हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
दिनहुँको गोलाबारीबाट बच्न निरन्तर दिनरात हिँड्ने कल्पना गर्नुहोस् । तपाईं आफ्नो बच्चालाई काखमा बोक्नुहुन्छ, ड्रोन आक्रमणबाट बच्न अँध्यारो रातमा डो¥याउनुहुन्छ । तपाईंसँग खाना छैन, प्यास मेट्ने पानी छैन र जानका लागि कतै सुरक्षित ठाउँ छैन । यो डार्फर र सुडानभरका परिवारको नियति हो, जहाँ नागरिक फसेका छन्, उनीहरूलाई निसाना बनाइएको छ र देश क्रूर युद्धको तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा उनीहरू आतङ्कित छन् । एल–फसेर र डार्फरका अन्य भागका सम्पूर्ण समुदाय घेराबन्दीमा परेका छन् । भाग्न खोज्नेमाथि बारम्बार आक्रमण गरिन्छ, बाँकी रहेकाहरूले भोकमरी, हिंसा र रोगको सामना गर्छन् । आक्रमणको निसानामा महिला र बालबालिका परेका छन्, जो सबैभन्दा बढी पीडित छन् । यौनहिंसाले त महामारीकै रूप लिएको छ । महिला र बालिकालाई अपहरण गरिन्छ, दिनको समयमा सशस्त्र समूहका लागि काम गर्न बाध्य पारिन्छ । त्यसपछि प्रायः रातमा अन्यको अगाडि आक्रमण गरिन्छ । बलात्कारबाट गर्भवती भएका केही बालबालिका यति साना र कुपोषित छन् कि उनीहरू स्वास्थ्यसम्बन्धी विभिन्न जटिल समस्याबाट पीडित छन् ।
अपराधीले अब आफ्ना अपराध लुकाउने चेष्टा गर्दैनन् । हिंसा यति व्यापक भएको छ कि मुद्दा रेकर्ड गर्दा वा दस्ताबेजीकरण गर्दा तपाईंको ज्यान जान सक्छ । उत्तरी डार्फरको ताविलामा ‘डाक्टरर्स विदाउट बोर्डर्स’द्वारा सञ्चालित एउटा मात्र क्लिनिकले बलात्कारपीडितहरूको हेरचाह गर्न सक्छ । किशोरहरू पनि द्वन्द्वमा तानिएका छन् । विगत १० दिनमा बालबालिकाले भरिएका तीनवटा ट्रक न्यालातर्फ जाँदै गरेको रिपोर्ट गरिएको थियो, जबकि दक्षिण डार्फरमा बालबालिकालाई हतियार बोकाएर युद्धमा लड्न पठाइँदै छ । परिवारका अधिकांश सदस्य अप्रत्यासित ढङ्गले बेपत्ता भइरहेका छन् ।
सशस्त्र समूह र आपराधिक गिरोहको निसानामा सहायताकर्मी पनि परेका छन् । फिरौतीका लागि उनीहरूलाई अपहरण गरिएको छ, आक्रमण गरिएको छ, कहिलेकाहीँ हत्या गरिएको छ, किनकि मानवीय संस्थाले रकम तिर्न सक्छन् भन्ने सशस्त्र समूहले विश्वास गर्छन् । सहायता वितरण गर्नेहरूमध्ये धेरै सुडानी महिला हुन्, जसले अरूलाई खाना, पानी र सुरक्षा सेवा ल्याउन हरेक दिन आफ्नो ज्यान जोखिममा पार्छन् । सहयोग गरेको भन्दै हतियारधारी र सशस्त्र समूहले उनीहरूलाई आक्रमण गर्ने चेतावनी दिएका छन् ।
हिंसाले जातीय आयाम पनि लिएको छ । एक विस्थापित व्यक्तिले हामीलाई भने, ‘म फर्कन सक्दिनँ, तिनले मेरो छालाको रङ्गबाट थाहा पाउनेछन् कि म कुन जातिको हुँ । तिनले मलाई मार्नेछन् ।’ सुडानमा अहिले विश्वको सबैभन्दा ठुलो मात्रामा विस्थापनको सङ्कट देखिएको छ । विस्थापनको समस्या गम्भीर मानवीय आपतकालमध्ये एक हो । तीन करोडभन्दा बढी सुडानीलाई तत्काल सहयोगको आवश्यकता छ । पन्ध्र करोडलाई आफ्नो घरबाट जबर्जस्ती बाहिर निकालिएको छ । भोकमरी र हैजा द्रुतगतिमा फैलिरहेका छन् । युद्धका कारण क्लिनिकहरू ध्वस्त भएका छन्, विद्यालय बन्द छन् र एक करोड ३० लाख बालबालिका विद्यालयबाहिरै छन् । विद्यार्थीको शिक्षा र भविष्य खतरामा परेको छ ।
तर, यो विनाशबिच पनि सुडानी महिला सङ्गठनहरूले प्रतिक्रियाको नेतृत्व गरिरहेका छन् । तिनीहरू सुरक्षित ठाउँ सञ्चालन गरिरहेका छन्, हिंसाबाट बचेकाहरूलाई सहयोग गरिरहेका छन् र बालबालिकालाई जहाँ सकिन्छ, त्यहाँ सिकाइरहेका छन् । तिनीहरू आफ्नो समुदायलाई चिन्छन् र निरन्तर खतराका बाबजुद आफ्नो काम जारी राख्छन् । तिनको साहस प्रशंसायोग्य छ ।
यद्यपि, मानवीय प्रतिक्रियाका लागि सहयोगस्वरूप न्यून रकम दिइएको छ । सुडानमा आवश्यक पर्ने रकमको लगभग एकचौथाइ मात्र प्राप्त भएको छ । तत्काल स्रोतसाधन जुटाउन नसकेमा लाखौँं मानिस खाना, चिकित्सा हेरचाह वा आश्रयविना रहनेछन् र भोकमरी बढ्नेछ । महिला र बालबालिकाका लागि संरक्षण र मनोसामाजिक सहयोग कोष वैकल्पिक होइन । यो जीवन बचाउने विषय हो । यो हिंसाको मात्र होइन, बरु उदासीनताको सङ्कट पनि हो । हरेक दिन संसारले टाढा हेर्छ, धेरै जीवन गुम्छ र धेरै भविष्य मेटिन्छन् । अन्तर्राष्ट्रिय समुदायले यौनहिंसा, जातीय हत्या र सहायताकर्मीमाथि आक्रमणलगायत युद्ध अपराधको अनुसन्धानलाई समर्थन गर्नुपर्छ । मौनता तटस्थता होइन । मौनताले भयावहतालाई निरन्तरता दिएको छ ।
सुडान सङ्कट समाधानका लागि हामीले अहिले नै तुरुन्तै कदम चाल्नुपर्छ । सरकार र दाताले मानवीय प्रतिक्रियाका लागि पूर्ण रूपमा कोष जुटाउनुपर्छ र सहायता प्रदान गर्नेहरूको पहुँच सुनिश्चित गर्नुपर्छ । उनीहरूले सबै पक्षलाई नागरिकमाथि तुरुन्तै आक्रमण रोक्न, भाग्नेहरूका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न र लडाइँबाट अलग्गिएकालाई राहत कार्य सहज बनाउन दबाब दिनुपर्छ । मानवीय कार्यमा जुटेका व्यक्ति र तल्लो तहका संस्थाले आफ्नो जीवन जोखिममा पारिरहेका छन्, ताकि अरूहरू बाँच्न सकून् ।
सबैभन्दा महत्वपूर्ण सुडानका महिला र किशोरीलाई शान्तिप्रतिको प्रत्याभूति गर्ने अधिकार दिइनुपर्छ । तिनीहरू पहिले नै अराजकताबिच सङ्गठित, आश्रय र पुनर्निर्माण गरेर नेतृत्व गरिरहेका छन् । तिनको साहसले सुडानले अझै पनि बन्न सक्ने देशको झलक दिन्छ ।
(घेलानी प्लान इन्टरनेसनलकी सिइओ हुन्)
अलजजिराबाट
Leave a Reply