भर्खरै :

१२ दिने भिडियोग्राफी तालिम सम्पन्न

१२ दिने भिडियोग्राफी तालिम सम्पन्न

भक्तपुर, १ मङ्सिर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत रहेको सूचना तथा प्रकाशन उपसमितिद्वारा कार्तिक १९ गतेदेखि सञ्चालित १२ दिने भिडियोग्राफी तालिमको समापन सोमबार सम्पन्न भयो ।
उक्त समापन कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले सीप भएको व्यक्ति भोकै बस्न नपर्ने उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्नसके तालिम सार्थक हुने विचार व्यक्त गर्नुभयो ।
यहाँका हरेक सम्पदाहरूको सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विगतका पुरातात्विक वस्तुलाई जीवन्तता दिन लाग्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीले सामाजिक दायित्व पनि निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले पुराना अग्रजसँग भएको सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नु समयको आवश्यकता हो भन्नुभयो ।
तालिमका प्रशिक्षक शरद् राईले शिक्षा र सीपसँगै लानुपर्ने उल्लेख गर्दै सीपमा आधारित शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
देश विकास गर्ने एक आधार सीप हो; सीप नभएरै युवाहरू बिदेसिएका हुन्† तालिमले भोलि प्रतिफल पाउने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले विगतलाई वर्तमानले र वर्तमानलाई भविष्यसँग जोडने उल्लेख गर्दै जीवन परिवर्तनको लागि सीप अपरिहार्य छ भन्नुभयो ।
तालिम मार्ग दर्शन हुने उल्लेख गर्दै उहाँले यहाँका सहकारीहरू अरुको निम्ति अध्ययन गर्ने थलो बन्दै गइरहेको बताउनुभयो ।
आजोजक समितिका सभापति कृष्णश्वरी दुवालले इच्छा शक्ति भएमा आफ्नो काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरू रोमी ह्योम्बा, गोपालकृष्ण प्रजापति, प्रकृति बासीले आ–आफ्नो अनुभव बताउनुभयो । आयोजक समितिका सदस्य विमला कुसीले तालिमको आवश्यकताबारे चर्चा गर्नुभयो । संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा अतिथि कुसीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *