लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
संयुक्त राज्य अमेरिका आफ्नो राजनीतिक व्यवस्थाभन्दा भिन्न विचारका देशमाथि आक्रमण गर्ने, नाकाबन्दी गर्ने र आन्तरिक द्वन्द्व बढाएर कमजोर पार्ने काममा अगाडि छ । अरु देशमा आक्रमण गर्नको निम्ति अमेरिका अनावश्यक निहुँ खोज्छ† नानाथरीको आरोप लगाउँछ । कहिले शान्ति सुरक्षा त कहिले मानव अधिकारको हवाला दिँदै सार्वभौम तथा स्वाधीन देशहरूमा आक्रमण गर्छ; हस्तक्षेप गर्छ र दबाब दिन्छ । इराकमा आक्रमण गर्न उसले आणविक हतियार सार्वजनिक गर्न दबाब दियो । तर, उसको चाहना इराकमा आणविक शक्ति कति छ भन्ने होइन त्यहाँको पेट्रोलियम पदार्थ हातमा लिनु हो । आखिर अमेरिकालगायत अन्य साम्राज्यवादी देशहरू मिलेर इराकमा हवाई, स्थल र जल युद्ध गरियो, त्यहाँका राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिएर सत्ता हत्याइयो । अफगानिस्तान, लिवियामा पनि त्यस्तै गरियो । अहिले अमेरिकाको ध्यान भेनेजुयलामा गएको छ । अमेरिका स्वाधीन तथा सार्वभौम देशहरूमा हस्तक्षेप गर्दै छ† आतङ्क र असुरक्षित बनाउँदै छ । यसकारण, संसारका न्यायप्रेमी जनता, दल र सरकारले अमेरिकी साम्राज्यवादी नीतिको विरोध गर्नुपर्छ ।
भेनेजुयलाले अमेरिकामा लागुपदार्थको तस्करी गरिरहेको ट्रम्प प्रशासनको अप्रमाणित आरोप छ । त्यही आरोपमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा आक्रमण गर्ने चेतावनी दिँदै छन् । अमेरिकाले विशेषतः साम्राज्यवादविरोधी देशलाई छानी छानी आक्रमण गर्ने गरेको छ । अमेरिकाको साम्राज्यवादी नीतिले संसारका मुलुक र मुलुकका जनता आक्रान्त र असुरक्षित छ । भेनेजुयलामाथि लागुपदार्थ कारोबार गर्ने निहुँ खोजेर देशको स्वाधीनता र सार्वभौम सत्तामा आक्रमण गर्ने चेतावनी त्यहाँका सरकार प्रमुखलाई सत्ताच्युत गर्ने प्रयास हो । यसअघि अमेरिकाले युक्रेनलाई सैन्य र हतियार सहयोग गरेर रुसविरुद्ध लड्न उत्साहित ग¥यो भने प्यालिस्टिनलाई ध्वस्त बनाउन र प्यालिस्टनी जनतामाथि नरसंहार गर्न इजरायललाई साथ दियो । यसरी साम्राज्यवादी देश अमेरिका संसारकै ‘आतङ्ककारी’ र ‘दादागिरी’ देश बन्दै छ । लागुऔषध रोक्ने निहुँमा अरु देशमाथि आक्रमण गरेर राष्ट्र प्रमुखलाई सत्ताच्युत गर्ने उसको उद्देश्य रहेको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । विश्वमा बदनाम हुँदै गएको अमेरिकाले आफ्नो साम्राज्यवादी नीति अहिले पनि रोकेको छैन ।
लागुऔषध कारोबार रोक्न होइन भेनेजुयला सरकारलाई सत्ताच्युत गराउन अमेरिकाले हमला गर्ने चेतावनी दिएकोमा शङ्का छैन । अमेरिका सशस्त्र आक्रमण गरेर देशको खरबौँ सम्पत्ति खर्च गर्न नपर्ने गरी शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गराउने खालको धम्की दिँदै छ । भेनेजुयलामा आक्रमण गरे ल्याटिन अमेरिकी देश र जनतामात्र होइन संसारकै न्यायप्रेमी र देशभक्त जनता अमेरिकाको विरोधमा जालान् भन्ने चिन्ता अमेरिकी प्रशासनलाई नभएको होइन । प्यालेस्टिन देश नै गायव गर्ने र प्यालेस्टिनी जनताको नरसंहार गर्न सहयोग गर्ने अमेरिकाको विश्वभरका जनताले निन्दा र विरोध गरेका थिए । त्यसको विरोध अमेरिकी जनताले पनि गरेका थिए । अमेरिकी प्रशासनले स्वाधीन तथा सार्वभौम देशमा जति आक्रमण, हमला गरे पनि, दबाब दिए पनि, ध्वस्त पारे पनि संयुक्त राष्ट्र सङ्घ मौन बस्नु हुँदैनथ्यो । संयुक्त राष्ट्र सङ्घले त्यसको विरोध मात्र होइन प्रतिवाद गर्नुपथ्र्यो; अमेरिकालाई आर्थिक नाकाबन्दी गर्नुपथ्र्यो । तर, विडम्बना ! संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बन्छ† अमेरिकाको उठबसमा बस्छ या अमेरिकी प्रशासनको अगाडि चुइँक्क बोल्दैन; बोल्ने आँट गर्दैन ।
अमेरिका प्रजातन्त्र, मानव अधिकार, शान्ति सुरक्षाको खोल ओढेर अप्रजातान्त्रिक पाइला चाल्छ; अमानवीय काम गर्छ; अशान्ति मच्चाउँछ र विश्वलाई असुरक्षित बनाउँछ । होइन भने लागुऔषधको नाउँमा कुनै देशमा आक्रमण गर्ने या धम्काएर सत्ताच्युत गर्ने षड्यन्त्र अमेरिका किन गर्छ ? संसारमा साम्राज्यवादी देशहरू भइरहेसम्म, साम्राज्यवादी नीति लिने देशहरू रहेसम्म संसारका जनता सुख र आनन्दपूर्वक बस्न पाउने छैनन्† सुरक्षित साथ बस्न पाउने छैनन् । यसकारण, साम्राज्यवादको अन्त गर्न संसारका स्वाधीन, देशभक्त र शान्तिप्रेमी जनता एकजुट हुनु आवश्यक छ । साम्राज्यवादविरोधी देशहरू एक ठाउँमा उभेर सशक्त विरोध गर्नु आवश्यक छ । आक्रमणकारी ट्रम्प र ट्रम्प प्रशासनको संसारका जनताले विरोध गर्नुपर्छ । साम्राज्यवादको अन्त भएपछि मात्र संसारका मुलुक सुरक्षित हुनेछन्† सन्तोषको सास फेरेर जीवन बिताउन पाउनेछन् । अतः साम्राज्यवादविरुद्ध संसारका जनताको एकमत हुनुपर्छ; एकमतका साथ विरोध गर्नुपर्छ । यसरी नै जनमत तयार हुँदै गएमा अमेरिकी साम्राज्यवादको बदनाम हुनेछ; अमेरिका एक्लिँदै जाने छ ।
Leave a Reply