अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो,पोर्टबल र कसिमला पाँय् खेलको नतिजा खोखो खेल
- मंसिर २७, २०८२

भक्तपुर, ४ मङ्सिर । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा समसामयिक विषय र नयाँ पुस्ताको आन्दोलनबारे प्रवचन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले शासक दलहरू सबै मिलेर सरकारमा जाने, विश्वविद्यालयदेखि हरेक सङ्घसंस्थामा भागबन्डा गरी खाने र सत्ता पक्षलाई प्रतिपक्षले सशक्त ढङ्गबाट विरोध र सतर्क नगर्दा नयाँ पुस्ता (जेन–जी) ले विद्रोह र आन्दोलन गर्नुपरेको बताउनुभयो ।
उहाँले मानिस चेतनशील प्राणी भएकोले सामाजिक दायित्वमा बहन गर्नुपर्ने विचार व्यक्त गर्दै आफ्नो व्यवसाय र व्यक्तित्वमात्र विकास गर्नु भनेको पुँजीवादी विचार भएको बताउनुभयो ।
उहाँले चीनमा गरिबी उन्मूलन सम्भव भएको चर्चा गर्दै चीनले २०४० सम्ममा अमेरिकालाई पछारेर विश्वको धनी र शक्तिशाली राष्ट्र बन्ने सम्भावनालाई रोक्न अमेरिकाले अनेक जालझेल गरिरहेको बताउनुभयो ।
उहाँले सिद्धान्त र सङ्गठनबिना आन्दोलन र सङ्घर्ष बलिदानमा टुङ्गिने बताउँदै अध्ययनशील र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष एवम् भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले नेपालको सबभन्दा फोहर भनेर चिनिएको भक्तपुर एसियाकै सफा सहरको रूपमा विकास गर्न नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले योगदान गरेको बताउँदै नेमकिपा उम्मेदवारहरूले भक्तपुर नगरपालिकामा विजयसँगै सरसफाइ, शिक्षा, स्वास्थ्य र खेलकुदमा धेरै परिवर्तन भएको बताउनुभयो । उहाँले पर्यटन शुल्कबाट सम्पदा संरक्षण र सरसफाइ गरिरहेको बताउँदै मङ्सिर २५ गतेदेखि विद्यालयस्तरीय नगरव्यापी खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले नियमिति बैठक र बचत कार्यक्रमलाई सही सदुपयोग गरी सदस्यहरूलाई हरेक दृष्टिकोणले सक्षम बनाउन प्रत्येक महिनामा विशेषज्ञहरूबाट प्रवचन कार्यक्रम राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply