परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ३० कार्तिक । काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कन्फ्युसियस इन्स्टिच्युटले चीनको शिक्षा मन्त्रालयअन्तर्गत (Center for Language Education and Cooperation) को मार्गनिर्देशनमा भक्तपुरमा पहिलोपटक ख्वप कलेजमा HSK परीक्षा (चिनियाँ भाषा दक्षता परीक्षण) सञ्चालन गरेको छ । ख्वप कलेजमा चिनियाँ भाषा अध्ययन गरिरहेका २५ जना शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले उक्त परीक्षामा सहभागिता जनाए । काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट र ख्वप कलेज, नेपाल तथा भक्तपुरमा विद्यालय तहमा HSK परीक्षा सञ्चालन गर्ने पहिलो संस्था बनेका छन् । यो कदमले भक्तपुर जिल्लाका चिनियाँ भाषा पढ्ने विद्यार्थीहरूलाई चिनियाँ भाषा परीक्षामा सहज पहुँच प्राप्त गर्न थप मद्दत गर्नेछ ।
Leave a Reply