परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ३० कार्तिक । नेपाल स्काउट, निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयुको आयोजनामा स्काउट लन्च हाइकिङ प्रतियोगिता ब्रह्मायणी पीठमा एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्काउटिङ क्षेत्रलाई मजबुद र समग्र विद्यालयमा अनिवार्य स्काउट कक्षाको व्यवस्था गर्न पहल गरिरहेको बताउनुभयो । समाजलाई नजिकबाट सहयोग गर्न सकिने संस्था स्काउट भएको उहाँले बताउनुभयो ।
स्थानीय प्रमुख आयुक्त बालकृष्ण बनमालाले विद्यालयका स्काउट ट्रुपहरू तथा रोभर रेञ्जर क्रयुहरूले विविध रचनात्मक कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।
अतिथि रामगोपाल कर्माचार्यले स्काउटले व्यवहािरक शिक्षा दिने भएकोले सबै परिवारलाई स्काउट शिक्षाबारे ज्ञान दिनुपर्ने बताउनुभयो ।
निरन्जन बेकोजुको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद कर्माचार्य, हिमालयन ग्लोरी इङ्गलिश स्कूलका प्रिन्सिपल कृष्णराम त्वाय्नाबासु, पारागन एकेडमीका प्रिन्सिपल पुण्यराम कवां, विमल स्काउट ट्रुपका प्रतिनिधि हरि श्रेष्ठ, सृजन लवजु, न्हुज किजु, सविन लेवा, सृजना कोजु, सन्देश तामाङ र सचिता दुलालले पनि बोल्नुभएको थियो ।
लन्च हाइकिङ प्रतियोगितामा विमल स्काउट ट्रुप प्रथम, वागीश्वरी स्काउट ट्रुप दोस्रा, हिमालयन ग्लोरी स्काउट ट्रुप तेस्रो, ख्वप्रिङ स्काउट ट्रुप र पारागन स्काउट ट्रुप सान्त्वना हुन सफल भएको छ ।
Leave a Reply