हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
कैलाली, १४ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा नगरपालिका वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको पूर्व सन्ध्यामा लम्किचुहा न.पा.४ अम्मरपुरमा शनिबार विद्यार्थी भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाको उद्देश्य भनेको वैज्ञानक समाजवाद स्थापना गरी साम्यवादसम्म पुग्ने रहेको बताउँदै समाजवादी व्यवस्थामा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन र सुरक्षाको सुनिश्चितता हुने बताउनुभयो । उहाँले सधैँ साचो बोल्ने, अध्ययनशील हुने, सामाजिक कार्यमा सधैँ अघि बढ्नेजस्ता कार्य गरेमा हाम्रो उद्देश्यमा पुग्न सहज हुने बताउनुभयो ।
उहाँले महान् व्यक्तिको जीवनी अध्ययनबाट घर, देश र संसार चलाउन सक्ने कुरा बताउनुभयो । उहाँले उत्तर कोरिया एक्लै भएर पनि अटल रहेको बताउँदै हामी पनि हाम्रो विचारमा अडिक र अटल रही नेमकिपाको उद्देश्य पूरा गर्न निरन्तर अगाडि बढ्नुपर्ने कुरा बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली संयोजक रमेशकुमार रावलले नेक्राविसङ्घ किसान र मजदुरका छोराछोरीहरूको साझा सङ्गठन भएको बताउँदै यसको उद्देश्य समाजवादी व्यवस्था रहेको बताउनुभयो ।
उहाँले विद्यार्थी सधैँ अनुशासित हुनुपर्ने बताउँदै अनुशासनले नै मानिसलाई सच्चा र इमानदार व्यक्ति बनाई उसको प्रतिष्ठा बढाउने काम गर्छ भन्नुभयो ।
नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य डीएसले विभिन्न विधामा ज्ञान भएका साथीहरूले सङ्गठनलाई सहयोग हुने कुरा बताउँदै हामी जहाँ छौँ त्यही बसेर सङ्गठनको निम्ति काम गरौँ भन्नुभयो । उहाँले नेक्राविसङ्घको स्थापना भारतले नेपालको भूमि सुस्ता अतिक्रमणको विरोधमै भएको बताउनुभयो ।
नेक्राविसङ्घ अम्मरपुर एकाइ समितिका अध्यक्ष ओविन नेपालीले विद्यार्थीहरू राजनीतिमा रुचि नभएकाहरूलाई बिस्तारै राजनीतिमा रुचि बढाउनु विभिन्न किसिमका विद्यार्थीका रुचिअनुसारका कार्यक्रमहरू गरी राजनीतिकरूपमा सचेत पार्न सकिने बताउनुभयो । उहाँले संसार बदल्न सही सोच राख्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो व्यक्तित्व कस्तो बनाउनु भन्ने कुरा आफैमा निर्भर हुने विचार व्यक्त गर्दै सही विचारले मात्र मजदुर र किसानको हित हुने उल्लेख गर्दै समाजवादी व्यवस्थाको लागि हामी सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सदस्य प्रज्ज्वल नेपालीले पनि बोल्नुभएको थियो ।
Leave a Reply