सामूहिक बचत तथा ऋण सहकारीको २८ औँ वार्षिक साधारणसभा सम्पन्न
- आश्विन ३, २०८३
भक्तपुर, ९ मङ्सिर । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजनामा एघारौँ उद्योग दिवस २०८२ को उपलक्ष्यमा प्रभातफेरी तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम मङ्गलबार दत्तात्रयमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जी.के. पोल्ट्री फार्मका शिशिर किसी, गुण सेरामिक्स उद्योगका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई सम्मानित गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले घरेलु तथा साना उद्योगहरू देशकै महत्वपूर्ण व्यवसायको रूपमा रहेको चर्चा गर्दै देशको अर्थतन्त्रमा घरेलु उद्योगले महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो ।
विदेशी सामान आयातले घरेलु उद्योगहरूमा प्रत्यक्ष असर परिरहेकोमा चिन्ता गर्दै उहाँले भक्तपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी नगरवासीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्दै आएको बताउनुभयो ।
अन्तरिम सरकारले भ्रष्टाचारीलाई कारबाही र प्रतिनिधिसभाको चुनाव शान्तिपूर्ण, मर्यादित र धाँधलीरहित तरिकाले सम्पन्न गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै उहाँले सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लाने नीतिगत निर्णय गरी देशको अर्थतन्त्रमा दीर्घकालीन असर पुग्ने काम भएको स्पष्ट पार्नुभयो ।
घरेलु सामानहरूको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले भक्तपुर नगरपालिकाले बेरोजगार र आर्थिक रूपले कमजोर तथा विपन्न युवाहरूलाई युवा उद्यमशीलता प्रवद्र्धन ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले उद्योग दिवसको अवसरमा गरिएको उद्यमी सम्मानले उद्यमीहरूलाई थप हौसला प्रदान गर्ने बताउँदै भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले ‘गो लोकल’ कार्यक्रम सञ्चालन गरी भक्तपुरका १५ वटा वस्तुहरूको उत्पादनलाई सूचिकृत गरी प्रवद्र्धन गर्दै आएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घ अध्यक्ष रोशनीकुमारी श्रेष्ठले नेपाल सरकारले उद्यमीहरूको लागि प्रोत्साहनस्वरूप स्टार्ट अप उद्यम कर्जा र महिला उद्यमीको लागि बिनाधितो कर्जा उपलब्ध गराइरहेको बताउँदै मुलुकको आर्थिक विकासमा उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । देशलाई आत्मनिर्भर बनाउन नयाँ–नयाँ उद्योगहरू सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर च्याम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले लोपोन्मुख भक्तपुरका पेसा व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै स्थानीय स्तरमा रोजगारी अभिवृद्धि हुने किसिमका गतिविधिहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सम्मानित उद्योगीहरूलाई बधाईज्ञापन गर्दै उद्योग तथा वाणिज्य कार्यालयले उद्यमीहरूलाई लक्षित नीति नियम बनाउनुका साथै विभिन्न सीपमूलक तालिमहरू सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
Leave a Reply