नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
काठमाडौँ, १४ मङ्सिर । ‘राजनीतिमा पूर्वप्रहरी’, ‘नेता हुने रहर कि शक्तिमोह ?’
समाचारले थप लेख्छ – प्रहरी सङ्गठनमा रहँदा बढुवाको लागि राजनैतिक दलको फेरो समात्नेहरू अहिले राजनीतिमा लागेका छन् (नागरिक, १३ मङ्सिर, २०८२) । ती हुन् – सर्वेन्द्र खनाल – पूर्वआईजीपी, विश्वराज पोखरेल – पूर्वआईजी, नवराज सिलवाल – पूर्वडीआईजी, रमेश खरेल – पूर्वडीआईजी र छानेका दलहरू क्रमशः समुन्नत नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाल सुशासन र रास्वपा अहिले मौन ।
चिन्तनको हिसाबले माथिका सबै पूर्वसुरक्षा अधिकारीहरू आफ्नो पेसासँग सम्बन्धित अध्ययन र तालिममा अब्बल नै होलान् । उनीहरूले सेवामा समय बिताए । तर, समाज र राज्य व्यवस्था निश्चय पनि जटिल छ । आफ्नो विषयबाहेक समाजलाई काम लाग्ने विषय नागरिकशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र आदिबारे कुनै एक दुई विषयमा अध्ययन पनि सबैले गरेकै हुन्छन् । तर, विडम्बनाको विषय हो, राजनीतिशास्त्रमा विद्यावारिधि गरेका प्राध्यापकहरूमध्ये एक दुई जनाले संयुक्त राष्ट्र सङ्घमा चीन सदस्य नभएको हुनाले जनवादी गणतन्त्र चीन ‘एउटा राज्य’ होइन भनी पढाउँदा विद्यार्थीहरूले विरोध गरेका थिए । कहिलेकाहीँ राजनीतिक दलहरूको गलत प्रभावको कारण जानकारहरूले समेत ‘राज्यको उत्पतिको सिद्धान्त’ र ‘राज्यका तत्वहरू’ जस्ता प्रारम्भिक विषयमा समेत जथाभावी नयाँ पुस्तालाई गलत सन्देश दिने गर्थे ।
यसकारण, पञ्चायत व्यवस्था अन्त्यपछि बहुदलीय व्यवस्थालाई माथिल्ला ओहोदाका व्यक्तिहरूले आफ्नो पुरानै विचारको कारण नकारात्मक भावना राखेका थिए । त्यस्तो बेलामा कसैलाई जबरजस्ती निश्चित राजनीतिक प्रणाली स्वीकार गर्न लगाउनु खोटपूर्ण हुने गर्छ । त्यसको उपाय नै सरकारमा विपरीत दल पुग्नासाथै नयाँ दलसँग सहमत नभएका माथिल्ला कर्मचारीहरूले राजीनामा दिन्छन् वा ‘स्वाइल सिस्टम’ भनिने परम्पराअनुसार सबै माथिल्ला कर्मचारीहरू हट्छन् वा हटाउने गर्छन् । एमालेका भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा आजका अर्थमन्त्री रामेश्वर खनालले माथिल्लो पदमा रहेकाले राजीनामा दिएर बाहिरिएका थिए । त्यो उचित थियो तर रामेश्वर खनालले आज मन्त्री भएर युरो – ३ को मापदण्डलाई ऐन–नियमविपरीत सवारी साधन आयात गर्न दिएकोमा तल्ला कर्मचारीहरूसमेत असन्तुष्ट छन् । निजी क्षेत्रलाई सहयोग गर्ने नाममा निहित स्वार्थ हेरेको घामजतिकै प्रस्ट छ ।
पूर्वप्रहरी, आईजी र एआईजीहरू आपसमा प्रतिस्पर्धी हुँदा शक्तिको प्रयोग हुने सम्भावनाले पनि कुनै अर्को शक्ति केन्द्रको खेमामा जानुपर्ने स्थिति आउन दिनु उचित होइन । यसले पनि थाहा हुन्छ सत्तामा बस्नेहरूको असहिष्णु, बदला लिने गलत–प्रवृत्ति र सामन्ती संस्कारलाई समाजको तल्लो तहदेखि नै फेर्नु आवश्यक छ । ‘रहर र शक्तिमोह’ नभई सुरक्षा खोजेको पनि हुनसक्ने सम्भावना रहन्छ । यस्तो अवस्था सदा रहनु समाजको निम्ति हितकर हुँदैन । यसकारण, कोही प्राध्यापक बन्ने व्यक्तित्वका होलान्, कसैलाई प्रज्ञा प्रतिष्ठानमा लानुपर्ने होला, यसबारे अब आउने सरकारहरूले सोच्न सके देश र जनताको भलो हुनेछ । रुसको १९१७ अक्टोबर क्रान्तिपछि जारको सरकारको बेलामा एक सैनिक अफिसर जुकोभ सोभियत सङ्घको लालसेनाको कमान्डर इन चिफ भएका थिए ।
Leave a Reply