भर्खरै :

‘सिद्धान्तहीन गठबन्धनहरू नामले कम्युनिस्ट भए पनि व्यवहारमा होइनन्’

‘सिद्धान्तहीन गठबन्धनहरू नामले कम्युनिस्ट भए पनि व्यवहारमा होइनन्’

सिन्धुली, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी दुधौली समितिको आयोजनामा सोमबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पुष्पलाल श्रेष्ठले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा नेपाली काङ्ग्रेस भारतीय पुँजीको भरमा चलेकोले अलग स्थापना गरेको उल्लेख गर्दै सिद्धान्तहीन गठबन्धन नामले कम्युनिस्ट भए पनि व्यवहारमा नभएको बताउनुभयो ।
उहाँले चुनावको बेला शासक पार्टीले जनतालाई झूटा आश्वासन बाँडेर निर्वाचन जितेकोले कामदार जनताको हितमा काम नगरेको बताउनुभयो ।
ङ्ग नेमकिपाले भक्तपुर नगरपालिकाले ७ वटा कलेज सञ्चालन गर्दै आएको र देशभरका हजारौँ विद्यार्थीले अध्ययन गरिसकेको उल्लेख गर्दै शासक दलले जितेका स्थानीय तहले गर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले कामदार जनता जबसम्म साङ्गठनिक रूपमा सङ्गठित हुँदैनन् तबसम्म जनताको शासन नआउने भएकोले पार्टीका विभिन्न प्रकाशनहरू अध्ययन गरी एक हुन आह्वान गर्नुभयो ।
नेमकिपा कोसीका संयोजक उकेश कवांले देशका युवालाई सस्तो ज्यामीको रूपमा विदेशमा शासक दलले बेचिरहेको उल्लेख गर्दै स्वदेशमै बसेर युवाहरूले शासकहरूविरुद्ध लड्नुपर्ने धारणा राख्नुभयो । उहाँले युवाहरू स्वदेशमा बसेर शासकहरूविरुद्ध विद्रोह गर्लान् भनेर वैदेशिक रोजगारको नाउँमा आफ्ना युवाहरूलाई विदेश पठाएर सत्ता टिकाइरहेको हो भन्नुभयो ।
कुलबहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा उदयपुर जिल्ला संयोजक विष्णुबहादुर खत्री र महेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *