क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
मेरो प्रतिवेदनको काँटछाँट गरिएको संस्करणमा ‘सेन्ट पिटर्सबर्ग समितिको कार्यकारी आयोगका सदस्य’ को हस्ताक्षर थियो । हाम्रो सम्पादित प्रतिवेदन (विदेशमा प्रकाशित हुने) पार्टीको केन्द्रीय मुखपत्र ‘सोत्सियल डेमोक्रात’ को डिसेम्बर अंकमा प्रकाशित भयो । प्रकाशित अंशमा सेन्ट पिटर्सबर्गका सङ्गठनहरूको ढाँचा र सेन्ट पिटर्सबर्ग समितिका गतिविधिको चर्चा थियो :
“सेन्ट पिटर्सबर्ग जिल्लाका सम्पूर्ण गतिविधि अहिले सेन्ट पिटर्सबर्ग समितिको नियन्त्रणमा छ । यो समितिले गएको शरद ऋतुमा काम गर्न थालेको हो । समितिले सम्पूर्ण कलकारखानासँग सम्पर्क राख्छ र यसैकारण यहाँ हुने सम्पूर्ण घटनाक्रमबारे अवगत छ । जिल्लाको सङ्गठन यसप्रकार छ : पार्टी सदस्यहरूले कारखानाहरूभित्र विभिन्न ज्यासलहरूमा गएर पार्टीका ससाना समिति (केन्द्र) गठन गर्छन् । यी समितिका प्रतिनिधि मिलेर कारखाना समिति गठन गर्छन् । (साना कारखानाको हकमा प्रारम्भिक समिति नै कारखाना समिति हुन्छ ।) प्रत्येक कारखाना समिति अथवा ठुला कारखानाको हकमा ज्यासल समितिले एकजना चन्दा सङ्कलक खटाउँछ । ती सङ्कलकले प्रतिनिधि चन्दा जम्मा गर्दै जान्छन् । उनीहरूले पत्रपत्रिका, पुस्तक आदि पनि जम्मा गर्छन् । त्यस्तै, जुन संस्थाको लागि चन्दा सङ्कलन गरिएको हो ती संस्थामा गएर बुझ्नका लागि अर्का सङ्कलकलाई खटाइन्छ । यिनको काम बुझाउनुपर्ने स्थानमा सही रकम गए÷नगएको हेर्ने हुन्छ । यसरी चन्दामा हिनामिना हुने सम्भावना नै रहँदैन ।
प्रत्येक जिल्ला समितिले गोप्य मतदानबाट तीन सदस्यीय कार्यकारी आयोग निर्वाचित गर्छ । जिल्ला समितिका सबैलाई कार्यकारी आयोगमा कोको छन् भन्ने थाहा नदिन विशेष होसियारी अपनाइन्छ ।
जिल्ला कार्यकारी आयोगहरूले सेन्ट पिटर्सबर्ग समितिमा प्रतिनिधि पठाउँछन् । यहाँ पनि जिल्ला समितिका सबैलाई यो आयोगबारे थाहा हुँदैन । सेन्ट पिटर्सबर्ग समितिले समेत एउटा तीन सदस्यीय कार्यकारी आयोग निर्वाचित गर्छ । कहिलेकाहीँ कुरा गोप्य राख्न प्रतिनिधिलाई जिल्ला आयोगले छनोट गर्नु सही हुँदैनथ्यो । यस्तो बेला यसको जिम्मा सेन्ट पिटर्सबर्ग समितिलाई दिइन्थ्यो ।
यस्तो प्रणालीका कारण गुप्त प्रहरीलाई सेन्ट पिटर्सबर्ग समितिमा कोको छ भन्ने पत्ता लगाउन गा¥हो पर्छ । यसरी सेन्ट पिटर्सबर्ग समितिलाई काम गर्न अलि सजिलो पर्छ । समितिले सङ्गठनका विभिन्न गतिविधिमा मार्गदर्शन गर्ने, राजनीतिक हडताल घोषणा गर्ने आदि गर्छ ।
सेन्ट पिटर्सबर्ग समितिलाई मजदुरहरूले धेरै सम्मान गर्छन् । हरेक गतिविधिमा उनीहरू यो समितिको मार्गदर्शन लिन खोज्छन् र यसले दिएको निर्देशन पालन गर्छन् । समितिले बेलाबेला जारी गर्ने पर्चामा विशेष ध्यान दिइन्छ ।
राजनीतिक हडतालको हकमा सेन्ट पिटर्सबर्गका ट्रेड युनियनहरूले आफूखुसी नगरी सेन्ट पिटर्सबर्ग (पार्टी) समितिको निर्देशनमा मात्र आह्वान गर्ने निर्णय गरेका छन् । जनवरी ९, अप्रिल ४ र मे १ का (राजनीतिक) हडताल समितिकै आह्वानमा भएका थिए । ‘प्राभ्दा’ पत्रिकामाथि भएको दमन देखेर मजदुरहरू अत्यन्त आक्रोशित भए । उनीहरूले हडताल गर्न चाहे । तर, समितिले पहिले राम्रो तयारी गर्नुपर्ने आवश्यकता देख्यो । त्यसैले समितिले जनतालाई बुझाउने गरी एउटा पर्चा जारी ग¥यो । केही दिनभित्रै अर्को पत्रिका निस्कियो । त्यसमा मजदुरहरूले ‘प्राभ्दा’ कै नीति पाए । यसकारण, उनीहरू आश्वस्त भए । हडताल गर्ने कुनै अपिल गरिएको थिएन । तैपनि, करिब ३० हजार मजदुरले काम छोडे ।
पर्चाहरू निकै महत्वपूर्ण ठहरिए । (पार्टी) समिति प्रकाशन र वितरणको आफ्नो संयन्त्र खोटरहित बनाउनमा समर्पित भयो । समितिमा सबैजसो मजदुर छन् । हामी आफै पर्चा लेख्छौँ र त्यसलाई सच्याउनका लागि बुद्धिजीवी पाउनै मुस्किल हुन्छ ।
सेन्ट पिटर्सबर्गमा हुने राजनीतिक हडतालहरूले सङ्गठनलाई अप्ठ्यारोमा पारेका छैनन् बरु बलियो नै बनाएका छन् । राजनीतिक हडताल अभियानका दृष्टिले सेन्ट पिटर्सबर्गको सङ्गठन पुनर्जीवित, सबल भएको छ र थप फस्टाउँदै छ भनी ठोकुवा गर्नु बढाइचढाइ नहोला । (मेन्शेभिक) विघटनकारीहरू ‘हडताली ज्वरो’ भन्दै छन् । यसबाट तिनीहरू मजदुरहरूका सङ्घसङ्गठन तथा जनजीवनबाट एकदम टाढा छन् भन्ने पुष्टि हुन्छ । मजदुरहरूको अवस्था कस्तो छ भन्ने बुझ्न उनीहरू पूर्णतः असमर्थ छन् । सेन्ट पिटर्सबर्गको मजदुर वर्गीय आन्दोलनको केन्द्रमा रहेर हामीले हर क्षेत्रमा मजदुर शक्ति बढिरहेको, मुखर भइरहेको र यसले अन्य सबथोकलाई बढार्दै लगिरहेको महसुस गर्छौँ ।
क्राको सम्मेलनका निर्णय र प्रस्तावहरू सबै कलकारखानाका मजदुरले अध्ययन गरे । हाम्रो समग्र सङ्गठनका सम्पूर्ण गतिविधि सोही भावनाअनुरूप सञ्चालित भए । ती निर्णय र प्रस्ताव व्यवहारमा सही साबित भए । गतिविधिमा सक्रिय भएर मैले सदैव हाम्रो नीति सही भएको महसुस गरिरहेँ । (मेन्शेभिक) विघटनकारीहरूसँग बिरलै मात्र भेटियो । तिनीहरूको बारेमा बिरलै सुनियो । यो देखेर सुरुमा आश्चर्य पनि लाग्यो । तर, पछि धातु मजदुरहरूको एउटा बैठकमा मैले के पाएँ भने सेन्ट पिटर्सबर्गमा उनीहरूको उपस्थिति लगभग शून्य छ ।”
कामरेड एभी शटमानले सेन्ट पिटर्सबर्ग समितिका गतिविधिबारे पुरक रिपोर्ट दिनुभयो । त्यसमा केही घटनावली थपिएको थियो ।
स्थानीय प्रतिवेदनहरूलाई सूचनाको रूपमा लिइयो । त्यसका सम्बन्धमा कुनै निर्णय लिइएन । तर, तिनले पार्टीको अवस्था झल्काउने काम गरे । यसले गर्दा सम्मेलनलाई आम समस्याहरूमा केन्द्रित हुन सघाउ पुग्यो ।
स्थानीय प्रतिवेदनहरूको सार निकालेपछि तुरुन्तै लेनिनले केन्द्रीय समितिको प्रतिवेदन पढ्नुभयो । क्रान्तिकारी आन्दोलनको विकास र पार्टी गतिविधिको सफलताले सन् १९१२ को जनवरीमा सम्पन्न प्राग सम्मेलनमा बोल्शेभिकहरूले लिएको नीतिलाई सही साबित गरेको बताउनुभयो । प्राग सम्मेलनमा नयाँ केन्द्रीय समिति गठन भएको थियो ।
संसदीय निर्वाचनको सिलसिला, पत्रिकाको सफल सुरुआत र उच्च स्तरको हडताल आन्दोलन सबै पार्टी गतिविधिका परिणाम थिए । यी सबै गतिविधि बोल्शेभिक केन्द्रीय समितिको निर्देशनमा भएका थिए । लेनिनले घोषणा गर्नुभयो, “हामी भन्न सक्छौँ, आफूले लिएको जिम्मेवारी हामीले पूरा गरेका छौँ । स्थानीय प्रतिवेदनहरूले मजदुरहरू आआफ्नो सङ्गठन निर्माण गर्न र त्यसलाई सबल पार्न सक्रिय र उत्सुक भइरहेको देखाउँछन् । मजदुरहरूले बुझून्, यो काम उनीहरूले बाहेक अरुले गर्न सक्दैन ।”
क्रुप्स्कायाले केन्द्रीय समितिका गतिविधिहरूको प्राविधिक पाटोबारे बताउनुभयो । उहाँले देशका महत्वपूर्ण सहरका स्थानीय समितिका प्रतिनिधिहरूसँग भएका पत्राचार, सम्पर्क तथा प्रत्यक्ष भेटघाटबारे प्रस्ट पार्नुभयो । जिनोभित् हामी ‘६ बोल्शेभिकहरू’ का क्रियाकलापको परिणामबारे बोल्नुभयो ।
प्रतिवेदनको चरणपछि सम्मेलनमा अन्य विषयमा छलफल सुरु भयो । झन्डै दुई हप्तासम्म सघन छलफल भयो र आगामी दिनका लागि पार्टीको कार्यदिशाको खाका तयार भयो । सम्मेलनले पुनः एकपल्ट मजदुरवर्गको सङ्घर्षले जोड दिनुपर्ने प्रमुख नारा दोहो¥यायो – ‘लोकतान्त्रिक गणतन्त्र’, ‘जमिनदारहरूको भूमि अधिग्रहण’ र ‘आठघण्टे कार्यावधि’ । प्रत्येक राजनीतिक हडतालमा यी नारा लगाउनैपर्ने तय भयो । राजनीतिक हडताल आयोजना गर्ने सम्बन्धमा सम्मेलनले सेन्ट पिटर्सबर्ग समिति र मस्कोका केही पार्टी समितिले अपनाएको मार्गलाई स्वागत ग¥यो । सम्मेलनले तत्कालै देशव्यापी राजनीतिक हडतालको लागि प्रचारप्रसार र तयारी गर्नुपर्ने कार्यदिशा पारित ग¥यो ।
हडतालसम्बन्धी प्रस्तावमा ६ बुँदा थिए । गोप्यताका कारण छैँटौँ बुँदा प्रकाशन गरिएन । केही समय अघिसम्म पनि यो अज्ञात नै थियो । किनभने, यो सम्मेलनका दस्ताबेज अब हराइसकेका छन् । संयोगले हालै मात्र मैले प्रहरी अभिलेखालयमा यो प्रस्तावको पूर्ण विवरण फेला पारेँ । छैटौँ बुँदामा सेन्ट पिटर्सबर्ग र मस्कोलगायत देशका विभिन्न सहरमा एकैबाजि राजनीतिक हडतालहरू गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । प्रस्ताव भन्छ ः
“यो सम्मेलन मातहतका सम्पूर्ण मजदुरहरूलाई पर्चा वितरण गर्दै, विभिन्न सहरका राजनीतिक तथा अन्य मजदुर सङ्घसङ्गठनबिच स्थायी र घनिष्ट सम्बन्ध कायम गर्दै प्रचारप्रसार तीव्र पार्न आह्वान गर्दछ । विशेषगरी मस्को र सेन्ट पिटर्सबर्गका मजदुरहरूले सुरुमा संयोजन गर्न जरुरी छ । यसरी सहकार्य गर्दा विभिन्न विषय (प्रेसमाथि कारबाही, बीमा समस्या आदि) लाई लिएर दुवै सहरमा एकैपल्ट राजनीतिक हडताल गर्न सम्भव हुनेछ ।”
प्रहरी विभागको अभिलेखालयमा पार्टी प्रेसका सम्बन्धमा पारित गरिएको प्रस्तावको एउटा प्रति पनि रहेछ । यो प्रस्तावका अघिल्ला पाँच बुँदा हालसम्म प्रकाशित गरिएको थिएन । त्यसैले यो प्रस्ताव हरायो भन्ठानिएको थियो । ती बुँदा यसप्रकार थिए ः
“१. यो सम्मेलन सामाजिक जनवादी प्रचार तथा सङ्गठनका लागि एउटा वैध प्रेसको ठुलो महत्व रहेको स्वीकार गर्छ । तसर्थ, सम्पूर्ण पार्टी सङ्गठन तथा वर्गसचेत मजदुरहरूसँग पत्रिकाको वितरणलाई भरसक व्यापक पारी, सामूहिक रूपमा ग्राहक बनाउने भेलाहरू गरी र नियमित शुल्क बुझाइ प्रेसप्रति हार्दिक समर्थन दिनुहुन अनुरोध गर्दछ । पत्रिकाको ग्राहक शुल्क पार्टी सदस्यताको शुल्क हो भनी यो सम्मेलन पुनः जोड दिन्छ ।
२. मस्को सहरमा मजदुरहरूको कानुनी पत्रिकालाई सबल बनाउन तथा दक्षिणमा पनि एउटा पत्रिका तत्कालै स्थापित गर्न विशेष ध्यान दिनुपर्छ ।
३. (पार्टी सम्बद्ध) हाल विद्यमान कानुनी पत्रिकाहरूबिच घनिष्ट सहकार्य गराउनका निम्ति परस्पर सूचना आदानप्रदान, सम्मेलन आयोजना आदि उपाय अपनाउनुपर्ने यो सम्मेलनको ठहर छ ।
४. सैद्धान्तिक माक्र्सवादी मुखपत्रको आवश्यकता र महत्वलाई ध्यानमा राख्दै यो सम्मेलन पार्टी तथा ट्रेड युनियनले चलाइरहेका पत्रपत्रिकाले ‘प्रोस्वेस्तचेन्ये’ (चेतना) जर्नल पढ्न, त्यसको नियमित ग्राहक बन्न र व्यवस्थित रूपमा त्यसलाई सहयोग गर्न मजदुरहरूको ध्यान आकृष्ट गर्नुपर्ने ठहर गर्दछ ।
५. (पार्टी नीतिको) प्रचारप्रसार गर्न जनबोलीमा लेखिएका पर्चा–पम्प्लेटको व्यापक वितरण गर्नुपर्ने आवश्यकतातर्फ यो सम्मेलन पार्टीका प्रकाशन गृहहरूको ध्यान आकृष्ट गर्दछ ।
६. क्रान्तिकारी आन्दोलनमा आएको पछिल्लो उभारको सिलसिलाबद्ध विश्लेषण गर्नु अति महत्वपूर्ण छ । यसको पूर्ण विश्लेषण कानुनी पत्रिकाहरूमा गर्न सम्भव छैन । यसकारण, यो सम्मेलन हाम्रा गैरकानुनी प्रकाशनको कामलाई विस्तार गर्नुपर्ने आवश्यकतामाथि विशेष ध्यानाकृष्ट गर्दछ । साथै, गैरकानुनी पर्चा–पम्प्लेटसँगै पार्टीको एउटा केन्द्रीय गैरकानुनी पत्रिका छोटो अन्तरालमा नियमित रूपमा प्रकाशित गर्न सिफारिस गर्दछ ।”
सम्मेलनले पार्टी सङ्गठनका सम्बन्धमा अति महत्वपूर्ण कार्यभार औँल्यायो । विभिन्न पार्टी एकाइहरूलाई बलियो पार्नु नै सबथोक होइन, बरु ती एकाइबिच संयोजन गरी एकताबद्ध पार्नु महत्वपूर्ण रहेको सम्मेलनले जोड दियो । यसका लागि जहाँ सम्भव हुन्छ, त्यहाँ क्षेत्रीय पार्टी सम्मेलन गर्ने र ती सम्मेलनमा केन्द्रीय समितिले प्रतिनिधि पठाउने तय भयो । त्यसैगरी पार्टीको नियमित अधिवेशन गर्नुपर्ने विषय पनि सम्मेलनमा उठ्यो ।
सदनमा सामाजिक जनवादी समूहको गतिविधिबारे हामी ‘६ बोल्शेभिक’ ले प्रस्तुत गरेको प्रतिवेदन सम्मेलनमा छलफलको मुख्य केन्द्रबिन्दु थियो । क्राको सम्मेलनपछि सदनभित्र र बाहिर भएका गतिविधिबारे हामीले खुलेर बोल्न पायौँ । हाम्रो लागि यो नौलो अनुभव थियो । तैपनि, सदनलाई क्रान्तिकारी प्रचारको निम्ति हामीले गरिरहेको उपयोग पर्याप्त नभएको हामीलाई महसुस हुन्थ्यो । सम्मेलन सुरु हुनुभन्दा अगाडि नै हामीले हाम्रा गतिविधिबारे लेनिनसँग निजी कुराकानी गरेका थियौँ ।
मैले लेनिनसँग भनेँ, “विभिन्न मन्त्री र कालासय सांसदहरू मञ्चमा जाने कार्यक्रम भयो कि हामी विरोध प्रदर्शनको चाँजो मिलाइहाल्छौँ । तर, यति नै पर्याप्त छैन । मजदुरहरू सोध्छन् – सदनमा तपाईँले व्यवहारिक प्रस्ताव के राख्नुभयो त ? तपाईँले अघि सारेका कानुन खोइ ?”
सधैँझैँ लेनिनले हाँस्दै भन्नुभयो, “कालासयको बहुमत भएको सदनले मजदुरहरूको दिनदशा सुधार्ने कुनै कानुन पास गर्नेछैन । दिन प्रतिदिन मजदुरवर्ग सबल र सशक्त बन्दै छ, क्रान्तिको दिन टाढा छैन र त्यो क्रान्तिले कालासय र तिनको सरकारलाई आँधीले झैँ बढार्नेछ भनी कालासयहरूलाई सम्झाइराख्नु नै मजदुर सांसदहरूको अभिभारा हो । केही संशोधन गर्न र केही विधेयक ल्याउन पनि सम्भव छ । तर, त्यो काम राजशाही सत्ताको मजदुरविरोधी प्रकृतिलाई अझ प्रभावकारी ढङ्गले उदाङ्ग्याउनलाई मात्र गर्नुपर्छ । वास्तविक हकअधिकार शोषित पीडित मजदुरहरूसँग छैन भनी उजागर गर्न हामीले त्यसो गर्नुपर्छ । मजदुरहरूले आफ्ना सांसदहरूबाट यही कुरा सुन्नुपर्छ ।”
हाम्रो प्रतिवेदनको विषयमा छलफलका अनेक सत्र चले । सम्मेलनले यस सम्बन्धमा अघिल्लो पार्टी निर्णयमा जोड दिएर प्रस्ताव पारित ग¥यो । त्यो निर्णय के भने सामाजिक जनवादी सांसदहरूलाई संसद्को तथाकथित सकारात्मक कामप्रति चासो छैन बरु सदनलाई क्रान्तिकारी प्रचारप्रसार र सङ्घर्षको निम्ति उपयोग गर्नु नै तिनको अभिभारा हो । सदनमा ल्याएका कुनै पनि विधेयक सन्तोषजनक थिएनन् । तैपनि, सम्मेलनमा एउटा प्रश्न उठ्यो । मजदुरहरूको अवस्थामा अलिकति सुधार ल्याउने कुनै विधेयक आए के गर्ने ? सम्मेलनले टुङ्गो लगायो – श्रमकाल घटाउने वा ज्याला बढाउने जस्ता मजदुरहरूको सिधा हितसँग जोडिएका संशोधन आए मात्र मतदान गर्ने । साथमा, यस्ता प्रस्ताव कार्यान्वयन हुनेमा आशङ्का उब्जेको खण्डमा आफ्ना तर्कहरू प्रस्टसँग राखेर मतदानमा भाग नलिने तय भयो । त्यस्तै, सदनमा उठ्ने प्रत्येक मुद्दामा सामाजिक जनवादी समूहले सदनको कारबाहीमा समेट्ने गरी आफ्नो स्वतन्त्र प्रस्ताव तयार पारी प्रस्तुत गर्नुपर्ने निर्णय भयो ।
हाम्रो संसदीय समूहको आन्तरिक अवस्था तथा मेन्शेभिकहरूसँग हाम्रा मतभेदबारे एउटा विशेष प्रस्ताव पारित भयो । ‘७ मेन्शेभिकहरू’ सँग अन्तिम फुट र बोल्शेभिकहरूको स्वतन्त्र समूहको गठनबारे सम्मेलनले पुनर्विचार गर्नुपर्ने थियो । पछि गएर यो पाइला आवश्यक र अनिवार्य हुने निश्चित थियो । तैपनि यस्तो गम्भीर पाइला चाल्नुअघि धेरै कुरामा ध्यान पु¥याउन जरुरी थियो । यसमा जनताको प्रतिक्रिया के होला ? के (मेन्शेभिक) विघटनकारीहरूसँगको एकताले मजदुर हितमा क्षति मात्र पुग्ने कुरा जनताले बुझ्लान् ? के उनीहरू पार्टीका दुवै खेमाले कालासयविरुद्ध मिलेर काम गर्नुपर्छ भन्दैनन् त ? प्रहरीको कठोर सेन्सर र खोजतलासले गर्दा यी प्रश्नमा जनतालाई सचेत पार्ने गरी व्यापक अभियान चलाउन असम्भव थियो । यस्तो परिस्थितिमा फुटको विषय झन् पेचिलो बन्न पुग्यो । हाम्रा पत्रपत्रिकाले कोदालोलाई कोदालो भन्न पाउँदैनथे । बोल्शेभिकहरूका तीन मूल नारालाई समेत उस्तै अर्थ दिने अर्कै शब्दले छोपेर लेख्नुपथ्र्यो । दुई खेमातिर नलागेका धेरै जनतालाई हाम्रो पक्षमा ल्याउने गरी फुटको प्रक्रिया अघि बढाउनु आवश्यक थियो । वर्गसचेत मजदुर तथा हाम्रो आफ्नै खेमाका सदस्यले यो प्रक्रियालाई यसरी नै बुझ्न जरुरी थियो । विघटनकारी भासमा नगढिसकेका सबैलाई आफूतिर तान्दै मेन्शेभिकहरूलाई दनक दिनुपर्ने अभिभारा हाम्रो थियो ।
Leave a Reply