भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
दैलेख, ९ मङ्सिर । नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिको आयोजनामा सोमबार नगरस्तरीय भेला भयो ।
उक्त भेलामा सङ्गठन सुदृढीकरण, जनचेतना अभिवृद्धि र राजनीतिक सक्रियतासम्बन्धी विषयमा छलफल गरिएको थियो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य बखत थापाले देशी तथा विदेशी शक्तिहरू भारत, अमेरिका र युरोपियन युनियनले नेपालका नेताहरूलाई बदनाम गराउने र जनतामा राजनीतिप्रति वितृष्णा फैलाउन भूमिका खेलेको आरोप लगाउँदै सङ्गठन बलियो बनाउन अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जीवनका कठिन परिस्थितिले व्यक्तिलाई सङ्घर्षशील र लक्ष्यप्रति केन्द्रित बनाउने र ऐस आरामको जीन्दगीले मान्छे असफल बन्ने उहाँको भनाइ थियो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य विनोद विश्वकर्माले चुनाव जित्नुमात्रै पर्याप्त नभई सङ्गठनलाई चुस्त–दुरुस्त बनाएर एकढिक्का बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले साहित्यिक गतिविधि, गीत–सङ्गीतजस्ता सांस्कृतिक माध्यममार्फत जनतामा जनचेतना फैलाउन सकिने सुझाव दिनुभएको थियो ।
नेमकिपा कर्णाली प्रदेश समितिका लालबहादुर थापाले कर्णाली प्रदेश प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै सत्तासीन राजनीतिक दलहरूको बेवास्ताका कारण विकासमा प्रदेश पछाडि परेको उल्लेख गर्नुभयो । युवाहरूले अध्ययनमार्फत जनतालाई राजनीतिक रूपमा सचेत र सङ्गठित बनाउनुपर्ने उहाँको धारणा थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य प्रज्वल खत्रीले भदौ २३ र २४ को जेन–जी आन्दोलन, त्यसको परिणाम तथा राजनीतिक चेत अभावका कारण देखिएको वर्तमान अवस्थाबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगर समितिका उपाध्यक्ष कृष्ण बडुवालले गर्नुभएको थियो । भेलाका सभापति एवं आठबीस नगर समितिका अध्यक्ष जया बडुवालले नगरका हरेक गतिविधिहरू सदैव जनपक्षीय हुनुपर्नेमा जोड दिँदै जनविरोधी गतिविधिको भण्डाफोर गर्दै निरन्तर आन्दोलन चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नगरस्तरीय भेलाले वडास्तरीय संरचनाहरू सक्रिय बनाउँदै सङ्गठनलाई अझ प्रभावकारी, चुस्त र योजनाबद्ध रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ ।
Leave a Reply