“शासकहरूको सामन्तवादी सोचकै कारण ख्वप विश्वविद्यालयले सम्बन्धन नपाएको हो”
- मंसिर २७, २०८२

भक्तपुर, १० मङ्सिर । वागीश्वरी कलेजको १३ औँ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको पहिलो कलेज सभा छुट्टाछुट्टै रूपमा बुधबार सम्पन्न भयो । दुवै सभाको सभापतित्व कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
सभामा प्रमुख प्रजापतिले निकै कठिन अवस्थाबाट गुज्रँदै वागीश्वरी कलेजले हालसम्म गरेको प्रगति हामी भक्तपुरवासीहरूकै लागि गौरव गर्नलायक भएको बताउनुभयो ।
दुवै कलेजले गरेको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरूको सहयोग सदा स्मरणीय रहने बताउँदै उहाँले वागीश्वरी कलेजको विधान संशोधन र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको नयाँ व्यवस्थापन समिति गठनमा दिएको सहमतिप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
सभामा विशेष अतिथि वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले देश वर्तमान नाजुक अवस्थामा पुग्नुको सम्पूर्ण दोष शासक दलका पार्टी र त्यसका नेताहरू मात्र नभर्ई प्राध्यापक, बुद्धिजीवी पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
नयाँ पुस्तालाई पनि देश, समाज र जनताप्रति जिम्मेवार बनाउने प्रयास गर्न आग्रह गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सोच साकार पार्न दुवै वागीश्वरी कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
सभामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कलेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासद्हरूले प्रस्तुत प्रतिवेदनमाथि टीकाटिप्पणी गर्नुभएको थियो । प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।
Leave a Reply