सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
समाज परिवर्तनको निम्ति राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, युवा, विद्यार्थी, किसान, मजदुर, शिक्षक, साहित्यकार, कर्मचारी तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरू सक्रिय हुनुपर्छ । राजनीतिक चेतना दिने सभा, अध्ययन गोष्ठी, अन्तरक्रिया, साहित्यिक सभा या कार्यक्रम भइरहेमा जनता देश र विदेशको राजनीतिक स्थिति र घटनाक्रमबारे अवगत हुनेछन् । सहकारी कार्यक्रम होस् या साहित्यिक, चुनावी सभा होस् या राजनीतिक आन्दोलनले जनतालाई सुसूचित पारेको हुन्छ । सङ्गठित र सचेतताबिनाको शक्तिले ल्याएको परिवर्तन स्थिर हुँदैन । जति राजनीतिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा अन्य रचनात्मक गतिविधि बढी हुन्छ त्यति नै जनता सचेत र चनाखो हुन्छन् । जनतामा राजनीतिक, वैचारिक, सांस्कृतिक स्तर नभएकोले पनि देश पछि परेको हो† विकास नभएको हो† पैसा, पद र अन्य लोभलालचमा फसेको हो ।
समाज परिवर्तनमा महत्वपूर्ण योगदान राजनीतिक दलकै हुन्छ । राजनीतिक दलले समाज परिवर्तनमा उल्लेख्य योगदान गरेको हुन्छ । त्यसको अर्थ राजनीतिक दलबाहेक अरूको योगदान हुँदैन, अरूले योगदान गर्दैन भन्ने होइन । समाजका कुनै प्रतिष्ठित व्यक्ति, बुद्धिजीवी, समाजसेवी, सामाजिक कार्यकर्ता तथा नागरिक भावना र सांस्कृतिक स्तर भएका या परिवर्तन चाहने एक साधारण नागरिकको पनि परिवर्तनमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको हुन्छ । कुनै कवि, कथाकार, निबन्धकार, उपन्यासकार, समालोचक या साहित्यकारले पनि साहित्यमार्फत समाज परिवर्तनमा सघाइरहेका हुन्छन् । गायक, गायिकाले गीतमार्फत जनचेतना जगाउने काम गरिरहेका हुन्छन् ।
तर, सबै राजनीतिक दल समाज परिवर्तनमा अग्रसर हुन्छन् भन्ने होइन । त्यस्तै सबै बुद्धिजीवी, सबै साहित्यकार, सबै गायक गायिकाले समाज परिवर्तनकै निम्ति लागिरहेका हुँदैनन् । कति राजनीतिक दल सामन्तवाद र पुँजीवादी व्यवस्था टिकाउन लागिरहेका हुन्छन् । त्यसरी नै कति साहित्यकारहरू ईश्वर नै सर्वशक्तिमान हुन्, राजा–महाराजा ईश्वरका प्रतिनिधि हुन्, संसारको सुष्टि नै ईश्वरले गरेका हुन् भनी साहित्य लेख्ने साहित्यकारहरू पनि नभएका होइनन् । कम्युनिस्टबारे भ्रम फैलाउने काम सामन्तवादी चिन्तनका नेताहरूले गरेकै हुन् । अहिले पनि त्यस्ता अन्धभक्त र अन्धविश्वासी व्यक्तिहरू छन् । जनतामा भौतिकवादी दृष्टिकोण फैलिएपछि साहित्यमा पनि त्यसको प्रभाव परेको हो । पछि माक्र्सवादी साहित्यको विकास भयो ।
सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् । तर, सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैनन् । माक्र्सवादी साहित्यकारहरूले समाज परिवर्तनको निम्ति प्रगतिशील साहित्य लेख्छन् । प्रगतिशील साहित्यकारले प्रगतिशील साहित्य लेखेर समाज परिवर्तनमा सहयोग गरिरहेको हुन्छ । तर, ती सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैनन् । सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र विस्तारवादको विरोधमा लेखिने साहित्य अवश्य पनि प्रगतिशील हुन्छ । शोषण, अत्याचार, दमन, जालीफटाहा, घुस्याहा, भ्रष्टाचारी, कमिसनखोरको विरोधमा लेखिएको साहित्य प्रगतिशील हुन्छ । हो, कम्युनिस्ट विचारधाराका साहित्यकार र माक्र्सवादी दर्शनले भिजेका साहित्यकारहरूको साहित्य अझ समाज परिवर्तनको निम्ति माझिएको हुन्छ । तिनीहरूले जनताका पीडा, कथा व्यथालाई प्राथमिकतामा राखेर साहित्य लेखेका हुन्छन्, जनतालाई जागरुक बनाएका हुन्छन्, मुक्तिको निम्ति आवाज उठाएका हुन्छन् । यसैले सबै माक्र्सवादीहरूको साहित्य प्रगतिशील हुन्छ भनिएको हो ।
हो, अहिले माक्र्सवादी साहित्यको विकास भइरहेको पाइन्छ, माक्र्सवादी साहित्यले स्थान पाइरहेको छ । यसलाई अझ उचाइमा पु¥याउनुपर्छ । बेलाबखत भइरहेको विभिन्न साहित्य सम्मेलन, साहित्य गोष्ठी, साहित्य भेला, साहित्यिक अन्तरक्रियाले यसलाई सघाइरहेको हुन्छ । कति साहित्यकारहरू यस्तै साहित्य सम्मेलन र गोष्ठीले तयार गरिरहेको हुन्छ । यसकारण, परिवर्तन चाहने हरेक साहित्यकारले माक्र्सवादी साहित्यको गहन अध्ययन गर्नुपर्छ र समाज परिवर्तनको निम्ति माक्र्सवादी साहित्य लेखिनुपर्छ ।
Leave a Reply