परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ३० कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ ९ नं. वडा समितिको आयोजनामा अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा शुक्रबार शिक्षक भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवादको विरोधमा उठिरहेका संसारका युवा, विद्यार्थी र देशका जनतालाई सीआईए, आईएनजीओ, एनजीओको हतियार प्रयोग गरेर दबाइरहेका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “संरा अमेरिकाले त्यसलाई सघाउन विश्वका ९ सत्न्दा बढी ठाउँमा अमेरिकी सैनिक क्याम्प राखेको छ ।”
शासक दलका नेताहरूले गरेको भ्रष्टाचारको विरूद्धमा भएको युवा–विद्यार्थीको आक्रोशलाई उपयोग गर्दै देशको सम्पत्ति सिध्याउन कलिला युवा विद्यार्थीहरूको हत्या गराउन, देशमा एक आपसमा भिडाएर उपद्रव मच्चाउने काममा अमेरिका र भारतको हात हुनसक्छ, उहाँले थप्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राम्रो र सही नेतृत्वको आधार ठुलो र सानोले, नयाँ र पुरानो पुस्ताले अनि भिडले हुँदैन भन्नुभयो ।
शिक्षक कृष्णप्रसाद धन्छाले वर्गमा विभाजित समाजमा शोषकवर्गले शोषितवर्गलाई कहिले पनि उठ्न दिँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशमा पुँजीवादी व्यवस्था छ, जसले शोषक वर्गको सेवा गर्छ । देशमा आज यही व्यवस्थाले राज गरिरहेको छ ।”
आयोजक समितिका अध्यक्ष विश्वराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्वेश्वर मानन्धर, चन्द्रलक्ष्मी दुवाल र मैयालक्ष्मी त्यातले पनि बोल्नुभएको थियो ।
Leave a Reply