क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
अप्रिल २३ को बिहानपख कारखानाको पालेले स्त्रोङ्गिनको लास भेटायो । लगत्तै यो खबर कारखानाभरि फैलियो । सबै मजदुरहरू आ–आफ्नो काम छोडेर लास भए ठाउँ जम्मा भए । कारखाना प्रशासनले तत्काल घटनाको छानबिन गर्नुपर्छ भनेर माग राखे । छानबिन गर्नुको सट्टा प्रशासनले प्रहरी पठायो । प्रहरीकै अगाडि स्त्रोङ्गिनको लुगाको खानतलासी लिइयो । उनको खल्तीमा एउटा पत्र भेटियो । पत्र पढेपछि म्यानेजरले त्यसलाई लुकाउन खोज्यो । मजदुरहरूले आपत्ति जनाए र त्यो पत्र सबैका अगाडि तुरुन्तै पढ्न भने । पत्रमा कारखानाका सहकर्मीहरूलाई सम्बोधन गरिएको थियो । पत्र यस्तो थियो :
“कामरेड, तपाईँहरूलाई लेखौँ कि नलेखौँ । तर, एक मनले लेख्नुपर्छ भन्छ ।… फोरमेनलाई मलाई चोरको आक्षेप लगायो । यो जुनी यही टुङ्ग्याउनुप¥यो । बिदा लिनुअघि तपाईँहरूलाई एउटै कुरा भन्छु । कामरेड, म निर्दोष छु । मेरो चेतना, मेरो मन, मेरो मजदुरे इमानदारीले यही भन्छ । तर, यो साबित गर्न मसँग कुनै सबुत छैन । फोरमेनले भिराएको चोरको बिल्ला टाँसेर म यो कारखानाबाहिर निस्किन सक्दिनँ । त्यसैले मैले यही जीवन टुङ्ग्याउने निधो गरेँ ।… अलबिदा प्यारा कामरेडहरू । सम्झिराख्नुहोला – म निर्दोष छु । याकोभ स्त्रोङ्गिन ।”
प्रशासनले टोकसोले मर्न लागेको एक कामरेडले लेखेको कुराले त्यहाँ जम्मा भएका मजदुर जमातको मन पोल्यो । केही मिनेट उनीहरू निःशब्द उभिए । त्यसपछि एउटा स्वर सुनियो, “टोपी खोलौँ कामरेडहरू ।” यसपछि क्रान्तिकारी अन्त्येष्टिका लागि मजदुर लस्कर समूहगान गाउँदै अघि बढ्यो । यत्तिकैमा स्त्रोङ्गिनको हत्यारा फोरमेन देखाप¥यो । मजदुरहरू चिच्याए – ‘सैतान’, ‘विश्वासघाती’, ‘जल्लाद’, ‘नर्क गएस् र कहिल्यै कारखानामा नदेखिएस्’ आदि । सबै मजदुरले शवलाई चिहानसम्म लगे ।
भोलिपल्ट बिहान काममा जाँदा उनीहरूले स्त्रोङ्गिनको मृत्युको लागि जिम्मेवार व्यक्तिलाई कारखानामै देखे । म्यानेजरले फोरमेनलाई व्यवस्थापन समितिले बर्खास्त गर्न नमानेको बतायो । यसपछि मजदुरहरूले एकाएक फोरमेनलाई कारखानाबाट निकाला नगरुञ्जेल हडताल गर्ने घोषणा गरे । कारखाना बन्द भयो । ‘नयाँ लेसनर’ कारखानामा काम गर्ने सबै मजदुर माग पूरा नहुँदासम्म काममा नजाने अठोटसाथ घर–घर फर्के ।
स्त्रोङ्गिनको अन्त्येष्टिमा ठुलो जुलुस निस्कियो । यस्तो बेला प्रहरी र मालिकहरूले जे गर्दै आएका थिए त्यही गरे । उनीहरूले मलामीको सङ्ख्या घटाउन भएभरको बल लगाए । अन्त्येष्टिको दिन र समयलाई भरसक अति गोप्य राखिएको थियो । तर, अन्त्येष्टि हुनुभन्दा एक दिनअघि नै ‘प्राभ्दा’ का सम्पादकहरू त्यो सूचना फुत्काइहाले । भोलिपल्ट हामीले त्यसबारे अघिल्लो पानामै खबर छाप्यौँ । तर, काम सुरु हुनुभन्दा अगाडि हाम्रो पत्रिका मजदुरहरूकहाँ पुग्न सकेन । सीमित मजदुरले मात्र अन्त्येष्टि बिहान ९ बजे सुरु हुने खबर पाए । तैपनि चिहानघाटमा १ हजारभन्दा बढी मजदुर भेला भएका थिए । ‘नयाँ लेसनर’ कारखानाका सबै मजदुर त्यहाँ दलबलसहित पुगेका थिए । अन्य कारखानाका प्रतिनिधिहरू पनि उपस्थित थिए । हतारहतार फूलमाला ल्याइयो । लेखोट छाप्नका लागि समय थिएन । चकले कालो रिबनमा र कोइलाले सेतो रिबनमा मृत्यु लेख लेखियो । त्यो लेखोट क्रान्तिकारी प्रकृतिको थियो । त्यसैले प्रहरीले तीमध्ये केही रिबन च्यातचुत पा¥यो । स्त्रोङ्गिनको शवसँगै हजारौँ मलामीको हुल चर्चको द्वारसम्म पुग्यो । यत्तिकैमा घोडचढी प्रहरीले अन्त्येष्टि प्रक्रियालाई बिचमै रोक्यो । उसले शवपेटिका र मृतकका केही नातेदारलाई मात्र भित्र पस्न दियो ।
संसदीय समूहको प्रतिनिधिको रूपमा मालिनोभ्स्की र मैले भित्र पस्ने बन्दोबस्त मिलाएका थियौँ । तर, कारखाना प्रशासनसँग मिलेर प्रहरीले हामीलाई बाहिरै राख्ने खेल खेले । कारखाना प्रशासनले हामीसँग शवलाई मित्रोफान्येभ्स्कोए चिहानमा लगेको भन्यो । यो सूचना गलत हो भन्ने थाहा पाएपछि हामीले पुनः कारखानामा फोन ग¥यौँ । फेरि पनि हामीलाई गलत सूचना दिइयो । गलत दिशामा घण्टौँसम्म भौतारिएपछि हामी अन्ततः प्रियोब्राजेन्स्कोए चिहानघर पुग्यौँ । हामी पुग्दासम्म प्रहरीले भीडलाई तितरबितर पारिसकेको रहेछ । हामीले शवपेटिकालाई जमिनमुनि गाडिसकिएको थाहा पायौँ । यसरी ठगिएका धेरै मजदुरले पछि हामीलाई लेसनरका मजदुरहरूप्रति समवेदना प्रकट गर्दै ‘प्राभ्दा’ लाई पत्र लेखे ।
मजदुरहरूले सुरु गरेको हडतालको विरोधमा कारखाना प्रशासनले सबै बुढाखाडा मजदुरहरूलाई कामबाट निकाला ग¥यो । यति नै बेला पुँजीवादी पत्रपत्रिकाले कारखानामा नयाँ मान्छे राख्नका लागि आवेदन दिन विज्ञापन छापे । तर, हडतालीहरू दृढतापूर्वक उभिए । हडताल तोड्ने प्रपञ्च खेर गयो । मजदुरहरू एकढिक्का थिए । अरू मजदुरको सहायताबेगर सङ्घर्षलाई लम्ब्याउन नसक्ने देखेपछि हडतालीहरूले सेन्ट पिटर्सबर्गका सम्पूर्ण मजदुरहरूसँग सहयोग मागे† सङ्घर्षमा हातेमालो गर्न भने ।
लगत्तै अर्को लेसनर कारखाना ‘पुरानो लेसनर’ का मजदुरहरूले हडताली कामरेडहरूतर्फ सहयोगी हात बढाए । अब दुवै लेसनर कारखाना एकढिक्का भएर उभियो । कारखाना प्रशासनका अगाडि कुनै बहानाबाजी बाँकी रहेन । ‘नयाँ लेसनर’ का लागि ‘पुरानो लेसनर’ बाट नयाँ मजदुर भर्ती गर्ने अवस्था नै रहेन । उसले आफूले लिइसकेको मालसामान उत्पादन गर्ने ठेक्का पूरा गर्न नसक्ने भयो । लिएको ठेक्का पूरा नगर्दा दण्डको भागिदार हुनुपथ्र्यो । ठुलो नोक्सानी हुने देखेरे मालिकहरू असाध्यै आत्तिए ।
कारखाना प्रशासनले आफूले लिएको ठेक्का (अर्डर) पूरा गर्न अन्य कारखानाको मद्दत लियो । उसले लुगाका बुट्टा, पूरा नभएका सामान र चित्र ती कारखानामा पठायो । प्रशासनले यो कुरा लुकाउन धेरै मिहिनेत गरेको थियो । तर, हडतालीहरू सुइँको पाइहाले । उनीहरूले सेन्ट पिटर्सबर्गका सम्पूर्ण धातु मजदुरहरूलाई यस्तो थपुवा काम बहिष्कार गर्न आह्वान गरे । सोही बमोजिम मजदुरहरूले सर्वसम्मत्तिले काम बहिष्कार गरे । लेसनर कारखानाको काम अन्य कारखानामा हुनै सकेन ।
थपुवा काम गर्न सबै मजदुरले अस्वीकार गरेको देख्दा, अन्य कारखानाबाट ऐक्यबद्धताका खबर पाएर हडतालीहरू उत्साहित भए । विजय हुने आशा बढेर गयो । हडताली कोषमा यति धेरै र नियमित रकम यसअघि कहिल्यै जम्मा भएको थिएन । धेरै स्थानमा त पटकपटक चन्दा सङ्कलन गरियो । मजदुरहरूले नियमित रूपमा आफ्नो ज्यालाका निश्चित प्रतिशत हडताली कोषमा दाखिला गरे । एउटा कारखानामा त ओभर टाइमबाट कमाइ हुने आधा रकम हडताली कोषमा जम्मा गर्ने सर्तमा काम गर्न भनियो । त्यो कारखानाका विवाहित मजदुरले लेसनर कारखानाका सकसमा परेका मजदुरका छोराछोरीलाई केही समय खाना खुवाइदिने प्रस्ताव राखे ।
सङ्घर्षको क्रममा करिब १८ हजार रुबल (रुसी रूपैयाँ) जम्मा भयो । हडतालको क्रममा जम्मा भएको यो अहिलेसम्मकै ठुलो रकम थियो । यो रकम पहिले हाम्रो संसदीय समूहलाई दिइयो । हामीले त्यसलाई हडतालले आहत मजदुरहरूबिच बाँडिदियौँ । यो हडताल रुसभरि प्रसिद्ध भयो । रुसका कुनाकाप्चाबाट मजदुरहरूले चन्दा पठाउन थाले । पूर्वी साइबेरिया जस्तो सुदूर इलाकाबाट पनि मजदुरले सहयोग पठाए । कोषको व्यवस्थापक म थिएँ । मकहाँ आउने चन्दाको एक–एक विवरण हामीले ‘प्राभ्दा’ पत्रिकामा छाप्यौँ । कति रकम कसले कहाँबाट पठायो भन्ने कुरा सबै पत्रिकामा छापिन्थ्यो ।
लेसनर कारखानाको सङ्घर्ष सन् १९१३ को मजदुर वर्गीय आन्दोलनको सबैभन्दा उल्लेखनीय घटना थियो । पार्टीले यसमा निकै चासो लियो । पार्टीले हर तवरले हडतालीहरूलाई सघायो । देशका धेरैभन्दा धेरै मजदुरकहाँ हडतालको खबर पु¥यायो । ‘प्राभ्दा’ ले सङ्घर्षको खबर दिनदिनै छाप्यो । अन्य मजदुरलाई सम्बोधन गरिने हडतालीहरूका पर्चा, टिपोट र चिठीपत्र समेत ‘प्राभ्दा’ मै छापिन्थ्यो ।
गर्मी यामभरि हडताल भइरह्यो । जून महिनाको सुरुतिर प्रहरीले हडताली नेताहरूलाई पक्राउ गर्न थाल्यो । यसरी उनीहरू मजदुरहरूको प्रतिरोधलाई भत्काउन चाहे । यसरी पक्राउ पर्ने मजदुर अगुवाहरूलाई प्रायः सेन्ट पिटर्सबर्गबाहिर पठाइन्थ्यो । उनीहरूलाई सरकारले तोकेका ५२ विशेष बस्तीहरूमा प्रवेश गर्न मनाही थियो । कारखाना प्रशासनले मजदुरहरूलाई निजी पत्र लेख्थ्यो र तिनलाई ‘पुरानै सर्तमा’ काममा फर्कन निम्तो दिन्थ्यो । तैपनि, मजदुरहरू सङ्घर्षमा डटिरहे ।
अन्त्यमा ६८ दिनपछि ‘पुरानो लेसनर’ का मजदुरहरू काममा फर्के । ‘नयाँ लेसनर’ मा थप दुई हप्ता (अगस्त १) सम्म हडताल चलिरह्यो । यसरी मजदुरहरू पूरै १०२ दिन हडतालमा रहे । पराजयमा टुङ्गिएको भए पनि यो हडताल मजदुर आन्दोलनको इतिहासमा निकै महत्वपूर्ण रह्यो । यसले मजदुरवर्गको नयाँ जमातलाई सङ्घर्षमा तान्यो । यसले सर्वहारा जनताबिच सङ्गठन र एकताको शक्ति कति हुँदो रहेछ भनेर व्यवहारमै देखाइदियो ।
लेसनरका मजदुरहरू हडतालमा छँदै नयाँ हडताल पनि सुरु हुँदै थिए । तिनलाई पनि हडताली कोषबाट सहयोग पुग्दै थियो । गर्मी याममा सामान्यतया आन्दोलनका गतिविधि बढ्थे । गर्मी याममा कारखानामा चोटा बैठक डाक्न अलि सजिलो हुन्थ्यो । गैरकानुनी बैठकको चाँजो मिलाउन सजिलो हुन्थ्यो । यस्ता बैठक प्रायः सहर आसपास वनजङ्गलमा डाकिन्थ्यो । यस्ता बैठकको गोप्यता रहन्थ्यो । हिउँदमा यसरी बैठक बस्न गाह्रो हुन्थ्यो ।
आन्दोलन उर्लिँदा जनतासँग हाम्रो समूह झन् घनिष्ट हुन्थ्यो । सदनको गर्मी सत्र टुङ्गियो । यो अन्तरालमा सांसदहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा फर्के । सेन्ट पिटर्सबर्गमा म मात्र बाँकी रहेँ । यो बेला मैले हामी ६ जनाले मिलेर गर्ने काम एक्लैले गर्नुपथ्र्यो ।
मजदुरहरूले मसँग अनेक प्रश्न गर्थे । मजदुरी बुझ्ने दिन मजदुरहरू हडताली कोषमा पैसा दाखिला गर्न मकहाँ आउँथे । त्यही बेला उनीहरू मसँग विभिन्न मुद्दा उठाइदिन अनुरोध गर्थे । पैसा लिएर आउने प्रत्येक मजदुरका अनेक काम हुन्थे । कसैका लागि मैले पासपोर्ट बनाइदिनुपथ्र्यो । सरकारले ‘गैरकानुनी’ घोषित गरेका कतिपय मजदुरका लागि लुक्ने गोप्य ठाउँ खोजिदिनुपथ्र्यो । हडतालमा सरकारले सताएका मजदुरका लागि काम खोजिदिनुपथ्र्यो । त्यस्तै, पक्राउ परेका मजदुरको पक्षमा रिहाइका लागि दर्खास्त लेखिदिनुपथ्र्यो । निर्वासनमा परेकाहरूका लागि सहयोगको बन्दोबस्त गर्नुपथ्र्यो । यस्तै काम हुन्थे । हडताल कमजोर भएको सङ्केत पाउनासाथ हडतालीहरूको मनोबल बढाउन आवश्यक कदम चाल्नुपथ्र्यो । तिनलाई सहयोगको जोहो गर्नुपथ्र्यो । तिनको पक्षमा पर्चा पम्पलेट छाप्न र पठाइदिन पथ्र्यो । यसका साथै मजदुरहरूले कतिपय घरायसी र निजी विषयमा पनि मसँग सरसल्लाह मागिरहन्थे ।
थोरै धेरै जति होस् म नजोडिएको कुनै पनि कारखाना थिएन पिटर्सबर्गमा । मेरा पाहुना प्रायः हुल बाँधेर आउँथे । त्यसैले सबै बस्नका लागि मेरो घर साँघुरो हुन्थ्यो । त्यसैले मसँग भेट्न उनीहरूले सिँढीमा लाम लागेर पालो पर्खनुपथ्र्यो । सङ्घर्ष चर्किँदै जाँदा, हडतालको सङ्ख्या थपिँदै जाँदा यो लाम लम्बिँदै जान्थ्यो । यसले मजदुर र तिनका सांसदबिच आत्मीयता बढिरहेको सङ्केत गथ्र्यो । साथै, यो जनताबिच सङ्गठन फैलिरहेको सङ्केत पनि थियो ।
Leave a Reply