भर्खरै :

नेमकिपाका कार्यकर्ताहरू मालापानी र राँसा गाउँमा

नेमकिपाका कार्यकर्ताहरू मालापानी र राँसा गाउँमा

जुम्ला, ९ मङ्सिर । नेमकिपाले जनतालाई समाजवादी शिक्षा दिँदै राजनीतिक र वैचारिकरूपले सचेत पार्ने कामलाई निरन्तरता दिँदै छ । जनताको घर आँगन, बस्तीमा पुगेर राजनीतिक चेतना जगाउने काम तिला गाउँपालिकाको वडा नं. ९ स्थित मालापानी गाउँमा पनि भयो ।
उक्त भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको उल्लेख गर्दै देशमा बहुमत जनताको सेवा गर्न आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेटघाटको क्रममा स्थानीय जनताले नेमकिपाको झन्डामुनि लागेर साथ दिने वचन दिए ।
यस्तै भेटघाट राँसा गाउँमा पनि भयो । केन्द्रीय सदस्य काफ्लेले गरिब जनताको दुःख बुझ्ने र गरिबवर्गको सेवा गर्ने नेमकिपालाई विश्वास गर्न आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य काफ्लेको नेतृत्वमा रहेको टोलीले राँसा आधारभूत विद्यालयमा पुगी विद्यालयको स्थितिबारे बुझ्ने काम ग¥यो ।
विद्यालयमा आवश्यक दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र गाउँले जनताको सहयोगले विद्यालय चलिरहेको स्रोतले बतायो ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर राउतका अनुसार विद्यालयमा ३ सय विद्यार्थी भए पनि सोअनुसार दरबन्दी नभएको गुनासो पोख्नुभएको पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *