रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
हवाना । माग्युल डायज–कानल समाजवादी देश क्युवाका नयाँ राष्ट्रपति बन्ने भएका छन् । बुधबार क्युवाको राष्ट्रिय उम्मेदवारी आयोगले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको उत्तराधिकारीको रुपमा माग्युललाई नयाँ राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा गरेको हो ।
५७ वर्षका माग्युल इलेक्ट्रोनिक्स इन्जिनियर हुन् । उनी क्युवाली कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य हुन् । साथै उनीसँग भिल्ला क्लारा र होल्गुइन प्रान्तहरुमा पार्टीको प्रथम सचिव पदमा रहेर काम गरिसकेको अनुभव छ ।
यसैबीच क्युवाले राजपरिषद्का उपराष्ट्रपति पदका लागि ६ जनाको उम्मेदवारी पनि सार्वजनिक गरेको छ ।
७२ वर्षका साल्भाडोर भाल्डेस मेसा प्रथम उपराष्ट्रपति पदमा उम्मेदवार बनेका छन् । उनी पार्टीका पोलिटव्युरो सदस्य र राजपरिषद्का वर्तमान उपराष्ट्रपति हुन् ।
अन्य उपराष्ट्रपति पदमा क्युवाली क्रान्तिका कमाण्डर रामिरो भाल्डेस, जनस्वास्थ्य मन्त्री रोबर्टो मोरालेस, महालेखा परीक्षक ग्लादिस बेजेरानो, हाइड्रोलिक स्रोत राष्ट्रिय परिषद्का सभापति इनिस मारिया चापमान र बिट्रिज जोनसन उरुसिया उम्मेदवार भएका छन् ।
बुधबार बसेको क्युवाली राष्ट्रिय सभाको बैठकमा सहभागी सांसदहरुले प्रत्यक्ष र गोप्य मतदान गरी राजपरिषद्का ३१ जना सदस्यको लागि मतदान गरे । उनीहरुले विगत एक दशकदेखि क्युवाको राष्ट्रपति रहेका राउल क्यास्ट्रोको उत्तराधिकारीको लागि पनि मतदान गरे ।
बिहीबारसम्ममा चुनावको नतिजा सार्वजनिक हुने बताइएको छ ।



Leave a Reply