भर्खरै :

युवाहरूको विद्रोही भावनालाई गन्तव्यमा नपु¥याएमा क्षति भोग्नुपर्ने

युवाहरूको विद्रोही भावनालाई गन्तव्यमा नपु¥याएमा क्षति भोग्नुपर्ने

भक्तपुर, ३ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा मङ्गलबार अक्टोबर क्रान्ति तथा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले युवाहरूको विद्रोही भावनालाई निश्चित गन्तव्यमा नपु¥याएमा क्षतिसहित पश्चाताप भोग्नुपर्ने बताउँदै पुँजीपतिहरूको धुत्र्याइँ र चतुर्याइँले कम्युनिस्टहरूको समाजवादी आन्दोलनमा असर पुग्ने बताउनुभयो ।
उहाँले लोककल्याणकारी नाम बोकेका एनजीओ तथा आईएनजीओजस्ता संस्थाहरूले जनताको आँखामा छारो हाली सरकार परिवर्तन गर्ने र व्यवस्था परिवर्तनको नाममा देश नै विदेशीको हातमा सुम्पिन सक्ने हुँदा हामी जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष तथा जिल्ला अध्यक्ष मिनबहादुर बाटाले अक्टोबर क्रान्तिको माध्यमबाट भौतिक विकाससँगै सांस्कृतिक विकाससमेत भएको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुकूल वातावरणमा मात्र समाजवादी क्रान्ति सफल हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले नेमकिपाले किसानवर्गको हितका लागि गरेको बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलनजस्ता किसान सङ्घर्षबारे चर्चा गर्दै आफन्त र नातावादको पक्षभन्दा सत्य र न्यायको पक्षमा बोल्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ, भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वर मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *