हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
नोभेम्बर महिनाको आरम्भमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भने, सुडानको कहालिलाग्दो सङ्कट नियन्त्रणबाहिर जाँदै छ ।” उनले युद्धरत पक्षहरूलाई ‘हिंसाको दुःस्वप्न तत्काल अन्त्य गर्न’ अनुरोध गरे । युद्ध अन्त्य गर्ने मार्ग पनि छ तर त्यसतर्फ लाग्ने कुनै राजनीतिक मनोबल छैन । सन् २०२५ को मे महिनामा हामीले यो युद्धको इतिहासबारे लेखेका थियौँ । सन् २०१९ मा हामीले त्यो वर्ष भएको जनआन्दोलन र त्यसका परिणामबारे लेखेका थियौँ । हामी सुडानमा शान्ति चाहन्छौँ ।
सुडानमा के हुँदै छ ?
सन् २०२३ अप्रिल १५ मा ‘सुडानी सशस्त्र बल’ (एसएएफ) र ‘तीव्र समर्थन बल’ (आरएसएफ) बिच युद्ध सुरु भयो । सशस्त्र बलका नेता अन्तरिम सैन्य परिषद्का अध्यक्ष जर्नेल अब्देल फताह अल–बुर्हान हुन् । समर्थन बलका नेता लप्टन जर्नेल मोहमेद हमदान दगालो हुन् । उनलाई ‘हेमेती’ भन्ने गरिन्छ । त्यसयता विभिन्न विदेशी सरकारहरूको आड पाएर दुवै पक्ष भीषण युद्धमा छन् । यी युद्धमा मूलतः निर्दोष जनता मर्दै आएका छन् । कति मान्छे मरे यकिनसाथ भन्न सम्भव छैन । तर, मर्नेको सङ्ख्या सानो छैन । एक अध्ययनअनुसार सन् २०२३ अप्रिल र २०२४ जुलाईबिच मात्र साढे १ लाख मानिस मरेका थिए । दुवै पक्षले मानवताविरुद्ध कैयन अपराध गरेका छन् । विभिन्न मानवअधिकारवादी सङ्घसंस्थाले ती अपराधको विवरण नै प्रकाशित गरेको अवस्था छ । जम्मा जनसङ्ख्या ५ करोड १० लाख भएकोमा कम्तीमा १ करोड ४५ लाख सुडानीहरूले थातथलो छाडेका छन् । अल फाशर, उत्तर डार्फर, कादुग्ली र दक्षिणी कोर्दोफानबिचको पूरै इलाकामा मानिसहरू चर्को भोक र भोकमरीको सामना गर्दै छन् । संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदनअनुसार झन्डै २ करोड १२ लाख सुडानीहरू चरम खाद्य असुरक्षाको उच्च तहमा छन् । यो भनेको कूल जनसङ्ख्याको ४५ प्रतिशत हो । त्यस्तै, देशैभरिका ३ लाख ७५ हजार जनता भोकको ‘विपत्तिपूर्ण’ अवस्था वा भोकमरीको मुखमा छन् ।
युद्ध सुरु भएदेखि लाखौँ जनता आन्तरिक विस्थापनमा परेका छन् । उनीहरूले अल फाशरमा शरण लिए । त्यो सहर ‘सशस्त्र बल’ को नियन्त्रणमा थियो । सन् २०२५ को अक्टोबरमा त्यहाँ २ लाख ६० हजार सर्वसाधारण थिए । यत्तिकैमा ‘समर्थन बल’ सहरको सुरक्षा घेरा तोड्दै भित्र पस्यो र अनेक नरसंहार मच्चाउन थाल्यो । त्यस नरसंहारका दस्तावेजी प्रमाण सर्वत्र पाइन्छन् । मारिनेमध्ये साउदी प्रसुति अस्पतालमा उपचार गराइरहेका ४६० बिरामी र तिनका हेरालुहरू थिए । यो सहर ‘समर्थन बल’ को हातमा गयो, डार्फर प्रान्तको ठुलो हिस्सा उसको हातमा गयो । अब ‘सशस्त्र बल’ को पकड पूर्वी सुडानमा मात्र छ । यसको अर्थ सुडान बन्दरगाहका साथै समुद्री र हवाई व्यापारका मार्गहरू तथा देशको राजधानी खार्तुम सहर अझै पनि ‘सशस्त्र बल’ कै हातमा छन् ।
अहिलेलाई युद्ध निस्तेज हुने कुनै छाँट देखिन्न ।
किन लड्दै छन् ‘सशस्त्र बल’ र ‘समर्थन बल’ ?
यति ठुलो युद्धको कारण पनि लर्तरो हुन सक्दैन । राजनीतिक कारण प्रस्ट छ –सन् २०१९ को जनआन्दोलनले राष्ट्रपति ओमर अल–बशिरलाई सत्ताच्यूत ग¥यो तर लगत्तै प्रतिक्रान्ति पनि भयो, सेनाबाट खोसेको सत्ता पुनः सेनाकै हातमा गयो । ओमर अल–बशिरले सन् १९९३ देखि सुडानको शासनसत्ता चलाउँदै आएका थिए । उनको कार्यकालको अन्त्यतिर सुडानमा महँगी र सामाजिक सङ्कटले चरम रूप लिएको थियो ।
सन् २०१९ को जनआन्दोलनको पछाडि वामपन्थी र लोकप्रिय शक्तिहरू थिए । सुडानी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमत शक्ति, सुडानी पेशेवर सङ्गठन, सुडानी क्रान्तिकारी मोर्चा, सुडानी नागरिक तथा राजनीतिक समूहका महिलालगायत धेरै स्थानीय प्रतिरोध संस्था र टोल समितिहरूले त्यसमा भूमिका खेलेका थिए । उनीहरूले जननिर्वाचित सरकार नबन्दासम्म सेनालाई अभिभावकत्व लिन बाध्य पारे । अफ्रिकी युनियनको सहयोगमा ‘सङ्क्रमणकालीन सार्वभौम परिषद्’ को स्थापना भयो । यो परिषद्मा ५ जना सैन्य र ६ जना नागरिक प्रतिनिधि सदस्य थिए । अब्देल्ला हाम्दोकलाई प्रधानमन्त्री नियुक्त गरियो । नेमात अब्दुल्लाह खायर प्रधान न्यायाधीश नियुक्त भए । परिषद्मा अल–बुर्हान र हेमेती पनि थिए । जथाभावी मुद्रा छापेर र राज्यका सम्पत्ति निजीकरण गरेर सैन्य–नागरिक सरकारले अर्थतन्त्रलाई झन् बिगा¥यो । यसले गर्दा सुनको तस्करी सबैभन्दा नाफादायी पेशा बन्न पुग्यो र ‘समर्थन बल’ को पकड बलियो बन्दै गयो । (यो सरकारले इजरायलसँग सम्बन्ध सुधार गर्दै ‘अब्राहम सम्झौता’ मा हस्ताक्षर गरेको थियो । यो सम्झौताले प्यालेस्टिनको अस्तित्व अस्वीकार गर्छ ।) सैन्य–नागरिक सरकारका नीतिहरूले स्थिति झन्झन् जटिल बन्दै गयो । अब सत्ता र सम्पत्तिको बोलवाला बढ्न थाल्यो । यहाँ सत्ताको अर्थ सुरक्षा निकायमाथिको पकड थियो र सम्पत्तिको अर्थ सुन व्यापारमाथिको पकड थियो ।
परिषद्का सदस्य भए पनि अल–बुर्हान र हेमेतीले लगातार सत्ताविद्रोह गर्ने प्रयास गरिरहे । सन् २०२१ मा उनीहरू सफल भए । सरकारबाट नागरिक प्रतिनिधिहरूलाई पन्छ्याएपछि यी दुई सैन्य नेता एकअर्काविरुद्ध जाइलागे । ‘सशस्त्र बल’ का अफिसरहरूले राज्यका निकायहरूमाथि पकड जोगाउन खोजे । सन् २०१९ सम्ममा देशको कूल बजेटको ८२ प्रतिशत स्रोत सेनालाई जान्थ्यो । (सन् २०२० मा प्रम अब्देल्ला हाम्दोकको पालामा स्थिति फेरिएको थिएन ।) सेनाले देशको आर्थिक मामिलामा पनि आफ्नो पकड बलियो पार्न थाल्यो । ‘सशस्त्र बल’ को नियन्त्रणमा रहेको प्रतिरक्षा उद्योग प्रणालीले २०० भन्दा बढी कम्पनीको सञ्चालन गथ्र्यो । (यसबाट वर्षको २ अर्ब राजस्व आउँथ्यो ।) यसरी, ‘सशस्त्र बल’ ले सुडानको औपचारिक अर्थतन्त्रमा उल्लेख्य भाग ओगट्यो । उसले खानी उद्योग, टेलिसञ्चार र उपभोग्य सामानको आयात–निर्यातमा पकड जमायो । उता ‘समर्थन बल’ को शक्ति ‘जान्जाविद’ (घोडचढी भूत) मिलिसिया थियो । उसले ‘अल जुनैद बहुकार्य कर्पोरेसन’ लाई केन्द्र बनाएर आफ्नो अलग्गै युद्ध अर्थतन्त्र चलायो । यो कर्पोरेसनले डार्फरका प्रमुख सुनखानी क्षेत्रमा पकड जमायो । यसबाहेक जेबेल अमेरलगायत करिब आधा दर्जन सुनखानी पनि यही कर्पोरेसनको हातमा छन् । सुडानको कूल सुन उत्पादनको ५०–८० प्रतिशत सुन तस्करीमा जान्छ । (यो सन् २०२२ को तथ्याङ्क हो ।) सुन तस्करीको मुख्य गन्तव्य कतार हो । पश्चिम सुडानका सुनखानीमा उत्पादन हुने सुनमाथि ‘समर्थन बल’ को दबदबा छ । (यो क्षेत्रमा उत्पादन हुने सुनले कुल उत्पादनको ८०–८५ प्रतिशत ओगट्छ । ‘समर्थन बल’ ले सुन तस्करीबाट प्रतिवर्ष अकूत धन कमाउँछ । (एक अध्ययनअनुसार डार्फर क्षेत्रका सुनखानीबाट मात्र सन् २०२४ मा ८६ करोड डलर आमदानी भएको थियो ।)
राजनीतिक र भौतिक हानथापपर्तिर सङ्कट चर्काउने अर्को पक्ष हो पर्यावरणीय दबाब । डार्फरमा चलेको लामो द्वन्द्वका एउटा कारण साहेल क्षेत्रको खडेरी पनि हो । पृथ्वीको जलवायुमा आएको विपत्तिका कारण धेरै दशकदेखि सो क्षेत्रलाई अनियमित वर्षा र तापलहरले गाँज्यो । यसले गर्दा सहारा मरुभूमि झन्झन् दक्षिणतिर सर्दै गयो । पानीका स्रोतको लागि द्वन्द्व चर्कियो । घुमन्ते जाति र स्थायी बसोबास गर्ने किसानबिच झडपहरू बढे । सुडानका आधा जनता अहिले चरम खाद्य असुरक्षामा बाँचिरहेका छन् । तीव्र जलवायु परिवर्तनले हावापानीमा उत्पात मच्चाएको छ । यस्तो बेला जनताको हितमा अनुकूल आर्थिक योजना बनाउनमा सुडानका शासकहरू असफल देखिएका छन् । बरु मुठ्ठीभर कुलिनहरू यतिबेला देशको प्राकृतिक सम्पदाको लुछाचुँडीमा लागेका छन् । यसले गर्दा सुडान लामो समयका लागि द्वन्द्वको चपेटामा पर्ने देखिँदै छ । यो युद्ध केवल दुई व्यक्तिबिच जुँगाको लडाइँ मात्र होइन । यो युद्धविदेशी शक्तिहरूबिच सुडानी स्रोतसाधनको पैठारी गर्ने र लुटपाट गर्ने सङ्घर्ष पनि हो । पुनः एकपल्ट युद्धविराम सम्झौताको मस्यौदा तयार छ । तर, यसमा हस्ताक्षर हुने सम्भावना कम छ । सुडानी स्रोतसाधनको तस्करीबाट विभिन्न हतियारधारी समूहहरूले जहिलेसम्म खल्ती भर्न पाउँछन् तैलेसम्म युद्धविरामको सम्भावना न्यून छ ।
सुडानमा शान्तिका सम्भावना के–कति छन् ?
सुडानमा शान्ति कायम गर्न ६ तत्व चाहिन्छ :
१. तत्काल र नियन्त्रित युद्धविराम गरेर जनताका लागि खाद्यान्न र औषधीलगायत राहत सामग्री पु¥याउनका लागि मानवीय मार्ग बनाउनुपर्छ । यी मार्ग प्रतिरोध समितिहरूको नेतृत्वमा रहनुपर्छ । किनभने, अहिलेलाई तिनीहरू नै विश्वासिला प्रजातान्त्रिक शक्ति हुन् । साथै, त्यहाँ सिधै अत्यावश्यक सहायता आपूर्ति गर्नका लागि तिनै समितिहरूको सञ्जाल तयार गर्नुपर्छ ।
२. युद्ध अर्थतन्त्र बन्द गर्नुपर्छ । खासगरी सुनखानी र हतियार आपूर्ति गर्ने पाइपलाइनहरू बन्द हुनुपर्छ । यसको लागि कतारलाई हतियार बेच्ने र त्यहाँबाट सुन किन्ने कार्यमाथि विश्वले कडा प्रतिबन्ध लगाउनुपर्छ । कतारले ‘सशस्त्र बल’ सँग सम्बन्ध नतोडेसम्म यो प्रतिबन्ध हटाउनुहुन्न । साथै, पोर्ट सुडानबाट हुने निर्यातमा कडा नियन्त्रण गर्नुपर्छ ।
३. राजनीतिक निर्वासनमा रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा फर्काउनुपर्छ र जननिर्वाचित सरकारको नेतृत्वमा राजनीतिक संस्थानहरूको पुनर्निमाण गर्नुपर्छ । त्यो सरकारलाई प्रतिरोध समितिजस्ता जनताका सङ्घसङ्गठनको समर्थन हुनुपर्छ । ‘सशस्त्र बल’ को सम्पूर्ण राजनीतिक शक्ति र आर्थिक शाखाहरू खोसेर उक्त सरकारको मातहतमा ल्याउनुपर्छ । ‘समर्थन बल’ लाई निःशस्त्र पारेर विघटन गर्नुपर्छ ।
४.तत्कालै सुडानको सर्वोच्च अदालतको पुनःसंरचना गर्नुपर्छ । यसबिच भएका अत्याचारका लागि जिम्मेवार सबैमाथि छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ ।
५. तत्कालै जवाफदेही परिपाटी बसाल्नुपर्छ । सुडानको उपयुक्त संवैधानिक अदालतबाट युद्ध सरदारहरूलाई दण्डित गर्नुपर्छ ।
६. सुडानको योजना आयोगनको तत्काल पुनःसंरचना गर्नुपर्छ । वित्त मन्त्रालयले निर्यातबाट हुने अतिरिक्त मुनाफालाई जनताका उपभोग्य सामग्री तथा सामाजिक सुरक्षामा सार्नुपर्छ ।
यी ६ बुँदा अफ्रिकी युनियन र विकासका लागि अन्तरसरकारी प्राधिकरणले तय गरेका तीन आधारभूत सिद्धान्तमा आधारित छन् । यी दुई निकायले सन् २०२३ सुडान द्वन्द्व समाधानका लागि यो मार्गचित्र प्रस्तुत गरेका थिए । यो मार्गचित्रजस्ता प्रस्तावको एउटै समस्या हुन्छ । यिनीहरू दातृसंस्थामा निर्भर हुन्छन् । हिंसामा संलग्नहरूले नै यस्ता मार्गचित्र कोर्न खर्च दिन्छन् । माथि उल्लेख समाधानका ६ बुँदा कार्यान्वयन गर्न बाह्य शक्तिहरूमाथि दबाब दिनुपर्छ । ‘सशस्त्र बल’ र ‘समर्थन बल’ लाई विदेशी शक्तिले दिँदै आएको आडभरोसा बन्द गर्न दबाब दिनुपर्छ । यस्ता शक्तिमा इजिप्ट, युरोपेली युनियन, कतार, रुसिया, साउदी अरब, कतार र संरा अमेरिका पर्छन् । तिनीहरूको मार्गचित्र वा साउदी–अमेरिकाको संयुक्त पहलमा सन् २०२३ मा बनाइएको जेदाह च्यानलबाट पनि समाधान आउनेछैन । किनभने, यस्ता समाधानले अल्पकालीन फाइदा र मानवीय राहतका कुरा मात्र गर्छन् । यिनले प्रतिरोध समितिजस्ता सुडानी जनसङ्गठनलाई बेवास्ता गर्छन् । सुडानमा आफ्ना देश र जनताका पीडा र कष्ट गाउने कविहरू जन्माएको छ । तिनैमध्ये एक कविबाट यो लेखको बिट मारौँ । सन् १९६१ म कम्युनिस्ट कवि ताज अल–सिर अल–हसन (१९३५–२०१३) ले एउटा कविता लेखे । शीर्षक थियो – एक अफ्रो–एसियाली गीत । यो कविता सन् १९५६ मा जौदेहमा मच्चाइएको कोस्ती नरसंहारबाट सुरु हुन्छ । त्यो नरसंहारमा प्रहरीले १९४ हडताली किसानहरूलाई हिरासतमा सास थुनेर मारेका थिए । तर, कविताको पुछारमा कविआवाज विष्फोटभन्दा चर्को बनेको छ ः
अफ्रिकाको मुटुमा
अगुवा दस्तामा उभिएको छु म
बाङडुङसम्म फैलिएको छ मेरो आकाश ।
जैतुनका बुट्यान मेरा ओत र आँगन हुन् ।
ए मेरा कामरेडहरू,
ए अगुवा कामरेडहरू,
मेरा मान्छेलाई गौरवतर्फ लम्काउनेहरू
तिम्रो दियो मेरो मुटुमा भिजेर हरियो बन्दै छ ।
अब अन्तिम हरफ गाउँछु म,
मेरो प्यारो भूमिका लागि;
एसियाली साथीहरूका लागि;
मलायाका लागि
गाउँछु म जुर्मुराउँदो बाङडुङका लागि ।
अल फाशरका जनता, खोर्तुमका जनता, पोर्ट सुडानका हाम्रा कामरेडहरू शान्तितर्फ पाइला चालौँ ।
(विजयप्रसाद भारतीय इतिहासकार, सम्पादक र पत्रकार हुन् । उनी लेफ्टवर्ड बुक्सका सम्पादक हुन् भने सामाजिक अनुसन्धान संस्थान ‘ट्राइकन्टिनेन्टल’ का निर्देशक हुन् । चीनको रेनमिन विश्वविद्यालयमा उनी वरिष्ठ गैरआवासीय विज्ञको रूपमा कार्यरत छन् । ‘अँध्यारा देशहरू’ र ‘गरिब देशहरू’ लगायत उनका २० भन्दा बढी पुस्तक प्रकाशित छन् । ‘सङ्घर्षले हामीलाई मानव बनाउँछ’ (नोम चोम्स्कीसँग मिलेर) र ‘फिर्ती ः इराक, लिबिया, अफगानिस्तान र अमेरिकी सत्ताको कमजोरी’ उनका पछिल्ला पुस्तक हुन् ।
स्रोत : एमआर अनलाइन ।सम्यक)
Leave a Reply