भर्खरै :

जुम्ला र दैलेखमा नेमकिपाको जनतासँग भेटघाट जारी

जुम्ला र दैलेखमा नेमकिपाको जनतासँग भेटघाट जारी

जुम्ला, ८ मङ्सिर । जुम्लाको तिला गाउँपालिका वडा नं. ९ स्थित ढेपु गाउँमा सोमबार जनतासँग भेटघाट कार्यक्रम भयो ।
उक्त भेटघाट कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो ।
समाजमा परिवर्तनको निम्ति बहुमत जनता सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपा समाजवादी प्रचार अभियानमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा देश र जनताप्रति समर्पित छ । नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ । नेमकिपा कहिले पनि पैसा बाँडेर, झूटा आश्वासन दिएर राजनीति गर्दैन ।”
भेटघाटमा नेमकिपा जुम्लाका जिल्ला अध्यक्ष पूर्णलाल खत्री, नरबहादुर बुढा, पूर्णबहादुर राउतले नेमकिपाको इतिहासबारे जानकारी दिँदै विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो । स्थानीय जनताले नेमकिपाले सिद्धान्त र विचारको प्रशंसा गर्दै नेमकिपाको झन्डामुनि रहेर राजनीति गर्ने आश्वस्त पारेका थिए ।
त्यस्तै नेमकिपा दैलेखको आयोजनामा माथिल्लो डुङ्गेश्वरमा कार्यकर्ता भेटघाट सम्पन्न भयो ।
भेटघाटमा नेमकिपा केन्द्रीय सचिवालय सदस्य नन्दबहादुर शाहीले नेमकिपाले शासक पार्टीले जस्तो तोडफोड, आगलागीजस्ता अराजक कार्य गर्न कहिले पनि नसिकाएको बताउनुभयो । मानिसको व्यवहारमा सङ्गतले धेरै फरक पार्ने हुँदा सङ्गतमा कार्यकर्ताले ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोज गोसाईले २०४६ सालको आन्दोलनले जनताका केही हक अधिकार प्राप्त गरेको बताउनुभयो । पालिकाको नेतृत्व असल र इमानदार मानिसले गरे जस्तोसुकै काम पनि गर्न सकिने उहाँले बताउनुभयो । देशका युवाहरूलाई रोजगारी व्यवस्था गर्न तीन तहको सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपा दैलेखका संयोजक जगत ओलीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा सदस्यहरू बिन्दुलाल रेग्मी र हिरामणी न्यौपानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *