कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न
- मंसिर २५, २०८२

पाम बीच (अमेरिका), १२ मङ्सिर (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भेनेजुयलाबाट हुने लागुऔषध तस्करी रोक्ने आफ्नो अभियान’ अन्तर्गत ‘भूमिबाट’ प्रत्यक्ष कारबाही चाँडै सुरू हुने घोषणा गरेपछि भेनेजुयलासँगको कूटनीतिक तनाव अझै बढेको छ । भेनेजुयाली सरकारले अमेरिकाको यो कारबाहीलाई शासन परिवर्तनको उद्देश्य भएको भन्दै विरोध र निन्दा गर्दै आएको छ ।
थ्याङ्कसगिभिङ होलिडेको अवसरमा तैनाथ अमेरिकी सैनिकहरूसँग गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले ‘साउदर्न स्पियर’ नामक लागुऔषध विरोधी अभियानमा संलग्न अमेरिकी बलको प्रशंसा गर्दै पछिल्ला हप्तामा भेनेजुयलाका तस्करहरूलाई रोक्ने कारवाही तीव्र रहेको उल्लेख गरे । यद्यपि उनले कुन कारबाहीलाई स्पष्ट रूपमा जनाएका हुन् भन्ने स्पष्ट खुलाएनन् ।
अमेरिकी सेनाले हालै क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा लागेको भन्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा गुड्ने डुङ्गाहरूमा हवाई आक्रमण गरी कम्तीमा ८३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यससँगै अमेरिकाले बी–५२ र बी–१बी बमवर्षक विमानहरू भेनेजुयलाको तट नजिक उडाउनुका साथै हवाई शक्ति प्रदर्शनसमेत तीव्र पारेको छ ।
राष्ट्रपति ट्रम्पले समुद्रमार्फत लागुऔषध तस्करी ‘करिब ८५ प्रतिशत नियन्त्रणमा आइसकेको’ दाबी गर्दै अब ‘भूमिबाट थप कडा निगरानी र रोकथाम चाँडै सुरू हुने’ बताए ।
भेनेजुयलासँग बढ्दो कूटनीतिक तनाव
भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस मदुरोविरूद्ध वासिङटनले पछिल्ला दिनमा दबाब बढाउँदै आएको छ । अमेरिकी प्रशासनले भेनेजुयलाको एक कथित लागुऔषध गिरोहलाई विदेशी आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको भने अमेरिकी उच्च सैन्य अधिकारीहरूको क्षेत्रीय यात्रा र सैनिक शक्तिको परिचालन पनि बढाइएको छ ।
थ्याङ्कसगिभिङ होलिडेमा रक्षामन्त्री पिट हेग्सेथले विमानवाहक जहाजमा बसेर सैनिकहरूलाई भेटेर ‘गिरोहविरूद्धको प्रयास’ मा कृतज्ञता प्रकट गरेको पेन्टागनले प्रकाशित भिडियोमा देखिएको छ ।
उडान यातायातमा ठुलो अवरोध
बढ्दो तनावका कारण भेनेजुयलातर्फका अन्तर्राष्ट्रिय उडानहरूमा ठुलो असर पर्न थालेको छ । अमेरिकी एफएएले ‘सुरक्षा जोखिम’ भन्दै चेतावनी जारी गरेपछि स्पेन, पोर्चुगल, चिली, ब्राजिललगायतका देशका प्रमुख विमान कम्पनीहरूले भेनेजुयलाका उडानहरू स्थगित गरेका छन् ।
यसको जवाफमा भेनेजुयलाको उड्डयन प्राधिकरणले ती एयरलाइन्सहरूलाई ‘संयुक्त राज्य अमेरिकाले प्रवद्र्धन गरेको राज्य आतङ्कवादको कारबाहीमा सहभागी’ भएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
स्पेनिस एयरलाइन्स आइबेरियाले ‘पूर्ण सुरक्षा सुनिश्चित भएपछि मात्र उडान पुनः सुरू गर्ने’ भन्दै हाल भेनेजुयलामा उडान गर्नु उच्च जोखिम भएको उल्लेख गरेको छ ।
उडान स्थगनका कारण भेनेजुयलामा मात्रै करिब आठ हजारभन्दा बढी यात्रु प्रभावित भएको बताइन्छ । स्थानीय केही कम्पनीले सीमित उडान सेवा भने सञ्चालन गरिरहेका छन् ।
Leave a Reply