भर्खरै :

समाज परिवर्तनको निम्ति हरेक पक्षको सक्रियता आवश्यक

समाज परिवर्तनको निम्ति हरेक पक्षको सक्रियता आवश्यक

समाज परिवर्तनको निम्ति राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, युवा, विद्यार्थी, किसान, मजदुर, शिक्षक, साहित्यकार, कर्मचारी तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरू सक्रिय हुनुपर्छ । राजनीतिक चेतना दिने सभा, अध्ययन गोष्ठी, अन्तरक्रिया, साहित्यिक सभा या कार्यक्रम भइरहेमा जनता देश र विदेशको राजनीतिक स्थिति र घटनाक्रमबारे अवगत हुनेछन् । सहकारी कार्यक्रम होस् या साहित्यिक, चुनावी सभा होस् या राजनीतिक आन्दोलनले जनतालाई सुसूचित पारेको हुन्छ । सङ्गठित र सचेतताबिनाको शक्तिले ल्याएको परिवर्तन स्थिर हुँदैन । जति राजनीतिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा अन्य रचनात्मक गतिविधि बढी हुन्छ त्यति नै जनता सचेत र चनाखो हुन्छन् । जनतामा राजनीतिक, वैचारिक, सांस्कृतिक स्तर नभएकोले पनि देश पछि परेको हो† विकास नभएको हो† पैसा, पद र अन्य लोभलालचमा फसेको हो ।
समाज परिवर्तनमा महत्वपूर्ण योगदान राजनीतिक दलकै हुन्छ । राजनीतिक दलले समाज परिवर्तनमा उल्लेख्य योगदान गरेको हुन्छ । त्यसको अर्थ राजनीतिक दलबाहेक अरूको योगदान हुँदैन, अरूले योगदान गर्दैन भन्ने होइन । समाजका कुनै प्रतिष्ठित व्यक्ति, बुद्धिजीवी, समाजसेवी, सामाजिक कार्यकर्ता तथा नागरिक भावना र सांस्कृतिक स्तर भएका या परिवर्तन चाहने एक साधारण नागरिकको पनि परिवर्तनमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको हुन्छ । कुनै कवि, कथाकार, निबन्धकार, उपन्यासकार, समालोचक या साहित्यकारले पनि साहित्यमार्फत समाज परिवर्तनमा सघाइरहेका हुन्छन् । गायक, गायिकाले गीतमार्फत जनचेतना जगाउने काम गरिरहेका हुन्छन् ।
तर, सबै राजनीतिक दल समाज परिवर्तनमा अग्रसर हुन्छन् भन्ने होइन । त्यस्तै सबै बुद्धिजीवी, सबै साहित्यकार, सबै गायक गायिकाले समाज परिवर्तनकै निम्ति लागिरहेका हुँदैनन् । कति राजनीतिक दल सामन्तवाद र पुँजीवादी व्यवस्था टिकाउन लागिरहेका हुन्छन् । त्यसरी नै कति साहित्यकारहरू ईश्वर नै सर्वशक्तिमान हुन्, राजा–महाराजा ईश्वरका प्रतिनिधि हुन्, संसारको सुष्टि नै ईश्वरले गरेका हुन् भनी साहित्य लेख्ने साहित्यकारहरू पनि नभएका होइनन् । कम्युनिस्टबारे भ्रम फैलाउने काम सामन्तवादी चिन्तनका नेताहरूले गरेकै हुन् । अहिले पनि त्यस्ता अन्धभक्त र अन्धविश्वासी व्यक्तिहरू छन् । जनतामा भौतिकवादी दृष्टिकोण फैलिएपछि साहित्यमा पनि त्यसको प्रभाव परेको हो । पछि माक्र्सवादी साहित्यको विकास भयो ।
सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् । तर, सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैनन् । माक्र्सवादी साहित्यकारहरूले समाज परिवर्तनको निम्ति प्रगतिशील साहित्य लेख्छन् । प्रगतिशील साहित्यकारले प्रगतिशील साहित्य लेखेर समाज परिवर्तनमा सहयोग गरिरहेको हुन्छ । तर, ती सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैनन् । सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र विस्तारवादको विरोधमा लेखिने साहित्य अवश्य पनि प्रगतिशील हुन्छ । शोषण, अत्याचार, दमन, जालीफटाहा, घुस्याहा, भ्रष्टाचारी, कमिसनखोरको विरोधमा लेखिएको साहित्य प्रगतिशील हुन्छ । हो, कम्युनिस्ट विचारधाराका साहित्यकार र माक्र्सवादी दर्शनले भिजेका साहित्यकारहरूको साहित्य अझ समाज परिवर्तनको निम्ति माझिएको हुन्छ । तिनीहरूले जनताका पीडा, कथा व्यथालाई प्राथमिकतामा राखेर साहित्य लेखेका हुन्छन्, जनतालाई जागरुक बनाएका हुन्छन्, मुक्तिको निम्ति आवाज उठाएका हुन्छन् । यसैले सबै माक्र्सवादीहरूको साहित्य प्रगतिशील हुन्छ भनिएको हो ।
हो, अहिले माक्र्सवादी साहित्यको विकास भइरहेको पाइन्छ, माक्र्सवादी साहित्यले स्थान पाइरहेको छ । यसलाई अझ उचाइमा पु¥याउनुपर्छ । बेलाबखत भइरहेको विभिन्न साहित्य सम्मेलन, साहित्य गोष्ठी, साहित्य भेला, साहित्यिक अन्तरक्रियाले यसलाई सघाइरहेको हुन्छ । कति साहित्यकारहरू यस्तै साहित्य सम्मेलन र गोष्ठीले तयार गरिरहेको हुन्छ । यसकारण, परिवर्तन चाहने हरेक साहित्यकारले माक्र्सवादी साहित्यको गहन अध्ययन गर्नुपर्छ र समाज परिवर्तनको निम्ति माक्र्सवादी साहित्य लेखिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *