भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा सीपमूलक तालिमहरूको निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा सीपमूलक तालिमहरूको निरीक्षण

भक्तपुर, ४ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार नगरपालिकाद्वारा सञ्चालित पाक शिक्षा तालिम र सिलाइ तालिमको स्थलगत निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा उहाँले हातमा सीप भएको व्यक्तिले कहिल्यै भोकै बस्न नपर्ने बताउँदै नगरवासीहरूलाई विभिन्न सीपमूलक तालिम दिएर आर्थिकरूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताउनुभयो ।
सीप सिकेर उद्यम गर्छु भन्नेका लागि नगरपालिकाले सहुलियत दरमा ऋण प्रदान गर्दै आएको बताउँदै उहाँले नेपालमै केही गर्न चाहने र विदेश जान चाहनेका लागि समेत सहज र सरल हुने बताउनुभयो । उहाँले आधारभूत तालिमपछि एड्भान्स तालिम पनि सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *