फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ६ मङ्सिर । सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि. कमलविनायक –१० को ११ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईले शासक दलहरू आफू सरकारमा नबसी निर्वाचन भएमा निर्वाचनमा पराजय हुने मानसिकता भएको उल्लेख गर्दै अहिले नेपालमा राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्दै अगाडि बढेको बताउनुभयो ।
उहाँले उपभोक्ता सहकारी समाज अहिलेको माग हो, स्वास्थ्यवर्धक, उपभोक्ता हित, सुलभ रूपमा सामग्री उपलब्ध गर्ने र भरपर्दो सेवा प्रदान गर्न सके समाजकै हित हुन्छ भन्नुभयो ।
उहाँले संस्थाले दिने सेवा चुस्तदुरुस्त हुनुपर्ने, छिटोछरितो, सस्तो र गुणस्तरीय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
आफू मात्र सबल, सक्षम र प्रगति हुने होइन नयाँ पुस्तालाई सँगै लिएर जानुपर्छ उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सरकारले गर्नुपर्ने उपभोक्ता पसलबाट दिइने सेवासुविधा यस संस्थाले प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले पनि विशेषगरी सरसफाइ, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकता दिई कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सहकारीको राम्रो पक्षसँगसँगै नराम्रो पक्ष पनि छायासरह आउने विचार व्यक्त गर्दै सहकारीका पदाधिकारीहरूमा नेतृत्वको सक्षमता, निःस्वार्थी भावना, सहकार्यको भावना हुनुपर्छ भन्नुभयो ।
मुटुरोग विशेषज्ञ डा. कृष्णकुमार कुशवाहाकले स्थानीय उत्पादनलाई सर्वसुलभ सहकारी संस्थाले सर्वसुलभ रूपमा वितरण र उपलब्ध गराउँदै आएकोमा खुसी व्यक्त गर्दै समाजमा स्वास्थ्यलाई विशेष ध्यान दिँदै मिसावटयुक्त खाद्य सामग्री बिक्री वितरणलाई निरुत्साहित गर्ने र स्वास्थ्यवर्धक खाद्य सामग्री वितरण गर्नुपर्ने कुरामा जोड दिनुभभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले संस्था स्थापना गर्न सजिलो तर निरन्तरता र दिगो राख्न गा¥हो हुने कुरा उल्लेख गर्दै संस्था दिगो राख्न सञ्चालकहरूका साथै सबै सदस्यहरूले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने कुरा बताउनुभयो ।
अर्का सल्लाहकार कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाहरू खोल्न सकिनेमध्ये उपभोक्ता सहकारी पनि एक हो† सर्वसुलभ उपभोक्ता सहकारी संस्था समाजमा व्याप्त कालोबजारी, मूल्यवृद्धिजस्ता कुरालाई निरुत्साहित गर्न सुरुवात गरेको हो भन्नुभयो ।
संस्थाका सल्लाहकार राजेन्द्र दुमरुले समूह र सहकारीबिच भिन्नता रहेको उल्लेख गर्दै समूहले निश्चित सदस्यहरूको उद्देश्य पूर्ति गर्ने र नाफा खोज्ने र सहकारीले आम सदस्यको विकासमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव गणेशराम मुस्याख्वले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नारायणमान वनमालाले आर्थिक वर्षको आयव्यय विवरण र आगामी वर्षको योजना प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक मिजरत्न शाक्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बद्रीप्रसाद माकले स्वागत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाको सभापतित्वमा भएको थियो । कार्यक्रमबाट सभामा प्रस्तुत विभिन्न प्रतिवेदनहरू सर्वसम्मतबाट पास गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, यस संस्थाबाट विभिन्न खाद्यवस्तु खरिदकर्तालाई संरक्षण पुँजी फिर्ता कोषको आधारमा १० जना सदस्यहरूलाई सम्मान स्वरुप ०.५ प्रतिशत नगद रकम फिर्ता, संस्थाका उत्कृष्ट कर्मचारी रोजिना ह्योङ्गजूलाई नगदसहित सम्मान गरिएको थियो ।
Leave a Reply