंह कुँवरका छोरा वीर नरसिंह कुँवर थिए । वीर नरसिंह कुँवरका मामा माथवर सिंह थापा निकै शक्तिशाली प्रधानमन्त्री थिए । प्रधानमन्त्री माथवर सिंह थापाले भान्जाको स्वभावअनुसार ‘जङ्गे’ भनी बोलाउने गर्थे । त्यसले गर्दा वीर नरसिंह कुँवरलाई प्रायः सबैले जङ्गे भन्न थाले । पछि उनी पनि शक्तिशाली भएपछि ‘जङ्गे’ बाट जङ्गबहादुर कहलिन थालियो । दशग्रीव वा दशाननलाई अब सबैले रावण भनी चिन्न थाले । उनको रावण नाम नै बढी प्रचलनमा रह्यो ।
एकपटक रावणले रचेको ‘शिव ताण्डव स्तोत्र’ भोलेनाथलाई सुनाउँदा उनी सा¥है खुसी भई कुनै एक बरदान माग्नै पर्ने भनी आज्ञा हुँदा रावणले भोलेनाथकै अर्धाङ्गिनी देवी पार्वतीलाई नै मागी आफूसँगै लगे । रावणको यस्तो मतिभ्रष्ट भएको र अकर्मण्यताबारे चाल पाएका विष्णुले एउटी सुन्दरीको मोहिनी रूप लिई बिचै बाटोमा रावणलाई रोकी प्रभावित पारी देवी पार्वतीलाई रावणको चङ्गुलबाट बचाई पछि भोलेनाथको जिम्मा लगाइदिए । रावण अहङ्कारी मात्र होइन व्यभिचारी पनि थिए । संसारभरिका सुन्दरी एवम् उत्तम नारीहरू उनकै अधीनमा हुनुपर्दछ भन्ने उनको सोचाइ थियो । यस्तै, स्वभाव हाम्रो राणा प्रधानमन्त्री जुद्ध शमशेरमा पनि रहेको चर्चा अहिले पनि मानिसहरू गर्दछन् । त्यसैले होला, रावणले महादेवबाट पार्वती मागेको ।
सृष्टिकर्ता ब्रह्मदेवको तपस्या गरी आफूलाई मानवबाहेक अरु कसैले पनि मार्न नसक्ने बरदान पाएपछि तिनै लोक नवग्रह दशदिकपाल सबैलाई रावणले आफ्नो अधीनमा पारी स्वेच्छाचारिता पराकाष्ठामा पुगे । उनलाई ठुलो सहयोग उनका जेठा छोरा मेघनादले गर्दै थिए । मेघनादले स्वर्गका राजा इन्द्रलाई समेत पराजित गरी स्वर्ग मात्र आफ्नो अधीन पारेन इन्द्रजीत भन्ने नाम नै प्राप्त गरे । त्यसपछि उनी इन्द्रजीत नामबाट नै प्रख्यात भए । समय सधैँ एक नासले चल्दैन । कहिले शुक्ल पक्ष हुन्छ भने कहिले कृष्ण पक्ष हुन्छ । यस्ता अति बलशाली त्रिलोक विजयी रावणकी बहिनी सुर्पनखाले वनवासको जीवन बिताइरहेका रामलाई पञ्चवतीमा भेटी विवाह गर्ने प्रस्ताव राख्दा रामले आफ्नो भाइ लक्ष्मणतिर पठाइदिए सुर्पनखालाई । तर, लक्ष्मणले सुर्पनखादेखि रिसाइ उनको नाक काटिदिए । रावणको लागि यो ठुलो बेइज्जती एवम् चुनौतीको विषय बन्न पुग्यो । उनले पनि रामकी पत्नी देवी सीतालाई झुक्याए । पञ्जवटीको कुटीबाट हरण गरी लगी लङ्काको अशोक बाटिकामा राखी अनेकौँ खालका तनावहरू भोग्न बाध्य पारे । रावणको यो ठुलो गल्ती थियो । किनभने, उनकी बहिनी सुर्पनखाको नाक लक्ष्मणले पो काटेका थिए । त्यसैले, रावणले सजाय लक्ष्मणलाई दिनुपर्नेमा सीतालाई सजाय दिई अशोक बाटिकामा अपहरण गरी राख्न हुँदैनथ्यो किनभने यसमा सीताको कुनै दोष थिएन । यसमा रावणले देवी सीताको रूप यौवन र सुन्दरताप्रति मुग्ध भएर अर्काेतर्फ नारीलाई कमजोर ठानेर यो कुकृत्य गर्न पुगे । आफूलाई त्रिलोक विजयी मान्ने रावणको लागि यो कदापि सुहाउने कार्य थिएन । उसमा अहङ्कार र अभिमान अत्यधिक हाबी हुँदा उनले कुन ठीक र कुन बेठीक छुट्याउन सकेनन् । अन्ततः राम र उनका सहयोगी व्यक्तिहरू तथा हनुमान, सुग्रीव, अङ्गदजस्ता अन्य वान र सेनाहरूको सहयोगबाट युद्धमा रावणलाई पराजित मात्र गरेन लङ्का नै ध्वस्त भयो । विश्वका तानाशाहहरू, उपनिवेशवादी एवम् साम्राज्यवादी शासकहरू एक दिन पतन हुने नै छन् रावणको विनाश भएजस्तै ।
आखिर जे जस्तो भए पनि रावण त एक उच्चकोटीका विद्वान् नै थिए । उनी थुप्रै शास्त्रहरूका ज्ञाता थिए । उनीसँग विभिन्न खालका थुप्रै अनुभवहरू थिए । यी सबै वस्तुस्थितिबाट राम परिचित थिए । त्यसैले, मर्नासन्न अवस्थामा पुगेका रावणसँग केही अर्ती उपदेश शिक्षा, अनुभव, ज्ञान हासिल गर्न भाइ लक्ष्मणलाई रामले पठाए । तर, इच्छा नभए पनि दाजुको आज्ञा शिरोपर गरी लक्ष्मण रावणको शिरनिर गई बसे र केही शिक्षा दिन अनुरोध गर्दा रावणले कुनै पनि कोहीसँग याचना गर्दा याचक कहाँनिर बस्नुपर्छ तिम्रो दाजुसँग सिकेर आइज भनी फिर्ता पठाइदिए । लक्ष्मण त्यहाँबाट दाजु रामसमक्ष पुगी सबै कुराको ज्ञात गराए । दाजु रामले पनि भाइलाई आवश्यक सल्लाह दिई फेरि रावणकहाँ पठाए । अब लक्ष्मण रावणको खुट्टातिर गई बसेर केही शिक्षा प्रदान गर्न रावणसित अनुरोध गरे । रावणले दिएका विभिन्न अर्ती उपदेशहरू लक्ष्मणले श्रवण गरे । तीमध्ये महत्वपूर्ण केही उपदेशहरू निम्नअनुसारका थिए –
१) सद्गुण प्राप्त गर्न र सद्कार्य गर्नमा कहिल्यै ढिलाइ गर्नु हुन्न ।
२) दुष्कर्म गर्नमा तत्कालै रोक्नुपर्दछ ।
३) वास्तवमा ज्ञान र विद्या नै जीवनका असली धन हो जुन कसैले खोस्न सक्दैन ।
४) शत्रुलाई कहिले पनि कमजोर ठान्नु हुन्न ।
५) धर्म र नीतिअनुसार मात्र कार्य गर्नुपर्दछ र चल्नुपर्दछ ।
६) अधर्म, अहङ्कार र काम वासना अन्ततः आफ्नो विनाशका कारण बन्दछ ।
७) यो जीवन अस्थायी हो, मृत्युबाट कसैले छुटकारा पाउँदैन ।
८) आफ्नो जीवनलाई सदैव सत्य, धर्म, सद्कर्ममा लगाउनुपर्दछ जसले हाम्रो अस्तित्वलाई अमर बनाउँछ ।
रामायण महाकाव्यमा तथा हिन्दू समाज संस्कृतिमा रावणलाई अहङ्कारी, अत्याचारी, कामी, कुपात्र, खलनायकको रूपमा लिइन्छ । त्यसैले, दसैँको अवसरमा विजया दशमीका दिन उत्तर भारतमा रावणको पुतला जलाइने परम्परा अहिले पनि चलिआएकै छ । शान्ति, सत्य, नैतिकता, आदर्श आदिको विजयको प्रतीकको रूपमा यस कार्यलाई मानिन्छ । तर, दक्षिण भारतीय साहित्यहरूमा रावणलाई महान् शिवभक्त, विद्वान्को रूपमा चित्रण गरिएको छ । भारतको तमिलनाडु र आन्ध्र प्रदेशका केही जातीय समूहका मानिसहरूले रावणका पूजा गर्ने परम्परा अझै छ ।
रावणका दसवटा शिरहरूलाई सकारात्मक एवम् नकारात्मक बौद्धिकताका प्रतीकका रूपमा लिइन्छ । सकारात्मक बौद्धिक प्रतीकका रूपमा मान्नेहरूले रावणका दसवटा शिरहरूका निम्न लिखित ज्ञान वा विद्याको प्रतीकका रूपमा मान्ने गर्दछन् –
१. ऋग्वेद
२. यजुर्वेद
३. सामवेद
४. अथर्ववेद
५. ज्योतिष
६. राजनीति एवम् अर्थशास्त्र
७. धनुर्वेद (युद्ध कला)
८. सङ्गीत एवम् कला
९. आयुर्वेद
१०. सर्वशास्त्र पारङ्गत
त्यस्तै, नकारात्मक बौद्धिक प्रतीक मान्नेहरूले निम्नअनुसारका नकारात्मक ज्ञान वा विद्याका प्रतीकका रूपमा लिने गरेका छन् :–
१) काम बासना
२) क्रोध वा रिस
३) लोभलालच
४) मोहमाया
५) मद वा घमण्ड
६) इष्र्या
७) अन्याय
८) अहङ्कार
९) असत्य
१०) अज्ञानता
समष्टिमा भन्नुपर्दा रावणका दसवटा शिरहरूले उनमा १० किसिमका ज्ञान, बुद्धि, क्षमता रहेको तथा एक क्षणमा विभिन्न दृष्टिकोणबाट सोच्न सक्ने क्षमतातर्फ सङ्केत गर्दछ । अब त्यो क्षमता वा ज्ञानलाई सद्कार्यमा लगाएर सद्ज्ञानी बन्ने हो कि दुई कर्ममा लगाएर पापी बन्ने हो ? सो कुरा आ–आफ्नो इच्छामा भरपर्ने हो । रामले आफ्नो ज्ञान, बुद्धि र क्षमता सत्कर्ममा लगाएर उनी महान् भए । रावण दुष्कर्ममा लागेर दुराचारी र पापी भए ।
रावणको चरित्रबाट जतिसुकै विद्वान्, शक्तिशाली, सामथ्र्यवान् भए पनि यदि आफूले अनैतिकता, स्वार्थ, अन्याय, अत्याचारमाथि नियन्त्रण गर्न सकेन भने त्यसको विनाश निश्चित छ भन्ने शिक्षा हामीले पाउँछौँ ।
Leave a Reply