भर्खरै :

के तिमी “निरङ्कुश राजा” हो ?

के तिमी “निरङ्कुश राजा” हो ?

२०८२ भदौ २४ गते बिहान
राजीनामा नदिने तिम्रो अडान
अपराह्न कसरी बदलियो ?
राष्ट्रपतिलाई भेटेर दिनुपर्ने
राजीनामा सेनालाई बुझाएर
तिमी कहाँ बेपत्ता भयौ ?
के तिमीले सहीदका जीवनी
दोहो¥याएर पढेको त्यसरी भाग्न हो ?

भदौ २६ गते तिमी कहाँ लुक्यौ ?
जनतालाई खबर किन छैन ?
संसद्मा जान नपर्ने गरी
प्रधानमन्त्रीको सिफारिस गर्ने
संविधानको कुन दफामा छ ?
के तिमी ‘निरङ्कुश राजा’ हो ?
मियो भएर बस्नुपर्ने तिमी
देश जलाइँदा कहाँ भाग्यौ ?
देश खरानी भइसक्यो
दमकल आपैmसँग भन्छौ कसरी ?
(२०८३ असोज २१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *