भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
काठमाडौँ, १७ मङ्सिर । ख्वप कलेज अफ लको आयोजना र निर्वाचन आयोगको सहयोग तथा सहकार्यमा बुधबार ‘प्रजातन्त्र र प्रजातन्त्र सुदृढीकरणमा कानुन व्यवसायीको भूमिका’ विषयमा एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम निर्वाचन आयोगको सभाकक्षमा सम्पन्न भयो ।
अभिमुखीकरण सत्रको सहजीकरण उपसचिव कमल ज्ञवाली, कम्प्युटर अधिकृत सुमन घिमिरे, शाखा अधिकृत तुल्सीराम भगत, नायब सुब्बा धीरेन्द्र शाही तथा प्रमिला कोइरालाले गर्नुभएको थियो ।
हाल देशभर भएका आन्दोलन र राजनीतिक अस्थिरतापछि प्रजातन्त्रको स्थायित्व, विश्वसनीयता र जनविश्वास पुनस्र्थापनामा स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनको अपरिहार्यता सम्बन्धी विषय कार्यक्रमको प्रमुख केन्द्रमा रह्यो । सहभागी प्रशिक्षकहरूले वर्तमान संवेदनशील राजनीतिक परिवेशमा निर्वाचन नै जनताको म्यान्डेट नवीकरण गर्ने, लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने तथा सामाजिक स्थिरता कायम गर्ने प्रमुख माध्यम हुने कुरा स्पष्ट पार्नुभयो ।
आयोगले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि गरिरहेको तयारी, मतदाताको सहभागिता वृद्धि गर्न अपनाइएका रणनीति तथा वैकल्पिक मतदान प्रणाली विस्तारमा रहेका कानुनी र स्रोतगत चुनौतीबारे पनि विस्तृत जानकारी प्रदान ग¥यो । विशेषगरी विदेशमा रहेका नेपाली तथा बेजिल्लामा रहेका मतदाताहरूलाई कानुनी संरचना अभावका कारण मतदान प्रक्रियामा सहभागी गराउन नसकिएको उल्लेख गरियो ।
निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी तयार पारिएको मस्यौदा कानुन गृह मन्त्रालयमा पेस गरिए पनि लामो समयदेखि विधेयक अगाडि नबढाएको कारण वैकल्पिक मतदान प्रणाली र समग्र निर्वाचन सुधार प्रभावित भएको जानकारी पनि प्रशिक्षकहरूले गराउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका तेस्रो वर्षका विद्यार्थीहरूले नमुना मतदान अभ्याससहित निर्वाचन प्रक्रिया, लोकतान्त्रिक शासन प्रणाली र प्रजातन्त्रको संरक्षण तथा प्रवद्र्धनमा कानुन व्यवसायीहरूको महत्वपूर्ण भूमिकाबारे व्यवहारिक ज्ञान तथा अनुभव हासिल गरेका थिए । कार्यक्रममा ख्वप कलेज अफ लका शिक्षक राजु कैती र सिरिषा पोटे पनि सहभागी हुनुहुन्थ्यो ।
Leave a Reply