भर्खरै :

संरा अमेरिका–प्रजग कोरियाबीच निकै निकै उच्चस्तरीय वार्ता भइसकेको छ–ट्रम्प

संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संरा अमेरिका र प्रजग कोरियाबीच ‘निकै उच्च स्तर’मा प्रत्यक्ष वार्ता शुरु भइसकेको बताएका छन् ।
संरा अमेरिकी राज्य फ्लोरिडास्थित मार–अ–लागो रिसोर्टमा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग कुराकानीपश्चात बोल्दै ट्रम्पले संसारसमक्ष यो कुरा सार्वजनिक गरेका हुन् ।
‘हामीबीच निकै उच्च तहमा प्रत्यक्ष कुराकानी भइसकेको छ, निकै निकै उच्च तहमा ।’, ट्रम्पले प्रजग कोरियासँगको संवादको सन्दर्भमा भने ।
उनले आगामी मे वा जुनको शुरुतिर हुने तय भएको आफू र किम जङ उनबीचको बैठकका लागि पाँच वटा स्थानहरुको प्रस्ताव बनिसकेको समेत सार्वजनिक गरे ।
पत्रकारहरुले के ती स्थानहरु संरा अमेरिकाभित्रै हो भनी सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने,‘अहँ’
पछिल्ला महिनाहरुमा कोरिया प्रायःद्विपमा लामो समयदेखि चालु तनाव केही मत्थर भएको छ । सिओल र प्योङयाङबीच आगामी अप्रिलमा शिखर बैठक बस्ने टुंगो लागिसकेको छ । त्यो बैठक एघार पछि दुई देशबीच हुने पहिलो उच्चस्तरीय बैठक हुनेछ ।
आसन्न अन्तरकोरियाली शिखर बैठकबारे बोल्दै ट्रम्पले भने,‘युद्ध अन्त्य गर्ने बारे उनीहरुको छलफलमा मेरो आर्शिवाद छ ।’
सन् १९५०–५३ मा भएको कोरिया युद्धको सैन्य विराम मात्र भएको हो । कोरिया प्रायःद्विप सैद्धान्तिक रुपमा अझै युद्धकै अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *