भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ९ मङ्सिर । नगर शिक्षा समिति भक्तपुरले मङ्गलबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालन, समन्वय तथा आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिका शिक्षा ऐन २०७४ को परिच्छेद ६ दफा १५ बमोजिम भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको अध्यक्षतामा सात सदस्यीय परीक्षा समिति २०८२ गठन ग¥यो ।
उक्त समितिमा अध्यक्षमा योगेन्द्रमान बिजुक्छेँ, सदस्यहरूमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा परीक्षा समितिका चक्रबहादुर चाकतु, सामुदायिक माध्यमिक विद्यालय, सामूहिक परीक्षा समितिका राम हाडा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का शिवकुमार कोजु र संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का बदनकेशरी प्रजापति रहनुभएको छ ।
समिति गठनपश्चात् नगर प्रमुख सुनिल प्रजापतिले सम्पूर्ण पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो भने नगरपालिकाले सञ्चालन गर्ने परीक्षालाई स्वच्छ, मर्यादित एवम् अनुशासितरूपमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।
Leave a Reply