उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
बेइजिङ, ५ वैशाख । नेपाल र चीन महत्वाकाङ्क्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस–हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आह्वान गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ ।
भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भन्नुभयो, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरको लागि वातावरण बनाउँछ ।’
उहाँले भन्नुभयो, ‘आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’
नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।’
चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ ।
विदेशमन्त्री वाङले भन्नुभयो, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रूपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एक–अर्काको भलो चाहन्छन् ।’
Leave a Reply