फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ६ मङ्सिर । जेन्युइन स्कूलको ३० औँ वार्षिकोत्सवको अवसरमा शिक्षा र शिक्षा क्षेत्रसँग सम्बन्धित बुद्धिजीवी, अभिभावक, विद्यार्थी र शिक्षकहरूको सहभागितामा कृत्रिम बुद्धिमत्तासम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भयो ।
‘कृत्रिम बुद्धिमत्ता र शिक्षामा यसको प्रभाव’ विषयक कार्यक्रममा एआईविज्ञ डा.दोभान राईले एआई र यसको शिक्षामा सम्बन्धका बारेमा आफ्नो प्रस्तुति राख्दै कृत्रिम बुद्धिमत्ताको प्रयोगकर्ताले सही र गलतबिचको दूरी आफ्नो ज्ञान क्षमताका आधारमा उपयोग गर्न सकिने तर पूर्णरूपमा एआईलाई विश्वास गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जति सूचना तथा तथ्य जानकारी दिइएको छ त्यसैअनुसार क्रिया हुने भएकोले अपुष्ट सूचना र अपूर्ण जानकारीहरू प्राप्त हुने धेरै खतराहरू हुन्छन् । एआईको असरभन्दा यसको प्रयोगका लागि सीमा तोकिएमा अवसरको साधन बन्न सक्छ ।”
विद्यालयस्तरका साना कक्षाहरूमा यसको प्रयोग गर्न आवश्यक नरहेको, उमेर र सङ्गत पनि नहुनाले यसमा हामी सबै सजग हुनु जरूरी छ, उहाँले भन्नुभयो ।
उच्च शिक्षा क्षेत्रमा विविध सूचना सङ्कलन र सोध खोजका लागि सन्दर्भ सामग्री र सहयोगी वातावरण तयार गर्न यसको प्रयोग गर्नसकिने धारणा उहाँले व्यक्त गर्नुभयो ।
उक्त अन्तरक्रियात्मक ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले सहजीकरण गर्दैे विश्वका धेरै राष्ट्रहरूले एआईमा गरेको लगानी र योजनाबाट नेपालले पनि सिक्नु जरूरी छ भन्नुभयो ।
अक्कल नहुनेले नक्कल गर्दा उत्पन्न हुने प्रसङ्गहरू जोड्दै उहाँले राष्ट्रिय स्तरबाट नै यससम्बन्धी ऐन र नियमन हुनु आवश्यक छ भन्नुभयो ।
उपस्थित शिक्षक, अभिभावकहरूले आजका बालबालिकाहरूमा एआईको प्रयोग, यसले दिने सूचना र व्यावहारिक बुझाइ र भविष्यमा आउन सक्ने चुनौतीका बारेमा आफ्ना जिज्ञासाहरू राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका निमित्त प्रिन्सिपल राजन धौभडेलले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै अन्य प्रविधि जस्तै एआईको पनि फाइदा र बेफाइदा हुने बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य विश्वबहादुर दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Leave a Reply