भर्खरै :

उठ जाग हे भोका नाङ्गा हो

  • मंसिर ९, २०८२
  • राजेश्वर देवकोटा
  • कविता
उठ जाग हे भोका नाङ्गा हो

उठ जाग हे भोका नाङ्गा
गरिब दुःखीहरू हो ।
सुन्दर संसारको रचना गरी
मुक्त पार हे मुक्तिकर्मी हो ।
अब रहने छैन परम्परा
साङलोलाई तोड जाग सबै श्रमिकहरू हो ।
नयाँ जगमा पृथ्वी उठ्नेछ
सारा संसार नै मुक्त पाउनेछ हे धर्मकर्मी हो ।
अब त अन्तिम युद्ध लड्नु छ
समाजवादको स्थापना गर्नु छ ।
देशलाई भ्रष्टाचारमुक्त समाज बनाउनु छ
अनिर्णयको बन्दीबाट फुकाउनु छ ।
उठ जाग हे भोका नाङ्गा
गरिब दुःखी हो ।
सुन्दर संसारको रचना गर्ने
हे मुक्तिकर्मी हो ।
अब त आफ्नै ठाउँमा डटौँ र लडौँ पनि
अपहेलित हुने छैनौ न्यायालयबाट पनि ।
ठुला शासक र लुटाहालाई कुल्चँदै
आ–आफ्ना कुसंस्कारलाई सुल्झाउँदै ।
मोटाएका भोका भालु र ब्वाँसालाई पछार्दै
भ्रष्टाचारीहरूलाई एकएक गरी लछार्दै ।
जागौँ आउ सबै श्रमिक वर्गहरू हो
देशको प्रगति चाहने सबै साहित्यकर्मी हो ।
उठ जाग हे भोका नाङ्गा गरिब दुःखी वर्गहरू हो ।
सुन्दर संसारको रचना गरी
मुक्त पारौँ हे मुक्तिकर्मी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *