नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १ मङ्सिर । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा सोमबारदेखि भक्तपुर नगरपालिका क्षेत्रमा नापतौल डोर कार्यक्रम सुरु भएको छ ।
भक्तपुर जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ स्थित टुरिजम मार्केट परिसरमा कार्यालय राखेर सेवा दिएको हो । सङ्घका कोषाध्यक्ष एवं बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालका अनुसार मङ्सिर २ गते मङ्गलबार कमलविनायक बिगमार्ट परिसर, ३ गते बुधबार खौमा दरबार स्क्वायर गेटसँगै र ४ गते बिहीबार इनाचो पाटीमा डोर कार्यालय रहनेछ ।
सङ्घकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भक्तपुर उद्योग वाणिज्य सङ्घको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरूमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी वर्षमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने जानकारी दिनुभयो ।
गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरू समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौँ पुग्नुपर्ने झन्झटबाट मुक्त भएको सङ्घका महासचिव नविन प्रजापतिको भनाइ छ । डोर कार्यक्रममा स्थानीय व्यवसायी, व्यापारीहरूले उत्साहपूर्वक आआफ्ना नापतौलका सामग्रीहरू दर्ता तथा नवीकरण गराएको उहाँले जानकारी दिनुभयो । जिल्लाका उद्योगी, व्यवसायी एवं व्यापारीहरूले प्रयोग गरेका नापतौलका सामग्रीहरूको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीका प्रमुख पवन चन्दले बताउनुभयो ।
यसअघि मध्यपुर थिमि नगरपालिका र सङ्घको सहकार्यमा मध्यपुर थिमि नगरपालिकाका तीन स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन भएको थियो । गत बिहीबार मध्यपुर थिमि नगरपालिकाको ३ नं. वडा कार्यालय परिसरमा, शुक्रबार नयाँठिमीस्थित यचु पार्टी प्यालेसमा र आइतबार मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमीमा कार्यालय राखेर गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरको टोलीले सेवा दिएको थियो ।
Leave a Reply