भर्खरै :

देश बनाउने टोली कहाँ छ ?

देश बनाउने टोली कहाँ छ ?

महँगी,
बढ्यो भूकम्पमा
कोभिडमा झन बढ्यो
हिमपहिरोमा आकाशै छोयो
दशैंको मुखमा त
तीनसय प्रतिशत नै बढ्यो
खोइ,
देश बनाउने टोली कहाँ छ ?
के गर्दै छ ?
के दुई चार वर्षमै कोही नेता बन्छ ?
के जन्मनेबित्तिकै शिशु हिँड्छ ?
गन्तव्य नभएकाहरू
एक्सप्रेस कुदाउने कहाँ ?
देशै जलाउनेहरू
महँगी रोक्छौँ कसरी ?
(२०८३ मंसिर १)

Leave a Reply

Your email address will not be published. Required fields are marked *