नेपालमा रङ्गिन क्रान्ति ?!
- मंसिर २७, २०८२

भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टी, भनपा ७ वडा समितिको आयोजनामा शुक्रबार वडास्तरीय कार्यकर्ता भेला तथा समसामयिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले विश्वविद्यालय शिक्षा पूरा गरेका जनताका छोराछोरीहरू आ–आफ्ना जिल्ला जिल्लामा गएर देश र जनताको निम्ति काम गर्नुपर्ने हो तर त्यो काम शासन सत्तामा बसेकाहरूले गरेनन् भन्नुभयो ।
देशमा देशभक्त जनता तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्ना कर्मचारी र आफ्ना शिक्षक भर्ना गर्ने प्रवृत्तिले देश बन्दैन, सहकारी संस्थाहरूले सीपमूलक तालिम दिएर व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयमा बीसौँ वर्ष आया भएर काम गराउने तर उसलाई पत्रिका पढ्न सक्ने नबनाउने शिक्षकहरूले शिक्षाको विकास गर्दैनन् भन्नुभयो ।
जनताको सेवा गर्दा स्वाभाविक रूपमा आफूलाई नोक्सान हुने उल्लेख गर्दै उहाँले बुझेरै राजनीतिक कार्यकर्ता बन्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्नुुभयो । उहाँले पार्टी कार्यकर्ताहरूको काम, कर्तव्यबारे प्रस्ट पार्दै राष्ट्रिय अन्तर्राष्ट्रिय विषय अध्ययन गरी जनतासँग एकाकार भई अगाडि बढ्नुपर्ने, पार्टीको अनुशासनलाई गम्भीरतापूर्वक लागु गर्नुपर्ने, साम्प्रदायिक भावना त्याग्नुपर्ने, सङ्गठन विकासको निम्ति काम गर्न तत्पर हुनुपर्ने, नयाँ पुस्तालाई पार्टीको ऐतिहासिक आन्दोलनहरूबारे सुसूचित गर्नुपर्ने, कमीकमजोरीको आलोचना गर्ने, अन्धविश्वासको विरोध गर्ने, धूमपान–मद्यपानजस्ता कुलतमा पर्न नहुने, जनताका समस्या समाधान गर्न लागिरहनुपर्ने, देशविदेशका आन्दोलनहरूको जानकार भइरहनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले पार्टीका साथीहरूको सक्रियताले नै समाजमा भइरहेको विभिन्न प्रकृतिका विकृति विसङ्गतिहरूमा न्यूनीकरण गर्नसक्ने भएकोले पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशनहरूको नियमित अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टी सङ्गठन चलाउन आवश्यक सबै आधार भनेको पार्टीका सङ्गठित कार्यकर्ताहरू नै भएकाले सबैले पार्टीको निम्ति सहयोग गर्न भन्दै देको मिवा जग्गा एकीकरणमा उपभोक्ताहरूको गुनासो सुन्ने काम भइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले कमलविनायक, लिबाली, तुमचो दुगुरे प्लानिङमा भन्दा व्यवस्थित बस्ती विकास गर्ने योजनाका साथ योजना अगाडि बढेको हो भन्दै भौतिक पूर्वाधारका लागि लिबालीमा ८ प्रतिशत, तुमचोमा ६ प्रतिशत जग्गा कटाएको थियो तर देको मिवामा ३ प्रतिशतमात्र जग्गा कटा गरिएको तथा घरले चर्चेको जग्गामा १.५ प्रतिशतमात्र जग्गा कटाएको स्पष्ट गर्नुभयो ।
नगरकोट बाटो छोएका जग्गामा भौतिक पूर्वाधारको निम्ति कुनै प्रतिशत जग्गा कटाएको छैन भन्नुभयो भने जग्गा नपुगेका उपभोक्तालाई जग्गा पु¥याइदिन र आयोजनाको खर्च व्यवस्थापनको लागि व्यवस्था गरिने सेल्स प्लट भनेर छुट्याइने व्यवस्थामा पनि लिबालीमा ८ प्रतिशत तर देको मिवामा ४.५ प्रतिशतमात्र जग्गा कटाएको कुरा प्रस्ट पार्नुभयो । उहाँले सेल्सप्लट जग्गाको मूल्य पनि चलनचल्तीको मूल्त्न्दा धेरै कम मूल्य निर्धारण गरेको जानकारी दिनुभयो ।
उहाँले ख्वप अस्पतालमा जनताको राम्रोसँग स्वास्थ्य परीक्षण गर्नको लागि सिटी स्क्यान मेसिन आइसकेको बताउँदै हालै चीनको शाननान नगरपालिकाबाट एउटा ल्याप्रोस्कोपी मेसिन पनि पाएको जानकारी गराउनुभयो । नेपाल सरकारबाट बीमाबापत पाउनुपर्ने रकममध्ये ४ करोड ७५ लाख प्राप्त भई अझै १७ करोड बीमाबापतको रकम पाउन बाँकी रहेको उहाँले बताउनुभयो ।
ख्वप कलेजमा १० वटा नयाँ विषय थप गर्नको लागि त्रि.वि.मा निवेदन दिइसकेको बताउँदै उहाँले ख्वप कलेज अफ इन्जिनियरिङमा ३ वटा, ख्वप इन्जिनियरिङ कलेजमा २ वटा र नर्सिङ कलेजमा रेडियोग्राफि, एचए, ल्याब टेक्निसियन, फार्मेसी गरी ४ वटा विषय थप गर्न सम्बन्धित निकायहरूमा निवेदन दिएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बलराम गोसाईले पनि बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मीभक्त कवां र धन्यवादज्ञापन बद्रीराम छुस्याबागले गर्नुभएको थियो ।
Leave a Reply